चौतारामा र्यालिसहित विश्व महिनावारी स्वच्छता दिवस
महिनावारी किशोरी तथा महिलामा हुने प्राकृतिक प्रक्रिया हो । महिनावारीलाई छोइछिटो गर्ने र गलत तरिकाले बुझ्नेहरु अझै छन् । महिनावारी स्वच्छ ढंगले र सम्मानपूर्वक व्यवस्थापन गर्न सक्ने वातावरण बनाउने उद्देश्यसहित हरेक वर्ष मे २८ का दिन “विश्व महिनावारी स्वास्थ्य दिवस“ मनाइने गरिन्छ । सोहि अवसरमा सिन्धुपाल्चोकमा पनि ‘सम्मानित महिनावारी हाम्रो प्रतिवद्धता’ भन्ने नाराकासाथ महिनावारी दिवस मनाएको छ ।
आदिवासि जनजाति महिला उत्थान केन्द्र संस्था, ग्रामीण सेवा समाज गुठी, फिडम किडव्यागको संयुक्त आयोजना र श्रीकृष्ण रत्नगंगा माविको समन्वयमा विभिन्न नाराको प्लेकार्ड समेत वोकी श्रीकृष्ण रत्न गंगा माविदेखि टुडिखेलसम्मको र्याली सहित कार्यक्रम गरेको थियो ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै ईर्खु स्वास्थ्य चौकीका इन्चार्ज सविन श्रेष्ठले प्रजनन स्वास्थ्य र स्वच्छ महिनावारीसम्बन्धी किशोरीहरुलाई जानकारी गराउनुभएको ...
