सम्पर्क

सामीले गरेका कार्यक्रमहरु प्रभावकारी छ ःनगर प्रमुख बस्नेत

सिन्धु पाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले सामी कार्यक्रमले अशिक्षित र सुचनाको पहुँचबाट टाढा रहेका आम मानिसहरुको लागि सुचना दिएर ठुलो सहयोग गरेको बताउँनु भएको छ। उँहाले सिन्धु बिच रिसोर्ट सुकुटेमा भएको सामी को ३ दिने तालिम कार्यक्रममा यस्तो बताउँनु भएको हो । उँहाले सो अबशरमा सामी कार्यक्रमले अशिक्षित र सुचनाको पहुँचबाट टाढा रहेका आम मानिसहरुको लागि बैदेसिक रोजगारीमा जानुपूर्व ध्यानदिनुपर्ने कुराहरु र रोजगारीको सिलसिलामा आईपर्ने सम्भावित समस्याहरुको विषयमा सुचना प्रवाह गरि कल्याणकारी काम गरेको भन्दै सामीले गरेका कार्यक्रमहरु प्रभावकारी भएको बताउँनु भयो । उहाँले सोही सिलसिलामा काम गर्ने रिटर्नी स्वयम्सेबकहरुको लागि तालिम कार्यक्रम थप प्रभावकारी रहेको तर्क गर्नुभएको थियो ।बैदेसिक रोजगारीमा जानुपूर्व ध्यानदिनुपर्ने कुराहरु र रोजगारीको सुरक्षितका लागी आप्रबासन (सामी) कार्यक्रमले रिटर्नी स्वयम्सेबकहरु लाइ ३ दिवसीय पुःनताजगी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेकोे छ । उक्त तालिम सिन्धु बिच रिसोर्ट ससुकुटेमा असोज १५ गतेबाट सञ्चालित भइरहेको छ कार्यक्रमको कार्यक्षेत्र सिन्धुपाल्चोक जिल्लाको ४ वटा स्थानीय तह चौतारा साँगाचोकगढी नगरपालिका, बाह्र्बिसे नगरपालिका , बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका, मण्डन देउपुर गाउँपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरपालिकाका गरी २४ जना रिटर्नी भोलेण्टीयरहरुको सहभागितामा सञ्चालित तालिमको उद्घाटन बाह्रबिसे नगरपालिका उपप्रमुख मंजु तामाङले गर्नुभएको थियो ।उद्घाटन पछिको मन्तव्यमा उपप्रमुख तामाङले सामीले वास्तविक समस्यामा परेकाहरुको लागि राहत हुने कार्य गरि बैदेशिक रोजगारीताको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । तालिममा हेल्भेटास ईन्टरनेशनल कोअपरेशनको कार्यक्रम अधिकृत भोजराज सुनुवार र मणिराम थारु, सिन्धुपाल्चोक जिल्लाको कार्यक्रम संयोजक अरुण पौडेल र काभ्रपलाञ्चोक जिल्लाको कार्यक्रम संयोजक बशन्त कुँवर ३ दिने तालिम कार्यक्रमको प्रक्षिक्षक रहेका छन् । उँहाहरुले ३ दिनसम्म कार्यक्रममा रिटर्नी स्वयम्सेबकले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको बारेमा क्षमता विकासको तालिम सहजीकरण गरिरहनु भएको छ ।तालिमको दास्रो दिन चौतारा सँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाले तालिम कार्यक्रमको अनुगमन गर्दै सुचनाको माध्यमबाट भईपरि आउने समस्या समाधान गर्न सहज भूमिका निर्वाह गर्दै अधि बढ्न आग्रह गर्नुभयो । उपप्रमुख थापाले कार्यक्रम फलदायी र जीवनउपयोगी भएकोले यसको निरन्तरताको कामना समेत गर्नुभयो ।त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका सामी कार्यक्रम फोकल पर्सन दुर्गाप्रसाद ढुंगेलले बैदेशिक रोजगारीको सिलसिलामा आउने र जानेको बिषयमा जानकारी लिई सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारीताकासाथ लागि पर्न सहभागिलाई आग्रह गर्नुभयो ।सिन्धुपाल्चोक जिल्लाको कार्यक्रम संंयोजक अरुण पौडेलले नियमित क्षमता बिकास तालिम अन्तरगतको कार्यक्रमको १७ गते सम्पन्न हुने जानकारी दिनुभयो । उहाँका अनुसार हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको प्राबिधिक सहयोगमा बिगत केहि बर्षअघिदेखी उक्त कार्यक्रम सञ्चालनमा रहेको छ ।सामी कार्यक्रम लागु भएयता बैदेशिक रोजगारीमा अलपत्र भएका मानिसहरुको खोज तथा उद्धार र रोजगारीबाट प्रात्त आम्दानीलाई घरखर्च र व्यवसायमा लगाई सही सदुपयोग गर्न सहयोग पुर्याउदै आईरहेको छ ।