घनश्याम नेपाल (शीतल )
मायाँ गर्न कसो गरी म सकुँला बाबा र आमा भनि
चिन्ता लाग्छ मलाइ यो मनमहाँ टक्राउँ के लौ भनि ।
छोरा छोरिभनेर हर्ष मनले भोको र नाङ्गो भई
कंयौँ रात बसेर जाग्रम रुँदै मायाँ दियौं त्यो अति ।
दश्मैना भुँडिभित्र राखि अतिनै मायाँ दियौं बेस्करी
मैले आज सबै भुँले ति सबगुँण् दोषी भएँ निष्ठुरी ।
वृद्धा आश्रम यो भएछ अनुपम् मायाँ र सद्भावना
कस्तो बैरि भएछु यो जगतमै हो निष्ठुरी भै छु म ।
बाबाको मनलाइ भाँचि टुकुरा पारेर रुवाउँने
मेरोमन् किन हुन्छ दुष्ट प्रभु हे आएछ सोच् बिग्रने ।
पश्चाताप् पनि भै छ यो मन भरी देखाउँ यो मुख् कहाँ
वृद्धा आश्रममा जऊँ त कसरी ? लाजै नमानी कन ।
चौतारा साँगाचोकगढी न.पा.४ कुबिण्डे ढुंगेकुवा
