सम्पर्क

उज्यालो बचत तथा ऋण सहकारीको १५औं बार्षिक साधारण सभा सम्पन्न

उज्यालो बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । श्री कृष्ण रत्नगंमा माविमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुरÞ्याएको बताउनुभयो । उहाँले धेरै सहकारीहरु झोलामा राखेर काम गर्छन् भन्ने सुनिरहँदा आफुले त्यसतर्फ चनाखो हुँदै नगरपालिकाको कृषी शाखाबाट अनुगमन गरी क्रियासिल सहकारीहरुलाई कामका आधारमा सहयोग गरिएको बताउँनु भयो ।

गत बर्ष रासायनिक मलमा ढुवानी अनुदान दिइएको उत्पादनमा आधारित अनुदान दिइएको र यस बर्ष पनी त्यसलाई निरन्तरता दिइने भएकाले अझ पारदर्शी र व्यवस्थित तरिकाले सहकारी सञ्चालन गर्न सबैमा अनुरोध गर्नुभयो । नगरपालिकाको कृषि शाखाले स्थलगत अध्ययन गरेर मात्र सहकारी संस्थाहरुलाई सहयोग गरेका छौ भन्दै नगरपालिकाले सहकारीमा मेरो तेरो नभनी काम गरिरहेका सहकारी संस्थाहरुलाई पुर्वाग्रह राखेर होइन कामका आधारमा सहयोग गरेका छौ भन्दै चौतारामा तरकारी सङ्कलन केन्द्र सञ्चालन गरिएको बताउँनु भयो ।
उहाँले आगामी बर्ष सङ्कलन केन्द्र राख्न प्रतिष्पर्धा हुन सक्ने बताउँनु हँदै सुकुटे बजार लगाएत नगरको बजार क्षेत्रमा सङ्कलन केन्द्रको स्थापना गरिने बताउँनुभयो । सभामा संस्थाका सञ्चालक समितिको तर्फबाट संस्थाका कोषाध्यक्ष ललित राणाले संस्थाको आर्थिक वर्ष ०७९÷८० को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।\
यस आर्थिक वर्षमा सहकारीले विभिन्न निक्षेपमा रु १ करोड २१ लाख २८ हजार ९ रुपैयाँ १३ पैसा शेयर सदस्यहरुलाई व्याज भुक्तानी गरेको बताउनुभयो । आ.व. ०७९÷८० को अन्तसम्म सहकारीले २१ करोड ६८ लाख ४६ हजार ५ सय ९५ लगानी गरेको जानकारी दिनुभयो ।
संस्थाका सचिब चन्द्र बहादुर थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको तर्फबाट सबिना दुलालले सहकारीमा कर्मचारी थप गर्नु पर्ने आवश्यकता रहेको बताउँनु भएको छ ।
संस्थाका अध्यक्ष राम बहादुर कार्कीको सभापतीत्वमा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका– ५ का सदस्य राम बहादुर घले, चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्र प्रसाद दंगाल, बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष गम्भीरलाल श्रेष्ठ, श्री कृष्ण रत्न गंगा माविका प्रधानाध्यापक डम्बर बहादुर श्रेष्ठ विभिन्न वडाका वडाध्यक्ष , विभिन्न वितिय संस्थाका प्रमुखलगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको लोकप्रिय नेत्रज्योतीको सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।