घोराही सिमेन्टको उत्पादन दैनिक १० हजार टन
घोराही सिमेन्ट इन्डष्ट्री उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन गरी दैनिक १०हजार टन उत्पादन गर्न थालेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार
वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेको थियो । सोही क्रममा शेयर खरिद कार्यमा यहाँहरूले देखाउनु भएको उत्साहपूर्ण सहभागिता प्रति घोराही सिमेन्ट आभारी छ कम्पनी द्धारा जारी बिज्ञेप्तमिा भनीएको छ ।कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने छ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । सो सेयर खरिदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाउनु भएको सहभागिता हाम्रो लागी महत्त्वपूर्ण रह्यो ।
त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता ...
