सिन्धुपाल्चोक जिल्ला बाह्र्रबिसे नगर पालिकाकामा शिबीर गरौं योग रहौं निरोग भन्ने मुल नाराका साथ भदौं १३ गते बाट शिक्षक तालिम सञ्चालन शुरु भइ १९गते सम्पन्न भएको छ । 
बाह्रबिसे नगरपालिका—३ खुर्सानीबारी कर्बडहलमा शुरु भएको शिबीर १९गते कबर्ड हलमा नै सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्दै बाह्र्बिसे नगरपालिकाका प नगर प्रमुख बालकृष्ण बस्नेतले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दै गएको मा खुशी लागेको बताउँदै बाह्र्बिसे नगरपालिकामा आएर पतञ्जली योग समिति बागमति प्रदेश प्रमुख ग्रोविन तौजलले यसरी योग प्रशीक्षण दिएर नगरमा नै योग प्रशिक्षक उत्पादन गरिदिएकोमा बिशेष धन्यबाद दिनु भयो । उँहाले योगले व्यक्तिको तनाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ । शारीरिक र मानसिक दुवै तवरले स्वस्थ रहनका लागि खाना, आराम र व्यायामको सन्तुलन मिल्नैपर्दछ । यसका लागि प्राकृतिक भोजन, प्राकृतिक आराम र व्यायामको सन्तुलन मिल्न जरुरी छ । योग स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण व्यायाम हो । हाम्रो अस्वस्थ जीवनशैलीले थरीथरीका रोगलाई निमन्त्रणा दिइरहेको छ । मानव शरीरमा योगबाटै निको हुने अधिकांश रोग हुन्छ भन्नु भयो । ३६ दिन सम्म भउको प्रििशक्षण कार्यक्रम प्रती स्थानीयको चासो बढेको देखे पछी नगर भरकिा नागरिकलाइ आबश्यक पर्दा योग गर्ने गरी राज कुमार सुबेदीको संयोजकत्वमा १५ सदस्यीय नगर समिती र धर्म शाक्यको संयोजकत्वमा १३ सदस्यी क्षेमा देबी योग साधना समिती समेत बनेको छ ।
१४० जनाको सहभागिता रहेको उक्त तालिममा बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ लगायत वडा अध्यक्षहरुको समेत सभागिता रहेको थियो । गरौं योग रहौं निरोग भन्ने मुल नाराका साथ बाह्रबिसे नगरपालिकाले आफ्नो नगर भित्रका नागरिकहरुलाई स्वस्थ राख्ने उदेश्यले यसै चालू आर्थिक बर्षमा योगका लागि रु ५००००० रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तालिमका लागि पतञ्जलि योग समिति सिन्धुपाल्चोकका अध्यक्ष एबम आजिबन सदस्य कबिता राउतले बिशेष समन्वयको भुमिका निर्वाह गर्नु भएको थियो । आगमी दिनमा स्थानीय सरकारसंग समन्वय गरि सके सम्म सिन्धुपाल्चोक जिल्लालाई योगमय बनाउने आफ्नो लक्ष्य रहेको अध्यक्ष राउतले बताउनु भयो । तालिम समापन समारेहमा काठमाडौं ,ललितपुर ,भक्तपुर लगायत बागमती प्रदेशका पतञ्जलि योग समितिका बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
तालिम समापनको अबसरमा सो तालिममा प्रशिक्षकको रुपमा सहजिकरण गर्नुहने ब्यक्तित्वहरुलाई सम्मान गरिएको वडा अध्यक्ष जिबन भण्डारीले जानकारी दिनु भयो । उँहाका अनुसार तालिम औपचारिक रुपमा समापन भए पनि ब्यबहारिक रुपमा योगलाई निरन्तरता दिने समेत बताउँनु भयो ।
