दिवा खाजा व्यवस्थापनको म्याद थप
चौतारा साँगाचोकगढी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा संचालन भएको दिवा खाजा व्यवस्थापन गर्न खाद्यान्न व्यवस्थापनको लागि सहकारीहरुलाई आवेदन दिन म्याद थप गरिएको छ ।
शुक्रबार नगर खाजा व्यवस्थापनका संयोजक नगर उपप्रमुख सिता थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा सामाजिक विकास समिति संयोजक राम प्रसाद गौतम नगर शिक्षा अधिकृत बसन्तराज जोशी, नगर शिक्षाका अमित घिमिरे विश्व खाद्य कार्यक्रमका रुद्रा सुनार, नेत्रज्योती कृषि सहकारी संस्थाका सचिव नेत्र बहादुर बस्नेत, ठुलोसिरुवारी साना किसान सहकारी संस्था लि. का अध्यक्ष होमना चौलागाई, आलोपाले अग्रसर बहुउद्धेश्य सहकारी संस्थाका नारायण प्रसाद गौतम लगायत सहकारीका प्रतिनिधिहरुका बिच दिवा खाजा व्यवस्थापन सम्बन्धमा खाद्यान्न व्यवस्थापनको लागि पुन सुचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।
सोहि अनुसार सहकारी संस्थाहरुले दिवा खाजा व...
