सिन्धु प्रेस युनीयनको उपाध्यक्ष पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२ बाट कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता नेपाल प्रेस युनियुन सिन्धुपाल्चोकको उपाध्यक्ष कमला पाख्रिन र सन्धान अनलाइकी दिलमाया शाहीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठले बिहीबार नेपाल पत्रकार महासंघमा आयोजित कार्यक्रममा पाख्रिन ११११११र शाहीलाई ११११११ गरी दुई लाख २२ हजार २२२ रुपैयाँ संयुक्त रूपमा प्रदान गर्नु भएको हो ।देशभरबाट पुरस्कार समितिलाई विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारबाट प्राप्त २२७ आवेदनसहितका सामग्रीमध्येबाट पुरस्कृत छनोट भएको थियो । नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा २०१३ देखि ग्रामीण क्षेत्रका पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।यसपटक देखि दुई जनालाई पुरस्का...
