सम्पर्क

Author: लोकप्रिय समाचार

काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या प्रकरणका अभियुक्त सार्वजनिक

ब्रेकिङ न्युज १, समाचार
काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रवार राति ४ जनाको हत्या गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ । आइतवार साँझ काठमाडौं प्रहरी परिसरले पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका भण्डारीले चारजनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । तीनकुनेमा रहेको दिव्य सःमिलमा शुक्रवार राति दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षका कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको थियो ।...

अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना

ब्रेकिङ न्युज २, समाचार
म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो । अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम एक लाख जरिवाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार विग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरिएको छ । यस्तै, म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि दश हजार जरिवाना गरेको सुनारले जानकारी दिनुभयो । “संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो । हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानि...

नेत्रज्योतीकृषी सहकारीको११औ सभा नगर प्रमुखद्धारा आठलाख सहयोग प्रदान

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभा शनीबार डडुवामा सम्पन्न भएको छ ।        नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभाको उद्धघाटन गर्दै चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटालस्थानीय उत्पादनलाइ प्रोत्साहन दिएर स्थानीय स्तरमा रोजगारको श्रृजना गर्न सके स्थानीय पहीचानका साथै स्थानीयको आयआर्जनको मुख्य श्रोत हुने बताउँनु भएको छ । उँहालेसाधरण सभाको उद्धघाटन गर्दै सापकोटाले हरेक क्षेत्रमा उत्पादन भएका तरकारी फलफुल हरु भाउ नपाएर खेर गइरहेको अबस्थामा पनी सदुपयोग हुने गरी नगरपालिकाकाले उत्पादन भएका सामाग्री सङ्कलन गरी परिकार निर्माण गरि बितरण गर्नका लागी प्रशोधन केन्द्र समेत स्थपना गर्न लागिएको बताउँनु भयो । सो अबशरमा नगर प्रमुख सापकोटाले नगरमा रहेका बाँझो जग्गालाइ खेती योग्य बनाउँन सबै मिलेर लाग्नु पर्ने बताउँदै आबश्यकताका आधारमा बिकास बजेटको कार्यक्रम...

बाह्रबिसेमा भव्य तीज कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेको आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारी तीज बिशेष साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आथित्यतामा शनिबार सम्पन्न भएको तीजमा हजारौ महिलाहरुले तीजको गीतमा नाचेर मनोरन्जन गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु जितु नेपाल, बबिता बानिया (जेरी), दिजराज पौडेल लगाएको प्रस्तुतिले पनि तीज मनाउन भेला भएका महिलाहरुले थप मनोरन्जन लिएका थिए । कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको पुर्व सन्ध्यामा आयोजना गरिएको तीज विशेष कार्यक्रममा तीजको शुभकामना व्यक्त गर्दै सस्कृतिको संरक्षण र विकासमा सबैको हातेमालो हुनु पर्ने बताउँनुभयो । मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्होलेको चार महिनाको छोटो ...

सुकुटेमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको सुकुटेमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । सुकुटेका होटल व्यावसायी रामचन्द्र खड्काले जिल्लामा नै पहिलो पटक विद्युतिय सवारी साधानहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । सुकुटे पेट्रोल पम्प अगाढी रहेको सुकुटे रिभर भ्यु नेपाली भान्सा घर नजिकै विद्युती चार्जिङ स्टेशन राखिएको छ । केही महिनादेखि विद्युतीय भाडाका सवारी साधानहरु सञ्चालन बढेपछि खडकाले आफ्नै लगानीमा चार्जिङ स्टेशन स्थापना गर्नुभएको हो । एक घण्टा भित्र फुल चार्ज हुने र प्राधिकरणले तोकीएको विद्युत शुल्क अनुसार नै चार्ज गरेबापत शुल्क लिने गरिएको खडकाले बताउनुभएको छ । जिल्लामा नै पहिलो पटक चार्जिङ स्टेशन सञ्चालनमा आएपछि सिन्धुपाल्चोक हुदै दोलखा सम्म जाने भाडा तथा निजी सवारी सञ्चालकहरु खुसी भएका छन् । तर विगत केही महिनादेखि प्राधिकरणले लापरवाही रुपमा पटक पटक विना सूचना विद्युती आपुर्...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका २७ वर्षीय समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का २७ वर्षीय नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिनुभयो । शनिबार दिउसो १ः२० बजेको समयमा अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सूचना अधिकारी यादवले बताउनुभयो । ठक्कर दिने ट्यांकर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जन...

मंगलामाई माविले भव्यरूपमा मनायो बालदिवस

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे /पिस्कर जिल्लाका विभिन्न स्थानिय तह तथा विद्यालयहरुले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका बाल दिवस मनाएका छन् । ५९आंै राष्ट्रिय बालदिवस त्रिपुरासुन्दरी गाउँपालिका — ४ पिस्करमा रहेको मंगलामाई माध्यमिक विद्यालयले भव्य रुपमा मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्ष गिता नेपालले कक्षा १ देखि कक्षा १२ सम्म विभिन्न प्रतियोगिता सम्पन्न गरि पुरस्कृत हुने बालबालिकाहरुलाई पुरस्कार वितरण गर्दै ड्रप आउट हुने दर रोक्न सबै लाग्नु पर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोले पालिकाले कक्षा ८ सम्म दिवा खाजा संचालन गरिएको छ । स्थानीय पाठयक्रम निर्माण त्रिपुराले गरि कार्यन्वयन गरेको छ।परीक्षा शुल्क मिनाह गरि सबै शुल्क पालिकाले बेहोर्ने गरेको छ । शिक्षक कम भएको विद्यार्थी बढी भएको विद्यालयमा पालिकाको स्रोतमा शिक्षकक...

शारीरिक रुपमा अशक्त बालबालिकालाई छुट्टाछुट्टै पढ्ने व्यवस्था

ब्रेकिङ न्युज २, समाचार
नेपालको संविधानले हरेक बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको भए पनि अझै शारीरिक रुपमा अशक्त बालबालिका विद्यालयबाहिर नै छन् । यसलाई दृष्टिगत गर्दै भरतपुर महानगरपालिकाले शारीरिक रुपमा अशक्त भएका बालकालिकाहरुका लागि छु््ट्टाछुट्टै पठनपाठनको व्यवस्था गर्दै आएको छ । कानुन र नीतिमा अपाङ्गता भएका बालबालिकालाई अलग्गै कक्षा कोठामा छुट्याएर राख्नुपर्ने व्यवस्था छ । सोहीअनुसार महानगरपालिकाले कामको सुरुआत गरेको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । गत वर्ष अटिज्म भएका बालबालिकाहरुका लागि छुट्टै व्यवस्था गरेको महानगरपालिकाले यस वर्षदेखि मस्तिष्क पक्षघात भएका बालबालिकालाई लक्षित गर्दै स्रोत केन्द्र स्थापना गरेको छ । वडा नं २६ स्थित दिव्यनगरमा रहेको आदर्श माविमा मस्तिष्क पक्षघात स्रोत कक्ष स्थापना गरिएको हो । यहाँ अहिले १० जना भर्ना भएका छन् । महान...

बाह्रबिसेमा ३०गते आरजु राणा देउवा आउँने

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाको प्रमुख अतिथ्यतामा महिलाहरूको हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रमको हुने भएको छ । बाह्र्रबिसे नगरपालिकाले हरितालिका तिजको अवसरमा भदौ ३० गते शनिवार बिहान ११ बजे बाह्रबिसे नगरपालिकाको कभर्डहल, खुर्सानीबारीमा तिज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागीएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो ।उँहाले बिशेष गरी महीलाहरुको बिशेष चाड तिज पर्बको अबशरमा गरिन लागेको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा , विशेष अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेसका वन तथा वातावरण मन्त्री मसिना खडका लगायत राष्ट्रिय कलाकारहरूको आथित्यता रहनेछ । नगरपालिकालेसांस्कृतिक कार्यक्रममा सम्पूर्ण महिला ...

संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिंविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टिका गरिएको छ । उहाँका छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले तोपसहित सलामी अर्पण गरेको थियो ।त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताहरु श्रद्धाञ्जलिका लागि आर्यघाट पुग्नुभएको थियो । नेम्वाङको निवास बालुवाटारमा मुन्धुम संस्कृतिअनुसारको कार्य...