सम्पर्क

Author: लोकप्रिय समाचार

सबै भन्दा ठुलो श्वेतभैरब चौतारामा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा स्थानीय सम्पदा संरक्षण गुठीका अध्यक्ष समेत रहनु भएको रबन्द्रि श्रेष्ठले आफ्रनै घरको बाहीरी भागमा राख्नु भएको छ । जिल्लाको साँगाचोकगढी नगरपालिकाअन्तर्गत वडा नम्बर ५ स्थित पुरानो बजारमा प्राचीन गणेशस्थान र भिमसेनस्थान रहेकै चोक परिसरमा रहेको उँहाको घरमा श्वेत भैरबको ६ फिट अग्लो मूर्ति प्राणप्रतिष्ठासहित स्थापना गरिएको हो। मुर्तीकार मन लामाद्वारा निर्माण गराएर प्रतिस्थापन गरिएको मूर्तिको चौतारासाँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले अनावरण गर्नुभएको हो। उक्त आकर्षक मूर्तिको अनावरणपछि जिल्लाको प्राचीन बजार साथै सांस्कृतिक गतिविधिमा केन्द्रीत हुने गरेको चोकको स्वरुपमै नयाँपन आएको छ। जसले गर्दा स्थानीयमा नयाँ उत्साहको थपिएको छ।अनावरण समारोहमा स्थानीय तहका जनप्रतिनिधिहरुका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि साथै काठमाडौँ, भक्तप...

स्वास्थ्यमन्त्री बस्नेतद्वारा आँखाको सर्जरी युनिट उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बनियानी (झापा), २६ माघ : झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचारअन्तर्गत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ सुरु भएको छ ।अस्पतालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’को उद्घाटन गर्नुभयो । वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन आफू लागिपरेको बताउनुभयो । दृष्टि पब्लिक प्राइभेट पार्टनरसीपअनुसार मातृका आँखा केन्द्रसँगको सहकार्यमा करिब रु १६ करोडको लागतमा मेसिन खरिद गरी ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ स्थापना गरिएको अस्पतालका सचिव गणेश पोखरेलले जानकारी दिनुभयो । सन् २०२३ मा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत एक लाख ९७ हजार आठ सय ७२ र विभिन्न शिविरमार्फत ७९ हजार बिरामीको आँखा परीक्षण गरेको उहाँले बताउनुभयो ...

नगर प्रमुख अर्को पार्टीको भएपनि उहाँ राम्रो हुनुहुँदो रहेछः वडाअध्यक्ष श्रेष्ठ,

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, राजनिती, विचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका वडा नं६मा पिता परम बहादुर श्रेष्ठ र माता दिल माया श्रेष्ठको कोखबाट २०२४जेठ २२मा जन्मनु भएका बिकास प्रेमी समाजसेवी कुल बहादुर श्रेष्ठ हाल वडा नं६मा वडा अध्यक्ष हुनुहुन्छ। प्रस्तुत छ उहाँसँग रेडियो लोकप्रिय नेत्रज्योति १०६.६ मेगाहर्ज बाह्रबिसे विज्ञापन व्यवस्थापक फूडोमा शेर्पाले लोकप्रिय समाचार राष्ट्रिय दैनिकका लागी गर्नुभएको छोटो कुराकानी यँहाको परिचय ? मेरो नाम कुल बहादुर श्रेष्ठ हो , म वडा नं ६ को वडा अध्यक्ष हु। मेरो बुबाको नाम परम बहादुर श्रेष्ठ भने आमाको नाम दिल माया श्रेष्ठ हो मेरो जन्म २०२४ जेठ २२ गते भएको हो , म अहीले बाह्र्बिसे नगरपालिका वडा नं ६को वडाअध्यक्षको म्मिेवारी बहन गरिरहेको छु । निर्वाचित हुने बेलाको अनुभव कस्तो रह्यो ? नेपालमा सघीयता लागु भए पछी दोश्रोपटक भएको स्थानीय निर्वाचनमा म पनी वडा अध्यक्षको उम्मेद्वार बन्न पाए...

सिन्धुपाल्चोकमा सुरु भयो ट्राफिक सप्ताह

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा एक हप्ते ट्राफिक सप्ताह सुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि टा«फिक सप्ताह २०८० मनाइन लागेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।      चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा र निमित्त प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको बिशेष आतिथ्यतामा ट्राफिक सप्ताह शुभारम्भ भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले कार्यक्रमको उद्धघाटन गर्दै मानिसको सानातिना गल्तीले ठुलो नोक्सानी हुने हुँदा सानातिना गल्तीबाट बच्न पर्ने बताउँदै सवारी दुर्घटना कम गर्नका लागी नगरपालिकाबाट सहयोग हुने बताउँनु भयो । उहाँले ट्राफिक नियमको पूर्णरुपमा पालना नगर्दा सवारी दुर्घटना घटनाहरु वर्षेनि बढ्दै गएको बताउदै ट्राफिक सप्ताह कार्यक्रमले सर्वसाधारणमा ट्राफिक नियम सम्बन्धी धेरै जनचेतना पुग्ने बताउनुभयो । बिशेष अतिथी निमित्त प्रमुख ...

सिन्धुपाल्चोकका तेक्वान्दो खेलाडिलाई नगर प्रमुख बस्नेतद्धारा शुभकामना सहित बिदाई

खेलकुद, समाचार
बाह्रबिसे जैशिदेवल युवा क्लव काठमाडौंको आयोजनामा माघ २५ गते देखि २७ गतेसम्म हुने चौथो बागमति प्रदेश स्तरीय मेयर कप तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडिहरुलाई बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जितको अग्रिम शुभकामना सहित बिदाई गर्नु भएको छ । नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमिति मार्फत बाह्रबिसे नगरपालिकाको प्रतिनिधित्व गरि प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूको टिम कोच माधव बिक र टिम मेनेजर कुमार बस्नेतको नेत्तित्वमा २३ के.जिदेखि ५४ के.जि समूह अन्र्तगतका १६ खेलाडीले भाग लिएका छन् । माघ २५ देखि २७ गते सम्म ललितपुर स्थित सातदोबाटो नेपाल तेक्वान्दो संघको भवनमा हुनेछ । तिन दिनसम्म हुने प्रतियोगितामा बागमति प्रदेश भरिका महानगरपालिका, उप महानगरपालिकाका र नगरपालिकाको २० टिमले भाग लिने छन् । कार्यक्रममा नगर प्रमुख बालकृष्ण बस्नेतले सफलताको कामना सहित पदक बिजे...

टाकुरे आगलागी पिडितलाई सहयोग रकम हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
नवलपुर इन्द्रावती गाउँपालिका वडा नं ४ का ४४ जना युवा व्यवसायीहरूले टाकुरे आगलागी पिडितलाई आर्थिक सहयोग गरेका छन् । उनिहरूबाट संकलित ७० हजार रूपैयाँ बुधवार पिडित परिवारलाई हस्तान्तरण गरिएको हो । शुक्रवार विहान अन्दाजी ५ बजे इन्द्रावती ४ टाकुरेका व्यवसायी रामकृष्ण जगुरेलको आवास भवन, कुखुराको टहरा लगाएत अन्नपात, लत्ताकपडा र भाँडाकुँडा समेत आगलागीमा परेर भएको क्षति प्रति इन्द्रावती –४ का युवा व्यवसायीहरुले दःख ब्यक्त गरेका छन् । व्यवसायी माथी परेको दुःखमा मलम पट्टि लगाउने उद्देश्यले सहयोग संकलन गरिएको अरूण मोटरसाइकल वर्कशपका प्रोपाइटर युवा व्यवसायी अरूण लामाले जानकारी दिनुभयो । आगलागी पश्चात् इन्द्रावती ४ का युवाहरू एकजुट भएर सहयोग गर्ने निर्णय गरेको लामाले बताउनुभयो । समुदायमा बसेपछि एकले अर्कालाई सहयोग गर्न आवस्यक भएको विवेक नुडल्सका प्रोपाइटर कृष्ण बहादुर तामाङले बताउनुभयो । समुदायमा ...

धुलिखेल–खावा सडकः कामले गति नलिएपछि ठेक्का तोडिँदै

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको काम सुस्त भएको छ । चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा यस सडकखण्ड विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो । कार्यालयले सोमबार सूचना जारी गर्दै उक्त सडकखण्डमा कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागिएको जनाएको छ । सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ । पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएकोसमेत सूचनामा उल्लेख गरिएको छ । कम्पनील...

सोनाम ल्होसारको अवसरमा जुगलमा ३ दिन बिदा

ब्रेकिङ न्युज १, समाचार
तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’ को अवसरमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार गाउँपालिकाद्वारा जारी सूचनामा माघ २६, २७ र २८ गते तीन दिन जुगल गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाबाट माघ १९ गते शुक्रबार निर्णय भएको उल्लेख छ । तामाङ समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।...

५ दिने व्यवसायिक किवि खेती तालिम सम्पन्न

#, ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाको कृषि शाखाद्वारा आयोजना गरेको व्यवसायिक किवि खेती तालिम सम्पन्न भएको छ । गाउँपालिका भित्रका कृषि पेशामा आवद्ध स्थानीयहरुलाई माघ १९ शुक्रबारदेखी दिइएको व्यवसायिक किवि खेती तालिम मंगलबार सकिएको हो । तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ, ४ नं. वडा अध्यक्ष भक्तलाल शाक्य र ५ दिने किवि खेति तालिममा प्रशिक्षकको रुपमा रहनु हुने वागवानी अधिकृत गुणराज पौडेल तथा कृषि शाखा प्रमुख सन्तोष नेपाललगायतको उपस्थिति रहेको थियो । पाँच दिने व्यवसायिक तालिमले किवि खेती गर्नमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष राजु लामाले बताउनुभयो । तालिममा सहभागी हुनु भएका कृषकहरुलाई प्रमाणपत्र तथा किवि छाटकाटको लागी आवश्यक सामाग्रीहरु समेत वितरण गरेको थियो ।...

पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजकलाई

खेलकुद, समाचार
मेलम्ची नगरपालिका –७ दुवाचौरमा सम्पन्न सिन्धुपाल्चोक जिल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजक योङ स्टार युवा क्लव दुवाचौरले जितेको छ । सोमबार सम्पन्न फाइनलमा जुगल गाउँपालिका–४ पाङताङलाई सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जितेको हो । त्यस्तै मेलम्ची –७ सेल्लेलाई पराजित गर्दै जुगल –६ ले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा १७ टिम सहभागी रहेका आयोजक योङ स्टारका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो । बागमती प्रदेश सदस्य माइली तामाङ , मेलम्ची नगरपालिकाकि उप प्रमुख उमा प्रधान , वडा अध्यक्ष पासाङ तामाङ लगायतले पुरस्कार प्रदान गर्नुहुनेछ । प्रतियोगितामा पहिलो हुनेले ५० हजार , दोस्रो ३० हजार तेस्रो १५ हजार र चौथो हुनेले ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।...