सडक डिभिजनको अपिल ः विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक
काठमाडौँ
विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर राखी सामाजिक सञ्जालमा अतिरञ्जित प्रतिक्रियाबारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर अतिरञ्जित गर्नु खेदजनक भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, यस डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले मिति २०८०÷११÷१९ गते शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक छ ।
यस्तै सो सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यवसायी पनि समय अगावै निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिरहेको सन्दर्भमा निर्माणाधीन सडकमा आएको...
