सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्वका लागि ३ जनाको उम्मेदवारी
आगमी चैत्र ९ र १० गते बाह्र्रबिसेमा हुन लागेको उद्योग बाणिज्य संघको ११औं अबिधेशनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । संघको अध्यक्षमा बुद्धराज बस्नेत, शम्भु तिमिल्सीना र सुमन खत्री चुनावी मैदानमा उत्रिनु भएको छ । अबिधेशनमा प्रथम उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिब सह–कोषाध्यक्ष र महिला सदस्यको पदमा भने निर्वाचन गर्न नपर्ने भएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ११औं अधिबेशनको लागि नेतृत्व चयनमा उम्मेदवारी दिनुभएका प्रथम उपाध्यक्षको लागि भेष बहादुर बस्नेत (राजेन्द्र) तृतीय उपाध्यक्षमा बिचारी पराजुली, महासचिवमा इश्वर गुभाजु र सह–कोषाध्यक्षमा उद्धब पौडेल र महिला सदस्यमा चमेली श्रेष्ठ, कल्याणी घिसिङ निर्बीरोध निर्बाचित हुनु भएपछी उक्त पदहरुमा निर्वाचन नहुने भएको हो ।
संघको अध्यक्ष प...
