विगतमा व्यवसायीहरुको माझमा बसेर गरेको काम नै जितको आधार होः बस्नेत
२०५५ सालबाट व्यवसाय क्षेत्रमा प्रबेश गर्नु भएका बुद्धराज बस्नेत २०६४ सालबाट सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर काम गर्नू भएको थियो । २०६७ सालको अधिवेशनबाट द्वितिय उपाध्यक्ष हुनु भएका बस्नेत हाल संघको सल्लाहकार समितिको सहसभापति समेत हुनुहुन्छ । यहि चैत ९ र १० गते बाह्रबिसेमा हुन लागेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औं अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी बुद्धराज बस्नेतसँग अधिबेशनको सेरोफेरोमा रहेर लोकप्रिय समाचारको लागी बिपना तामाङले गरेको कुराकानीको अशं ः
तपाई अहिले के गर्दै हुनुहुन्छ ?
म खाशगरी अहिले यहि चैत्र ९ गते र १० गते सिन्धुपाल्चोक उद्योग बाणीज्य संघको ११औ अधिबेशन हुँदै छ, त्यही अधिबेशनमा केन्द्रित छु ।
मैले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु आफुलाई बिजय गराउँनका लागी व्यवसायीहरुसँग अनुरोध गरिरहेको छु ।
तपाईको अध्यक्ष प...
