चौतारालाई नमुना वडा बनाउँछौंः वडा अध्यक्ष श्रेष्ठ
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष एवम सामाजिक व्यक्तित्व शिव श्रेष्ठ साविक चौतारा गा.वि.स हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ५ बाजे सोम बहादुर श्रेष्ठ, बुबा अमिर बहादुर श्रेष्ठ र आमा कृष्ण माया श्रेष्ठको कोखबाट २०३६ कार्तिक ११ गते जन्मनु भएका वडाध्यक्ष श्रेष्ठसँग लोकप्रिय समाचारले गरेको छोटो कुराकानी ः
तपाईको परिचय पाउँ न ?
मेरो नाम शिव श्रेष्ठ हो । म अहिले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को वडाअध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेको छु ।
२०५० सालदेखि सामाजिक गतिविधिमा आबद्ध रहनु भएको उहाँ पूर्व निर्माण व्यवसायी जिल्ला सचिव, जिल्ला खेलकुद विकास समिति जिल्ला फुटबल संघ सदस्य, टोल विकास समिति अध्यक्ष, चौतारा युवा बचत समूह अध्यक्ष, चौतारा नमूना गुठीको अध्यक्ष, खासा व्यापार निर्माण व्यवसाय, निर्माण व्यवसायी र यातायात व्यवसायी तथा विभिन्...
