वर्षायामसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो समय ७३ जिल्लाबाट १ हजार ६ सय ५७ जनामा डेंगु पुष्टि भएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५ सय ७०, कोशी प्रदेशमा ३ सय ९६ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा २सय ५६, लुम्बिनी प्रदेशमा १ सय ९६, सुदूरपश्चिममा १ सय ७५, मधेश प्रदेशमा ४१ र कर्णली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिनुभयो ।
जिल्ला अन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १ सय ९६, झापामा १ सय २८ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ । अहिले वर्षाको सिजन भएकोले अरु किटजन्य रोगहरुको पनि जोखिम बढ्दै छ, यसको व्यवस्थापन तथा नियन्त्रणमा ध्यान दिन जरुरी छ ।