सहमतिकै आधारमा काम गर्न नगर प्रमुख सापकोटाको आग्रह
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाले आफु नगरपालिकाका सबै वडा र सबै नागरिकको अभिभाक भएकाले कुनै पनी राजनिती दल तथा कसैको दबाबमा रहेर काम नगर्ने नगरका सबै नागरिकलाई समान व्यवहार गरीरहेको बताउँनु भएको छ ।
नगर प्रमुख सापकोटाले वडा नं. ९ को उपभोक्ता समितीका बिबादका बारेमा वडाअध्यक्षहरु सहितको प्रतिनिधीसँग कुरा गर्दे यस्तो बताउँनु भएको हो । उहाँले वडा नं ९ का दलित बस्ती बिकासका लागी बजेट बिनियोजन गरेको तर आफुले उपभोक्ता समिती गठनमा कुनै दबाब नदिएको तर आफुसँग यस बारेमा कुरा गर्न आएकालाई वडामा बसेर समस्या समधान गर्न अनुरोध गरि पठाएको बताउँनु भयो ।
नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा सापकोटाले आफू जहिल्यै पनि सहमतिको पक्षमा रहेकोले सहमतिकै आधारमा उपभोक्ता समिति बनाउन पहल गर्न वडाध्यक्ष श्रेष्ठलाई निर्देशन दिनुभयो । उहाँले ‘सबै प्रमुख दलका प्रतिनिधिलाई...
