इटहरिको नेचर हव सेन्टरको हलमा हाम्रो लघुकथा केन्द्र नेपाल, कोशी प्रदेशको तदर्थ समितिको आयोजनामा समिति गठन तथा लघुकथा वाचनको कार्यक्रम सम्पन्न भएको छ ।
साउन ५ गते शनिबार केन्द्रका अध्यक्ष लता केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कोशी प्रदेशका संयोजक अनु विज्ञातिको सभापतीत्व भएको हो ।
आयोजकले तदर्थ समितिमा प्रस्तावित नामहरूलाई अनुमोदनपछि पदाधिकारीहरुको ११ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा संयोजक अनु विज्ञाति, सह संयोजक श्रीप्रसाद पोखरेल, सचिव सीता रेग्मी, सह सचिव शुक्रराज कुँवर , कोषाध्यक्ष पी पी कोइराला
सदस्यहरु रोशन पराजुली, राजकुमार श्रेष्ठ, पुष्पा सायरा , नवराज पोखरेल नवशिला , सरिता भट्टराई नेपाल, तारा श्रेष्ठ रहनु भएको छ । यसै गरि समितिका संयोजकमा खेमराज खनालञकलमसौखिनझ र सल्लाहकारहरूमा उमा सिजापती र रमेन्द्र कोइराला रहनु भएको छ ।
लघुकथा गान बजाएर कार्यक्रम सुरू गरिएको थियो । उपस्थित सम्पूर्णलाई सहसंयोजक श्रीप्रसाद पोखरेलले स्वागत गर्नु भयो । कार्यक्रमको दौरानमा सुशीला सुवेदी पाठक , सूर्य भट्टराई ,उमा सिजापती , पवित्रा सापकोटा ,भूमिका खनाल , यज्ञप्रसाद भण्डारी , रमेन्द्र कोइराला , पुष्पा शायरा , खेमराज खनाल र दीप मंग्रातीले लघुकथा वाचन गर्नुभयो ।
सीता रेग्मीले सञ्चालन गरेको सो कार्यक्रममा विशिष्ट अतिथि खेमराज खनाल ञ कलमसौखिन झ ले केन्द्रलाई सहयोग पुर्याउन आफू हरपल तत्पर रहेको भन्दै थाङ्नू शीर्षकको लघुकथा वाचन गरेर सुनाउनु भयो । उहाँले लघुकथाको प्रदेश स्तरीय समिति निर्माण भएकोमा खुसी व्यक्त गर्दै मोफसलमा बसेर लेख्नेले पनि अवसर पाउँदा साहित्यको श्रीबृद्धिमा सहयोग पुग्ने धारणा राख्नु भयो । नेचर हर्ब्सका प्रोप्राइटर सन्तोष धमलाले शुभकामना मन्तव्यको क्रममा आफूले कोशी प्रदेसलाई साहित्यिक कार्यक्रम गर्न हल उपलब्ध गरेर सहयोग पुर्याउँदै आएको र यसलाई निरन्तरता दिने विचार व्यक्त गर्नु भयो ।उहाँको विचार र कार्यप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको थियो ।
प्रमुख अतिथिको मन्तव्यमा के । सी। ले आफू बिराटनगर आएको अवसरमा कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमप्रति खुसी व्यक्त गर्दै लघुकथाको प्रवर्द्धनमा कोशी प्रदेश सदैव अगाडि बढिरहोस् भन्ने कामना गर्नु भयो । कार्यक्रमको सम्पूर्ण व्यबस्थापन कोशी प्रदेशका सहसंयोजक श्रीप्रसाद पोखरेलले गर्नु भएको थियो । लगभग ४० जना साहित्यप्रेमी उपस्थित उक्त कार्यक्रम भव्य र सभ्य रहेको थियो । कार्यक्रमको अन्तिम चरणमा सभापति अनु विज्ञातिले
व्यबस्थापन पक्ष र उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नुभयो ।