सम्पर्क

Author: लोकप्रिय समाचार

स्व ई. नेपालकाे सम्झनामा फाउण्डेसनको सामाजिक कार्य : ईन्जिनियरिङ अध्यापन देखि रक्तदानसम्म

खेलकुद, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सन्तोष सिग्देल ,काठमाण्डौ । बिनोद नेपाल स्मृति फाउण्डेसनले ईन्जिनियरिङ अध्ययन गर्दै गरेका पाँच जना छात्रछात्रालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । फाउण्डेशनले २०८०/८१ को बार्षिक प्रगति प्रतिवे दन मार्फत सो कुराको जानकारी दिएको हो ।स्व बिनोद नेपालको स्मृतिमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थीत श्री ईन्द्रेश्वरी माध्यमिक विद्यालयमा इन्जिनियरिङ्ग अध्ययन गर्ने ५ जना छात्रछात्रालाई विधिपुर्वक छनौट गरि विद्यालयमा आयोजित एक कार्यक्रमका बिच छात्रवृत्ति प्रदान गरिएको प्रगती प्रतिवेदनमा उल्लेख छ ।  छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा ९ मा अध्ययन गर्ने २ जना, १० मा १ जना र कक्षा ११ मा २ जना छन । अन्तर्वार्ता र विभिन्न मुल्याङ्कन विधि बाट छनौँट भएका जेहेन्दार विद्यार्थीहरूलाई फाउण्डेसनले कक्षा ९ देखि १२ सम्म पढाईमा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने छ । यस संस्था बिनोद नेपालको स्मृतिमा स्थापना ...

ब्यवस्थित ट्यांकी र धारा बनेपछि २४ सै घण्टा पानीको सुविधा, खुशी भए सिरानचौरबासी

खानेपानी, राजनिती, समाचार, स्वास्थ्य
अश्मी स्याङतान कमला घर आँगनमानै सुविधा सम्पन्न धारा बनेपछि सिरानचौरका स्थानिय खुशी भएका छन् । गैरसरकारी संस्था सेबक नेपालले चौतारा साँगाचोक गढी नगरपालिका र स्थानिय उपभोक्ता समितिसँग त्रिपक्षीय सम्झौतामा खानेपानी ट्यांकी र धारा निमार्ण गरिएको हो । पुस्तौंदेखि खानेपानीको समस्या भोगिरहेका चौतारा साँगाचोक गढी नगरपालिका वडा ९ स्थित सिरानचौरबासीको समस्या समाधान भएको छ । यहाँ ४८ घरधुरीमा एक घर एक धारा निमार्ण भएको छ । ब्यवस्थित ट्यांकी र धारा बनेपछि केउरेनी मानेडाँडा र गिरी टोलमा २४ सै घण्टा खानेपानी उपलब्ध भएको छ । गत साल २०८० माघ १० बाट सुरु भएको खानेपानी आयोजना २०८१ बैशाखमा सम्पन्न भएको हो । सेबक नेपालले वास उद्यमी परियोजना ध्बतभच दथ ध्यmभल अन्तर्गत नगरपालिका र उपभोक्ता समितिको साझेदारीमा जम्मा रु ३२ लाख ३ हजार लागतमा आयोजना सम्पन भएको हो । जसमध्ये चौतारा साँगाचोक गढी नगरपालिकाले २१ लाख २३ हज...

अरनिको राजमार्ग खाग्दलमा खुल्यो अस्थाइ बाटो मोहन बस्नेतद्धारा तत्काल स्थाइ व्यवस्था गर्न निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  गत असार ३० गते राति आएको बाढिका कारण बाह्रबिसे खाग्दल बेलिब्रीज बग्दा अबरुद्ध भएको सडकखण्ड बिहिबारदेखी सञ्चालनमा आएको छ । चीनसँग जोड्ने बाह्रबिसे तातोपानी सीमाक्षेत्र जोड्ने खाग्दल सडकखण्ड ३० खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि तत्काल नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्बमन्त्री संघीय सांसद माननीय मोहन बहादुर बस्नेत बागमती प्रदेसका पुर्बमन्त्री माननीय मसिना खड्का भण्डारी, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालगायत जिल्ला स्थित सुरक्षा प्रमुखहरु, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मन्जु तामाङ, नगर कार्यपालिकाका सदस्यहरु वडाअध्यक्षहरु सहित घटना स्थलमा पुग्नु भएको थियो । ३० गते राति बाढी आएतगत्तै नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष सहित बाहबिसेका सुरक्षाकर्मीहरुले त्यहाँका मानिसलाई सुरक्षित स्थानमा सारेका कारण मानवीय क्षेती नभए पनि बाढीले बेलिब्रीज बगाएसँगै...

सिन्धुपाल्चोकको मौलिक खान्दोके सेलो किङ्स लाउन्ज दरबार मार्गमा लाइभ गुञ्जीने

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, साहित्य
अश्मी स्याङतान कमला,सिन्धुपाल्चोक जिल्लाको चौतारा, जुगल, बलेफी, बाह्रविसे, मेलम्ची, इन्द्रावती, पाँपोखरीमा ,लिसंखु लगायत तामाङ समुदायमा उहिले देखिनै गुञ्जीदै आइरहेको खान्दोके भाका राजधानीमा पनि गुञ्जीने भएको छ । आफ्नो गाउँ ठाउँको संस्कार सँस्कृतिलाई उजागार गर्दै विभिन्न खान्दोके सेलो बजारमा ल्याइरहेका सिन्धुपाल्चोकका गायक आश्मान लोप्चनले यस पटक “खान्दोके सेलो विथ ब्याण्ड” कार्यक्रम सञ्चालन गर्ने भएको  हो । आउँदो श्रावण १९ गते शनिबार किङ्स लाउन्ज दरबार मार्गमा कार्यक्रम गरिने भएको छ । खान्दोके सेलो गायकका रुपमा समेत परिचित र चर्चा कमाइ रहेका गायक लोप्चनले तामाङ समुदायमा लोप हुन लागेका मौलिक कला संस्कृतिलाई तामाङ मौलिक खान्दोके सेलो संगीत मार्फत ऐतिहासिक संस्कृतिको गाथा प्रस्ट्याउने र यसको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन गर्दै संसार भरि प्रचार प्रसार गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागेको ब...

वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना–२ बारे जानकारी लिने क्रममा उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो । उहाँले भन्नुभयो, “हामीले काममार्फत मेलम्ची खानेपानी आयोजनासम्बन्धी सिर्जित गलत भाष्य चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी बाह्रै महिना कसरी पु–याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसका लागि म प्रतिबद्ध छु ।” मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिनुभएको थियो । उहाँले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे जानकारी लिँदै जनताको गुनासो ध्य...

प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिनुहुँदै

ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाण्डौँ प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौँथो पटक प्रधानमन्त्री हुनुभएको हो । संविधानको धारा ७६ (४) बमोजिम उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । रासस...

हार्ट अफ नेपालद्धारा पिछडीएका, दलीत , जनजाती र रेखाङतक्रित महिलाहरुलाई कुखुराको चल्ला वितरण

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  ईन्द्रावती गाँउपालीका वडा नम्बर १२ र ७ का महिलाहरुलाई हार्ट अफ नेपाल संस्थाले कुखुराको चल्ला, दाना, औषधी, गुलकोज वितरण गरेको छ । संस्थाको संयोजक जयन्ति सापकोटा र सामाजीक परीचालकहरुले वडा न ७ र १२ मा रहेको २० वटा समुह मध्येको एक समुहको १ महिलालाई ३५ वटा कुखुराको चल्ला, औषधी र गुलकोज वितरण गरेका छन । विधालयको दिवा खाजालाई प्रभावकारी बनाउने र संस्थाले वितरण गरेको कुखुराको चल्लाबाट उत्पादीत मासु र अण्डा जस्ता स्थानीय उत्पादनलाई विधालयको दिवा खाजाको लागी प्रयोग होस भन्ने उदेश्यका साथ महिलाहरुको आर्थीक बिकासका लागी संस्थाले कुखुराको चल्ला , दाना, औषधी वितरण गरेको संयोजक जयन्ति सापकोटाले बताइन् । पिछडीएको दलित र जनजाती महीलाहरुलाई आत्मनिर्भर बनाई आफुले उत्पादन गरेको बस्तु आफ्नै बच्चाको निम्ति विधालयमा दिवा खाजाको रुपमा प्रयोग गर्ने बातावरण गराई संस्थाले घरायसी उत्पादनको बजारीकरण समस्या नरहने गर...

विचार– लुतो फ्याक्ने पर्वः हराउँदै गएको चलन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, साहित्य
काठमाडौँ, १ साउन (रासस): बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् । साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको प्रारम्भ पनि श्रावणबाटै हुने गर्दछ । यसै दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गरेर उत्तरायणबाट दक्षिणायण लाग्ने हुँदा यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यसै दिन नेपाली समाजमा लुतो फ्याँक्ने चलन चलेपछि यसलाई लुते सङ्क्रान्ति पनि भन्न थालियो । सबै चाडपर्व, रीतिरिवाज, परम्परा आदि तत्कालीन समयको इतिहास बुझ्न सहयोगी हुन्छन् । कतिपय चाडपर्व, उत्सव मनोरञ्जनसँग सम्बन्धित थिए भने कतिपय स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने खालका छन् । यी कतिपय पर्वमा जनश्रुति एवं धार्...

आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १ साउनः गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल रु १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख बराबर मात्रै खर्च भएको छ । चालु शीर्षकमा गत आर्थिक वर्षका लागि रु ११ खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार बराबर बजेट विनियोजन भएकोमा लक्ष्यको ८३ दशमलव ४१ प्रतिशत अर्थात् रु नौ खर्ब ५२ अर्ब ४१ करोड ५१ लाख बराबर खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख विनियोजन भएकोमा लक्ष्यको ६३ दशमलव ४७ प्रतिशत अर्थात् रु एक खर्ब ९१ अर्ब ७१ करोड ७८ लाख बराबर मात्रै खर्च भएक...

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १ साउनः आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।” आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ । कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनम...