अपागंतासँग सम्बन्धित संस्थाद्धारा अनसनमा ऐक्यवद्धता
सिन्धुपाल्चोक जिल्लामा रहेका अपागंतासँग सम्बन्धित संस्थाहरुले काठमाण्डौंको शान्ति बाटिकामा गरिएको अनसनप्रती ऐक्यबद्धता जनाएका छन् । सोमबार जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक मार्फत उनिहरुले ऐक्यबद्धता जनाएका हुन् । ऐक्यबद्धता पत्रमा म्याग्दे गाउँपालिका–७, निबासी पूर्ण अशक्त शारिरिक अपागंता भएका व्यक्ति दिपक भण्डारी नेपाल सरकारले ऐन कानुनमा व्यबस्था भए बमोजिम हक अधिकार र सेवा सुविधाहरू कार्यान्वयन गरियोस् भनि काठमाण्डौ स्थित शान्ती बाटिकामा जारि अनिष्चित कालिन अनसन प्रति नगर अपाङ्गता समन्वय समिति अवधारणालाई स्थापीत गन क्रियाशिल समन्वय समितिहरुको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन–कानुनका साथै यस अगाडिका सम्पुर्ण सहमतिको अक्षरस कार्यान्वयनको लागि नेपाल सरकार संग जोडदार माग गर्दै पूर्ण अपाङ्गता भएका व्यक्ति दिपक भण्डारीको जिवन रक्षाका निम्ती सिन...
