सम्पर्क

भदौ महिनामा लघुकथासम्बन्धि गतिविधि

– भदौ महिनामा हाम्रो लघुकथा केन्द्रमा पोष्ट भएका लघुकथा सङ्ख्या ५४३ रहेको र नयाँ लघुकथाकार थपिने क्रम जारी रहेको छ । यस महिनामा नयाँ लघुकथाकारहरु गणेश निरौला, भुवन गौतम , बिना बुढाथोकी , टीका शिवाकोटी , ईश्वर लामिछाने र प्रकाश कुइँकेल रहनु भएको जानकारी चौबिस घण्टामा लघुकथा कार्यक्रमका संयोजक तथा व्यबस्थापक छविलाल खड्काले गराउनु भएको छ ।

– लघुकथा समाज,नेपालले स्रष्टा आरआर चौलागाईलाई पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ले सम्मानित गरेको छ ।  भदौ ५ गते समाजको १७ औं स्थापना दिवसको अवसरमा काठमाण्डौँस्थित सर्वनाम थियटरमा आयोजित कार्यक्रममा लघुकथा गान बजाएर कार्यक्रमका प्रमुख अतिथि अशेष मल्ल , विशिष्ट अतिथि ओम श्रेष्ठ ‘रोदन’ र पूर्णप्रसाद ब्राह्मणका सन्तान दिनेश शर्मा र निर्मला शर्माले नगदसहित सामूहिकरुपमा सम्मान समर्पण गर्नु भयो । कार्यक्रममा राजेश खनालले स्वागत मन्तब्य व्यक्त गर्दै संस्थाको बारेमा संक्षिप्त जानकारी राख्नु भयो ।साहित्यकार नवराज रिजालले सम्मानित स्रष्टाको बारेमा संक्षिप्त परिचय दिनु भएको थियो भने लघुकथा केन्द्रकी अध्यक्ष लता के.सी. र लघुकथाकार खेमराज पोखरेलले शुभकामना मन्तव्य राख्नु भयो । समाजका अध्यक्ष गोपाल अश्कले सभाध्यक्ष गरेको सो कार्यक्रममा विशिष्ट अतिथि रोदनले मन्तव्यको क्रममा लघुकथामा उचाइ चुलिएका वर्तमान अवस्थामा स्व. ब्रम्हाणको नाममा पुरस्कार र सम्मानको सुरुवात आफ्नै पालामा भएको चर्चा गर्दै वर्तमान लघुकथा लेखनीमा आएका विकृत पक्षहरु औल्याउनु भयो ।
प्रमुख अतिथि मल्लले सम्मानित स्रष्टा चौलागाईलाई बधाई दिंदै वि.सं.२०३१ सालतिर भारतबाट निस्कने सारिका,धर्मयुग जस्ता पत्रिकाहरुले छापेका चोटिला लघुकथाहरुबाट प्रभावित भएर आफुहरुले विराटनगरमा संकलितसंग्रह निकालेको बताउनु भयो । विधामा नाम के दिने भन्ने कुरामा दुविधा हुँदा रेस्की गल्प भनिएको अनुभव सुनाउनु भयो । आजका चरम वैज्ञानिक विकासको युगमा पढ्ने होइन सुन्ने दिन आइसकेकोे छ भन्दै हामी भने किताव निकाल्न हतार गरिरहेका मात्र हुन्छौं भन्नु भयो । सम्मानित स्रष्टा चौलागाईले आफू सम्मानित भएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै आफ्नो साहित्य लेखन यात्राबारे अतीत कोट्याउनु भयो । समाजका सचिव श्रीबाबु कार्कीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको दोस्रो खण्डमा स्रष्टा आरआर चौलागाईद्धारा लिखित यमराजको फैसला र दाइजो दुई लघुकथामाथि , राज शाहको निर्देशनमा सर्वनाम परिवारबाट नाटक मञ्चन गरिएको थियो ।

– लघुकथाका पुस्तक परिचर्चा ,सम्मान र पुरस्कार वितरणको कार्यक्रम सम्पन्न भएको छ । भदौ ८ गते शनिबार ,लघुकथा समाज कोशी प्रदेश , बिराटनगरको आयोजनामा काठमाण्डौको अनामनगरस्थित डालो रेस्टुरेन्टमा पानसमा दीप प्रज्ज्वलन गरि लघुकथा गान बजाएर कार्यक्रम सुरु गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष ममता मृदुलको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा लघुकथा समाज कोशी प्रदेश फेसबुक पेजले गरेको मासिक लघुकथा प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका २५ जना लघुकथाकारलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट २५ मध्ये पहिलो शान्ता तिम्सिना , दोस्रो रञ्जना पराजुली लम्साल , तेस्रो ललिता दोषी र सान्त्वना हुने किसन पौडेललाई पारस काफ्ले स्रष्टा सम्मान –२०८१ ले नगदसहित सम्मानपत्र समर्पण गरिएको थियो ।
उक्त अवसरमा विशिष्ट अतिथि गोविन्दमानसिँह कार्कीले हिरण्यकुमारी पाठकको तेलभिषा लघुकथासङ्ग्रह र अतिथि दीपक लोहनीले रमेन्द्र कोइरालाको डोरी लघुकथासङ्ग्रहको परिचर्चा गर्नु भएको थियो । कथाकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार रमेन्द्र कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका अतिथि लता के .सी . ले लघुकथाको बिकासका लागि लघुकथाकारको भूमिका के कस्तो रहनुपर्छ ? भन्ने प्रश्न उठाउनु भयो । सर्जक बिन्दु ढकालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा अतिथि विनोद नेपालले सम्मानित स्रष्टाहरूलाई शुभकामना दिनु भयो ।
अतिथि राधेश्याम लेकालीले विभिन्न सर्जकहरूसंग आफ्नो सम्बन्धबारे अतीत कोट्याउनु भएको थियो भने अध्यक्ष ममता मृदुलले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नु भयो र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेर सभा विसर्जन गर्नु भयो ।

धनमान लघुकथा पुरस्कार–२०८१ झ ले लघुकथाकार श्याम आशालाई सम्मानित गरिएको छ । भदौ ८ गते शनिबार , भक्तपुरको व्यासीस्थित एभरेष्ट इंगलिस स्कूलमा एक कार्यक्रममा सो प्रदान गरिएको थियो । १७ औँ लघुकथाको अवसर पारेर लघुकथा समाजको आयोजना र सिर्जना अभियान समाज भक्तपुरको संयोजनमा आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ समालोचक कुमारप्रसाद कोइरालाले स्रष्टा आशालाई सम्मानपत्र र दाता धनमान श्रेष्ठले दस हजार नगद प्रदान गर्नु भएको थियो । कार्यक्रममा पुरस्कारदाता श्रेष्ठले आख्यान विधामा लाग्ने स्रष्टाहरूको सम्मानको लागि आफूले पुरस्कार राखेको बताउनुभयो । सम्मानित स्रष्टा आशाले सम्मान पाउँदा आफूलाई हौसला मिलेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि कोइरालाले साहित्यमा मानिसको ह्रदयलाई परिवर्तन गर्न सक्ने क्षमता हुन्छ भन्दै अहिले लघुकथा निकै प्रभावकारी रुपमा देखापरेको बताउनुभयो ।
लघुकथा समाज नेपालका अध्यक्ष गोपाल अश्कको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टाहरू ध्रुव मधिकर्मी, सुमन सौरभ, स्कूलका प्रिन्सिपल भक्त राजभण्डारी, श्रीबाबु कार्की, छविरमण सिलवाल, लक्ष्मी बैद्य लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा छात्राहरू रुवी पगेनी र अनुष्का कार्कीले लघुकथा वाचन गरेका थिए ।

  • सिर्जना अभियान समाज , भक्तपुरको आयोजनामा ञलघुकथा ःसर्जक र संवादझ कार्यक्रम सम्पन्न भएको छ ।
    भदौ ४ गते मंगलबार भक्तपुरमा लघुकथा गान बजाएर सुरू गरिएको उक्त कार्यक्रममा लघुकथा विधाका स्रष्टाहरूले लघुकथा लेखनमा देखिएको सक्रियता, यसको व्यापकता र लेखनमा थपिएका समस्या र चुनौतीहरुका बारेमा खुलेर चर्चा गरे । कार्यक्रममा स्रष्टा ध्रुव मधिकर्मीले कुनै पनि विधाको सिद्धान्त पढ्नु आवश्यक छ तर स्रष्टाहरूले त्यसभित्र मात्र सीमित भएर बस्नु भन्दा नयाँ बाटो पहिल्याउने प्रयासमा अग्रसरता देखाउनुपर्छ भन्नुभयो । लघुकथाकार खेमराज पोखरेलले प्रकाशित कृतिहरूमाथि अध्ययन चिन्तन गरेर मात्र त्यसको बारेमा मूल्याङ्कन गर्न आग्रह गर्नुभयो ।
    लघुकथाकार दिव्य गिरीले राम्रो लघुकथाको लागि महत्वपूर्ण विषयको छनोट र सन्देशसहितको आकर्षक शैली हुनुपर्ने बताउनुभयो । कथाकार आरआर चौलागाईंले लघुकथा लेखनमा कवितापछि आएको भए पनि आफू लघुकथा बिधामा गम्भीरतापूर्वक लागेको बताउनुभयो । लघुकथाकार लता केसीले लघुकथालाई यो ठाउँमा ल्याइपुर्याएर स्थापित गरेका स्रष्टाहरूले पछिल्लो समयमा लघुकथा लेख्न छोडेको प्रति चिन्ता प्रकट गर्नुभयो । कथाकार हरि थापाले स्रष्टाहरूले लघुकथामा थोरै लेखेर धेरै दिनसक्ने विधा भएकाले लघुकथामा भन्न खोजिएको कुरालाई पाठकले खोज्नुपर्ने बताउनुभयो । स्रष्टा सत्या अधिकारीले लघुकथामा पुस्तान्तरणको लागि संस्थाहरूले पहल गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रमका संयोजक डा. हिमलाल श्रेष्ठले लघुकथाको समग्र विकासको लागि स्रष्टाहरूबीच संवादको आवश्यकता परेकोले त्यस अनुरुप कार्यक्रम गरिएको बताउनुभयो ।
    कार्यक्रमका उद्घोषक इन्दिरा चापागाईंले उपस्थित सबैलाई स्वागत गर्दै लघुकथाप्रति स्रष्टाहरूको यो अभिरुचिलाई समाजले निरन्तर सघाइरहने बताउनुभयो । कार्यक्रममा स्रष्टाहरू दीपक लोहनी, रमेन्द्र कोइराला, मनीषकुमार शर्मा, अञ्जु शर्मा, निर्मला बराल, रोशन पराजुली, ईश्वर पोखरेल र विवेक शर्मा गौतमले पनि जिज्ञासाहरू राख्नुभएको थियो । उक्त अवसरमा अवसरमा भादगाउँ टेलिभिजनका लागि लघुकथा वाचनको छायांकन पनि गरिएको थियो ।
  • यसैगरी सिर्जना अभियान समाज , भक्तपुरले ञञलघुकथा ः सर्जक र संवाद झझअन्तर्गत संगोष्ठीको दोस्रो सत्र पनि सम्पन्न गरेको छ ।
    भाद्र २२ गते शनिबार, भक्तपुरमा लघुकथाकारहरू ध्रुव मधिकर्मी, आर आर चौलागाइँ, हरिगोविन्द भोमी, रा सा, नवराज शर्मा, हिमलाल श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनीषकुमार शर्माको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । उपस्थित सर्जकहरूले लघुकथा लेखनमा आफ्नो प्रवेश र पृष्ठभूमि, नेपाली लघुकथा लेखनमा आएको व्याप्ति, कृतिचर्चाको अभाव, लेखनको चुनौति र विविध समस्याका बारेमा खुलेर चर्चा गर्दै आ–आफ्ना लघुकथा वाचन गर्नुभएको थियो । सर्जक ध्रुव मधिकर्मीले सानो आकारमा भन्दा छोटो आयाममा लघुकथा सिर्जिन हुनुपर्ने भन्दै यससित सम्बद्ध संस्थाहरूबीच विवाद होइन सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
    आरआर चौलागाईंले जेजस्ता प्रयोग र शैलीमा लेखे पनि त्यस्मा प्रभावकारिता हुनुपर्ने बताउनु भयो । रासाले सिद्धान्तपछि आएकाले संवाद मात्र र विना संवादबाट पनि लघुकथा लेख्न सकिने बताउनुभयो । मनीषकुमार शर्मा ञसमितझले लघुकथामा गणितीय विषय तथा शीर्षकमा अप्रचलित तर नयाँ शब्द निर्माणलाई ध्यान दिइएको बताउनुभयो । डा. हिमलाल श्रेष्ठले पर्यावरणजस्ता नयाँ क्षेत्रलाई पनि लघुकथामा ल्याउनुपर्ने बताउनुभयो । नवराज शर्माले सामाजिक सञ्जालको प्रयोगले लघुकथामा विविधता आएको र यसले धेरै स्रष्टाहरू प्रकाशमा ल्याएको बताउनुभयो ।
    श्यामप्रसाद श्रेष्ठले नाटक र कथाको माध्यमबाट साहित्यमा प्रवेश गरे पनि पछिल्लो समय लघुकथाप्रति आकर्षित भएको बताउनुभयो भने हरिगोविन्द भोमीले लघुकथामा नयाँपनका लागि प्रयास भइरहनुपर्छ भन्नुभयो । कार्यक्रम निकै रोचक र उपलब्धिमूलक बनेको आयोजक पक्षले जनाएको थियो ।

– लघुकथा प्रतिष्ठान पोखराको ६४ औं नियमित लघुकथा वाचन सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शनिबार गरिँदै आएको लघुकथा वाचन कार्यक्रम भदौ ८ गते शनिबार, लघुकथा प्रतिष्ठान पोखराको आयोजनमा , पोखरामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तले गर्नु भएको थियो । उक्त अवसरमा ढाकामोहन बराल,दीपकराज अधिकारी, चन्द्रमणि अधिकारी, अनिल थापा, अल्पविरामगायत ८ जना लघुकथाकारले आआफ्ना लघुकथा वाचन गरेका थिए भने साहित्यकार अम्बिका प्रसाद भट्टराईले, लघुकथा , कथा प्रविधाको चोटिलो एक सशक्त प्रतिकात्मक कथा भएकोले अन्य विधागत साहित्य भन्दा फरक रहेको बताउनु भयो । सो कार्यक्रम प्रतिष्ठानका सदस्य रुपिन्द्र प्रभावीले सन्चालन गर्नु भएको थियो ।

–  हाम्रो लघुकथा केन्द्र, बागमती प्रदेशले मासिकरुपमा गर्दै आएको नियमित लघुकथा वाचन एवं अन्तरक्रिया कार्यक्रमको चौथो शृङ्खला सम्पन्न गरेको छ ।
भाद्र २९ गते शनिबार काठमाण्डौँको कौशलटारस्थित ‘रिडर्स हव’मा सम्पन्न सो कार्यक्रममा , कार्यक्रमका सभापती ध्रुव मधिकर्मीले लघुकथा लेखनमा पारम्परिक धारलाई छोडेर गहन भाव सम्प्रेषण गर्ने, प्रकाशित गर्नुपूर्व पटक पटक अध्ययन गरेर आफैँले सम्पादन गर्ने र पृथकता बनाउँन लघुकथाको भावलाई विम्बात्मक प्रस्तुती दिनुपर्ने कुरामा जोड दिनुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि खेमराज पोखरेलले विषयवस्तुमा नवीनता र त्यसमाथि विभिन्न कोणबाट चिन्तन गरेर लघुकथा लेख्नु राम्रो हुने सुझाव दिनु भएको थियो । प्रमुख अतिथि पोखरेललगायत मनीषकुमार शर्मा ‘समित’, निरज बराल, रमेश सुवेदी, शान्ता तिम्सिना, एन्जेल निलुले आफ्ना लघुकथा वाचन गर्नु भएको थियो र वाचित लघुकथाहरूको लघुसमीक्षा ध्रुव मधिकर्मी, मनीष कुमार शर्मा ‘समीत’, खेमराज पोखरेल र इन्दिरा चापागाईंले गर्नु भयो ।

– हाम्रो लघुकथा केन्द्र, नेपालका सचिव रामराजा के.सी.को ’कुहिरोभित्र’ लघुकथासङ्ग्रहको सार्वजनीकरण भएको छ । २०८१ भाद्र १ गते शनिबार , सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा केन्द्र दक्षिणकाली, फर्पिङको संयुक्त आयोजनामा गरिएको सो कार्यक्रममा , कार्यक्रमका सभाध्यक्ष आवेश मिश्र , प्रमुख अतिथि मोहन बस्नेत, विशिष्ट अतिथिहरू वसन्ती तामाङ डङ्गोल, किशोर पहाडी, योगी बलभद्रनाथ, माधवप्रसाद लामिछाने, ज्ञाननिष्ठ ज्ञवाली, लता के.सी. , मनीषकुमार शर्मा समीत, शेखर अर्याल, भरतबहादुर थापा, दीपबहादुर के.सी. र कान्छी के.सी., स्रष्टा रामराजा के.सी.र पुष्कर खड्काले उक्त कृतिको सामूहिक रुपमा विमोचन गर्नुभएको थियो । विमोचनको अवसरमा उद्घोषक दिपक लामिछानेले विमोचित कृतिबाट घैँटी शीर्षकको लघुकथा वाचन गर्नु भयो । सो अवसरमा लघुकथा गान बजाइएको थियो ।
केन्द्रका अध्यक्ष लता केसीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा योगी बलभद्रनाथ, बुद्धिमान महर्जन, रमा कोइराला, मधु खड्का, राजुभाइ थापा, श्रीराम आचार्य, बद्री कार्की र रामकुमार बस्नेतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि किशोर पहाडीले स्रष्टालाई शुभकामना दिँदै निरन्तर साधनामा लाग्न मार्गदर्शन गर्नुभएको थियो । विशिष्ट अतिथि , नगर उपप्रमुख वसन्ती तामाङले दक्षिणकाली नगरपालिकामा साहित्यले फड्को मार्दै गएको कुरा व्यक्त गर्नुभएको थियो । साहित्यिक गतिविधिबाट आयोजकले नगरको गौरव बढाएको र आफू पनि साहित्यमा आकर्षित भएको कुरा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख एवम् प्रमुख अतिथि मोहन बस्नेतले बताउनु भयो । करीब ४ घण्टा लामो उक्त कार्यक्रममा दक्षिणकाली नगरका वडा अध्यक्षहरू , विद्यालयका प्रधानाध्यापक, वडा नं ४ कार्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी, समाजसेवीहरू , राम लो, राजकुमार लामा, वन्दना घिमिरे, मिसु श्रेष्ठ थपलिया, बिरेन मालाकार, शान्ता तिम्सिना, निर्मला बराल, भगवती खनाल, सुभाष प्याकुरेल, ईश्वरी पाण्डे, रमेश सुवेदी, निरा श्रेष्ठ, कृष्ण बहादुर विष्ट, जुमन किरण, रूबिना राना, विनोद बन्जारा, राजाराम राउत, पुष्पराज केसी, राजेशमान केसी, अनन्त लम्साल, सुनिता ठगुन्ना, ध्रुवराज थापा, रामकाजी बस्नेतलगायत ३२५ जनाको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा पुष्कर खड्काको ’हराएको निद्रा’ कवितासङ्ग्रह र रामराजा केसीका ’अङ्ग्रेजी भूत’ निबन्धसङ्ग्रह पनि लोकार्पण गरिएको थियो । कार्यक्रमका लागि पदमराम थापा, अर्जुन थापा मगर, राम मगर र राजु विष्टले सहयोग गरेका थिए ।

– भदौ ३ गते सोमबार ,काठमाडौँको सिलौटो रेस्टुरेन्टमा बृहत् लघुकथासङ्ग्रह लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो । लघुकथाकार खेमराज पोखरेलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन र विशिष्ट अतिथिहरू राधेश्याम लेकाली , कल्याण पन्त र विमोचन हुने कृतिका , उपस्थित कृतिकारले सामूहिकरूपमा कृतिको लोकार्पण गर्नु भयो । उक्त अवसरमा चौबीस वटा लघुकथासङ्ग्रह र प्रा.डा . कपिल लामिछानेको लघुकथा समालोचना कृतिको लोकार्पण भएको थियो ।
प्रमुख अतिथिको मन्तव्यको क्रममा श्रेष्ठले लघुकथाको मानक सिद्धान्त, लघुकथाको अवस्थाबारे प्रकाश पार्नु भयो । विशिष्ट अतिथि लेकालीले तीसको दशकमा लघुकथाको अवस्था, लघुकथाले पाएको विधागत मान्यताबारे बोल्नु भयो भने अर्का विशिष्ट अतिथि कल्याण पन्तले आफ्नो लघुकथा वाचन गर्नु भयो । कार्यक्रममा स्रष्टा रमेन्द्र कोइरालाले स्वागत मन्तव्य राख्नु भयो । सर्जकहरू रामकुमार पण्डित, लता के. सी र कृतिकारका तर्फबाट अन्जु शर्माले शुभकामना मन्तव्य राख्नु भयो । विमोचित कृतिबाट छविलाल खड्का , रोशन पराजुली , शुक्रराज कुवर लगायत पाँचजना कृतिकारले लघुकथा वाचन गर्नु भएको थियो । लघुकथाकार खेमराज पोखरेलको ६८औँ जन्मदिनको अवसर पारेर गरिएको २४ लघुकथाका कृतिहरु एकैसाथ विमोचन भएको सम्भवतः यो पहिलोपल्ट हो । कार्यक्रमको संयोजन र सञ्चालन ममता मृदुलले गर्नु भएको थियो ।

ड्ड कृतिशेष स्वस्तिका सिम्खडाको ’प्राणप्रतिष्ठा’ र स्रष्टा नन्दलाल आचार्यको ’लौरो’ नामक दुई लघुकथासङ्ग्रहको लोकार्पण भएको छ । भदौ ५ गते १७ औँ लघुकथा दिवसको अवसर पारेर , लघुकथा प्रतिष्ठान , नेपालको मुहारपुस्तिकाको प्रत्यक्ष प्रसारणमार्फत् दुबै लघुकथा कृतिको सामूहिक विमोचन भएको थियो । बुढ्यौली साहित्य समाज, मधेस प्रदेश समिति र लघुकथा प्रतिष्ठान नेपालको आयोजनामा भएको सो कार्यक्रममा साना विद्यार्थीहरू
गजल आचार्य र पीयूष आचार्यले कृतिको विमोचन गर्नु भयो । विमोचित कृति लौरोबाट बाजी र प्राणप्रतिष्ठाबाट योग शीर्षकका लघुकथा गरिमा आचार्यले वाचन गर्नु भएको थियो ।
उक्त अवसरमा विश्लेषक धीरकुमार श्रेष्ठ र रमेन्द्र कोइरालाले विमोचित कृतिहरुको विमर्शन गर्नु भयो । मेघराज पौड्याल, खगेन्द्र बस्याल,मीना देवकोटा, कल्याण पन्त , मनोहर पोखरेल, रचना शर्मा, मीना साह (एन्जल निलु) , लक्ष्मी रिजालले लाइभ कलमा जोडिएर आआफ्ना धारणा प्रस्तुत गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि रमेशमोहन अधिकारीले लोकार्पित दुबै कृतिले साहित्यमा महत्त्व राख्ने बताउनुभयो । बुढ्यौली साहित्य समाज, मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्लेले अध्यक्षतामा सम्पन्न सो कार्यक्रम हरि आचार्यले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम पौने दुई घण्टासम्म चलेको थियोे ।

– लक्ष्मण अर्यालको तेस्रो लघुकथासङ्ग्रह ञदुर्बिनझको लोकार्पण गरिएको छ । वाल्मीकि साहित्य सदनको आयोजना र रत्ननगर उद्योग वाणिज्य सङ्घको सह–आयोजनामा भदौ ८ गते रत्ननगर , चितवनमा सो लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीसहित रामबाबु घिमिरे, रामहरि श्रेष्ठ, गोर्खे साइँलो, खेमराज पोखरेललगायतले कृतिको सामूहिक लोकार्पण गरेका थिए । लोकार्पण कार्यक्रमपछि कृतिकार अर्यालको दुर्बिनमाथि खेमराज पोखरेलले समीक्षात्मक टिप्पणी राख्नु भयो । वाल्मीकि साहित्य सदनका कोषाध्यक्ष कमल अर्यालले कार्यक्रम सहजीकरण गर्नु भएको थियो ।

– भदौ ८ गते शनिबार , इन्दिरा ढकालको पहिलो लघुकथासङ्ग्रह अनन्त पिडाको विमोचन र विमर्शन कार्यक्रम सम्पन्न भएको छ । अनेसास नेपाल च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जलेश्वरी श्रेष्ठले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न सो कार्यकममा, कार्यक्रमका प्रमुख अतिथि ,
कृतिकार लगायत विशिष्ट अतिथिहरुले सामुहिक रुपमा कृतिको विमोचन गर्नु भयो भने विशिष्ट अतिथि डा.पुष्कर भट्टले कृतिको समीक्षा गर्नु भएको थियो । प्रमुख अतिथि जलेश्वरी श्रेष्ठले लघुकथा लेखनबाट आफै प्रभावित भएको र नेपाली नारी स्रष्टाहरुले आफ्ना कुरा पनि यसरी पोख्न सक्ने उदाहरण ‘अनन्त पीडा’ कृति रहेको बताउनु भयो ।
कार्यक्रममा मन्तव्यको क्रममा सन्ध्या पहारी, शान्ति रिसाल, विमल भौकाजी,दिव्य गिरीले कृतिकारलाई शुभकामना दिनु भएको थियो । कृतिकारको निजी निवासमा सम्पन्न उक्त कार्यक्रममा कृतिकारले लेखकीय मन्तब्यमा सन्ध्या पहारी आफ्नो साहित्यिक गुरु रहेको बताउँदै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । सर्जक राधा दुलालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने निर्मलरमण पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

– सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा स्रष्टा परशुराम पराशरको पहिलो लघुकथासङ्ग्रह सावधानको लोकार्पण कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा , कार्यक्रमका अध्यक्ष लगायत प्रमुख अतिथि विजय चालिसे ,विशिष्ट अतिथि रमेशप्रसाद खनाल , विमल अर्याल, खेमराज पोखरेल, शीतल गिरीले सामूहिकरुपमा कृतिको लोकार्पण गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य नगेन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । लघुकथाकार रामकुमार पण्डित क्षेत्रीले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी गर्नु भयो ।
प्रमुख अतिथि चालिसेले समीक्षाको सराहना गर्दै कृतिकार पराशरलाई बधाई तथा शुभकामना दिनु भयो साथै उहाँले विदेशीको दाँजोमा नेपाली लघुकथा ज्यादै छोटा हुने र लेखनमा कठिन हुने बताउनु भयो । विशिष्ट अतिथि खनालले लघुकथाको संरचनाबारे प्रष्ट पार्नु भयो । विमल अर्याल, शीतल गिरी लगायतले ‘सावधान’ लघुकथाकृति लघुकथाको क्षेत्रको विशिष्ट उपलब्धि रहेको बताउनु भयो । प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गर्नु भएको सो कार्यक्रममा लघुकथाकारहरूले लघुकथा वाचन गर्नु भएको थियो ।

– यसैगरी पी पी कोइरालाद्वारा सम्पादित वृद्धाकाश संयुक्त लघुकथासङ्ग्रहको विमोचन कार्य सम्पन्न भएको छ । सिस्नुपानी नेपालको सहकार्य र फित्कौली अनलाइन मिडियाको आयोजनामा भदौ २२ गते शनिबार काठमाण्डौ ,
थापागाउँस्थित नेपाल माउण्टेन स्कुलको हलमा डिजिटल प्रविधिमार्फत् कृतिको विमोचन भएको थियो । कार्यक्रमका सभाध्यक्ष नरनाथ लुइँटेल र प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले पानसमा बत्ती बालेपछि कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रममा समीक्षक डा. रमेश शुभेच्छुले विमोचित कृतिको चर्चा गर्दै कृतिभित्र समाविष्ट ६५ वटा लघुकथाले बुढ्यौली मनोविज्ञानलाई आत्मसात गरेको बताउनु भयो । सरोज घिमिरेले सञ्चालन गर्नु भएको सो कार्यक्रममा विशिष्ट अथितिहरू रोचक घिमिरे, नरेन्द्रराज पौडेल, मुकुन्द आचार्य, भाउपन्थी र लक्ष्मण गाम्नागे, डा. रमेश शुभेच्छु, लता केसी, जनक चालिसे, पीपी कोइराला, शिवप्रसाद जैशी, हरिकला उप्रेती अतिथिको आशनमा रहनु भएको थियो ।
कृतिका सम्पादक कोइरालाका अनुसार वृद्धाकाश पुस्तक वृद्धविषयक पहिलो लघुकथासङ्ग्रह हो । एजिङ नेपालले प्रकाशित गरेको प्रस्तुत कृतिभित्र लगभग सातै प्रदेशका सर्जकहरुलाई समेटेको, विभिन्न फेसबुक पेजका व्यबस्थापकहरू, लघुकथा वाचकहरू र समीक्षकहरूका लघुकथालाई प्राथमिकतामा राखेको साथै कृतिभित्र एक तिहाइ भन्दा बढी नारी सर्जकहरु समेटिएको उहाँले बताउनु भयो ।