मोहन बस्नेतद्धारा बाढी पहिरोको स्थलगत निरिक्षण तत्काल राहतमा जुट्न अनुरोध
पूर्व स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेत आफ्नो जन्म सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ खाग्दल पुल बगाएको ठाउँ लगाएत निर्बाचन जितेको क्षेत्र २ का बिभिन्न स्थानमा स्थलगत निरिक्षणगरी क्षती भएका स्थानहरुमा तत्काल उद्धारका साथै राहतमा जुट्न र सम्भावीत स्थानमा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन अनुरोध गर्नु भएको छ ।उहाँले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित बाढीले पु¥याएको क्षतिको विवरण संकलन, सम्भावित जोखिम न्यूनीकरण तथा राहत उद्धारको काममा सहजताका लागी क्षेत्र नम्बर १ को भोटेकोशी, दुगुनागढी, लिपिङ, कोदारी, तातोपानी, चाकु बजार, खागदल र खाडीचौर तथा क्षेत्र नं. २ को तिपेनी बजार लगायत आसपासका क्षेत्र, याङ्री बजार हेलम्बु , मेलम्ची लगायतका क्षेत्रहरूमा स्थलगत निरीक्षण गर्नुभएको छ ।उहाँले बागमती प्रदेश सभाका माननीय, मसिना खड्कालाई साथमा लिएर १ नं. क्षेत्रमा गएर तत्काल र...

