सम्पर्क

Author: लोकप्रिय समाचार

सुनिता फाउन्डेसनद्धारा सरोकारवालाहरुसँगको समिक्षात्मक अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी/मेलम्ची मानव बेचबिखन बिरुद्ध काम गर्दै आएको सुनिता फाउन्डेसनले मेलम्चीमा जिल्ला स्तरीय सरोकारवालाहरुसँग समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेको हो । फाउन्डेसनको आयोजना तथा ECPAt\ LUXEMBOURg (इक्प्याट लक्जम्बर्ग) को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङको प्रमुख आतिथ्यता तथा उप–मेयर उमा प्रधानको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल, इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक भगवती तिमस्लिनना, नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख राजेन्द्र दुलाल, रोजगार शाखा प्रमुख सञ्जन श्रेष्ठ, बिभिन्न शाखाका कर्मचारीहरु, संस्थाका प्रबन्ध निर्देशक सुनिता दनुवार, बिभिन्न वडाका जनप्रतिनिधिहरु, पत्रकार, प्रभावित लगायतको उपस्थितिमा सँस्थाले दुई वर्षको अवधिमा गरेका कामहरु तथा पछिल्लो समय जिल्लामा मानव ब...

सडक अबरुद्ध नहुने गरी काम गर्दै मेलम्ची नगर पालिका

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका भित्रको क्षेत्रमा सडक अवरुद्घ नहुने गरि काम अघि बढाईएको बताउनुभएको छ र उँहाले सडक सुचारु गराउने सम्वन्धमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी सँग पाँचपोखरीको सिमा खाल्डे खोलामा छलफल गर्ने क्रममा यस्तो बताउँनु भएको हो । लगातारको वर्षा र पहिरोले मेलम्ची तिपेनी भोताङ सडक अवरुद्ध भएपछि बैकल्पिक मार्ग निर्माणका लागि गैरीगाउँ, सुनखानी लाँगर्चे सडकको अवस्था अवलोकन गर्न नगर प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान , वडाअध्यक्ष किरणदिप खड्का लगायतका टोलीहरु त्यस तर्फ जानु भएको थियो । सडक अवलोकनपछि सडक सुचारु गराउने सम्वन्धमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी सँग पाँचपोखरीको सिमा खाल्डे खोलामा छलफल भएको थियो । छलफलका क्रममा आआफ्ना पालिकाहरुमा तत्काल सडक सुचारु गर्न लागी पर्ने र...

टोल टोलमा सामाजिक सुरक्षा बितरण गर्दै १० नं वडा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासँगाचोकगढी नगरपालिका वडा नं १० ले आफ्ना वडाका सामाजिक सुरक्षा भत्ता लिइरहनु भएका हरुलाइ घर आँगनमा नै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरिदिएको छ । सामाजिक सुरक्षा भत्ता सँगै भत्ता कार्ड नबीकरण समेत गरेकोमा सेवाग्रहीले उक्त कार्य प्रती बिशेष धन्यबाद दिएका छन । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १०का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन)को नेतृत्वमा असार ७ र ८ गतेसामाजिक सुरक्षा भत्ता बाढ्ने र भत्ता कार्ड नविकरण गर्ने कार्यक्रम भएको हो । सुकुटे, साठिमुरे,कार्किटार,खत्रीथोक, जल्केनी,हरे डाँडा,होल्का,काँडे,भान डाँडा,माझटोल,डाँडाघर,विम्रेनि थुम्की डाँडा र कोल्पाटा लगायत १०वडा भित्रको सम्पुर्ण गाउँ गाउँ टोल टोलमा घर घरमा भत्ता वितरण गरेको वडा अध्यक्ष निलबहादुर तामाङ सुमनले जानकारी दिनु भयो । भत्ता बितरण कार्यक्रममो सिन्धु विकास बैंकको कर्मचारीहरु,साँगाचोक प्रहरि चौकिको सुर...

घरघरमा सामाजिक सुरक्षा पाउँदा १० नं वडा बासी खुशी

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला चौतारासँगाचोकगढी नगरपालिका वडा नं १० ले आफ्ना वडाका सामाजिक सुरक्षा भत्ता लिइरहनु भएका हरुलाइ घर आँगनमा नै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरिदिएको छ । सामाजिक सुरक्षा भत्ता सँगै भत्ता कार्ड नबीकरण समेत गरेकोमा सेवाग्रहीले उक्त कार्य प्रती बिशेष धन्यबाद दिएका छन । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १०का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन)को नेतृत्वमा असार ७ र ८ गतेसामाजिक सुरक्षा भत्ता बाढ्ने र भत्ता कार्ड नविकरण गर्ने कार्यक्रम भएको हो । सुकुटे, साठिमुरे,कार्किटार,खत्रीथोक, जल्केनी,हरे डाँडा,होल्का,काँडे,भान डाँडा,माझटोल,डाँडाघर,विम्रेनि थुम्की डाँडा र कोल्पाटा लगायत १०वडा भित्रको सम्पुर्ण गाउँ गाउँ टोल टोलमा घर घरमा भत्ता वितरण गरेको वडा अध्यक्ष निलबहादुर तामाङ सुमनले जानकारी दिनु भयो । भत्ता बितरण कार्यक्रममो सिन्धु विकास बैंकको कर्मचारीहरु,साँगाचोक प्रहरि ...

प्रेस काउन्सिल नेपाल द्धारा बिमान दुर्घटना समाचारमा ध्यानकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
प्रेस काउन्सिल नेपाल द्धारा बिमान दुर्घटना समाचारमा ध्यानकर्षण भएको जनाएको छ । काउन्सिलका सह प्रशासकीय अधिकृत सहप्रबक्ता तथा सुचना अधिकारी रामशरण बोहोरा ले एक बिज्ञेप्ती जारी यस्तो बताएको हो । जारी बिज्ञेप्तीमा २०८१÷०४÷०९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जहाज कम्पनीको नाम, जहाजमा सवार यात्रु र दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यासहित समाचार सम्प्रेषण गर्दा फरकफरक तथ्याङ्कसहित सामग्री सम्प्रेषण भएको एवं कतिपय सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट दुर्घटनास्थलको बीभत्स दृश्यसहित प्रत्यक्ष प्रसारण समेत भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।काउन्सिलबाट भएको नियमित अनुगमनको क्रममा सञ्चार माध्यमबाट पछिल्ला समय दुर्घटनासम्बन्धी समाचार सम्प्रेषण गर्दा आधिकारिक तथ्यको पुष्ट्याइँबेगर हतारमा सामग्री सम्प...

बागमती प्रदेशका क्यान्सरपीडितलाई रु एक लाख सहयोग गर्ने ः स्वास्थ्यमन्त्री थापा

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ । आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले रु एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई रु ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि रु एक लाख दिने निर्णय गरेको छु ।” उहाँले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि रु ११ करोड बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने बताउनुभयो । त्यसैगरी, मानसिक एवम्ं नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वस्थ्यमन्त्री थापाले भन्न...

सौर्यका क्याप्टेन मनिष शाक्य बाहेक कोही बाचेनन्

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । १९ जना सवार रहेको विमानमा सौर्यका क्याप्टेन मनिष शाक्यको जीवित उद्धार गरि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । उहाँका अनुसार विमानमा सवार १८ जनाको यत्रतत्र अवस्थामा छरिएर रहेका शव सङ्कलन गरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।...

दोलखा भीमसेनको शिलामा फेरि आयो पसिना

ब्रेकिङ न्युज २, समाचार
दोलखाको प्रसिद्ध भीमेश्वरको शिलामा पुनः पसिना आएको छ । बुधवार दिउँसो १२ः४५ बाट शिलामा पसिना आएको भीमेश्वर गुठि व्यवस्थापन समितिले जनाएको छ । शनिवारमात्र भीमेश्वरको शिलामा दुईपटक पसिना आएको थियो । शिलामा पसिना आउदा मुलुकमा कुनैन कुनै उथलपुथल हुने जनविश्वास रहि आएको छ । प्रसिद्ध भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुन पसिना आएको पुजारी काशीनारायण श्रेष्ठले जानकारी दिनुभयो । शिला एक्कासि कालो र चम्किलो भएसँगै तप तप पसिना बग्न थालेको देखेपछि गुठियार र पूजा व्यवस्थापन समितिका पदाधिकारीलाई खबर गरेका थिए । सिलामा पसिना आउनु अनिष्टको सूचकका रुपमा मानिन्छ ।...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

ब्रेकिङ न्युज १, समाचार
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको एन–एएमई जहाज दुर्घटनामा परेका छ । जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको समाचार प्राप्त भएको छ । दुर्घटनाग्रस्त जहाज ११ बजे पोखराका लागि उडेको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको प्राधिकरणले जनाएको छ । दुर्घटनाबारे थप विविरण आउन बाँकी छ ।...

कोशी प्रदेश तदर्थ समिति गठन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, साहित्य
इटहरिको नेचर हव सेन्टरको हलमा हाम्रो लघुकथा केन्द्र नेपाल, कोशी प्रदेशको तदर्थ समितिको आयोजनामा समिति गठन तथा लघुकथा वाचनको कार्यक्रम सम्पन्न भएको छ । साउन ५ गते शनिबार केन्द्रका अध्यक्ष लता केसीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कोशी प्रदेशका संयोजक अनु विज्ञातिको सभापतीत्व भएको हो । आयोजकले तदर्थ समितिमा प्रस्तावित नामहरूलाई अनुमोदनपछि पदाधिकारीहरुको ११ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा संयोजक अनु विज्ञाति, सह संयोजक श्रीप्रसाद पोखरेल, सचिव सीता रेग्मी, सह सचिव शुक्रराज कुँवर , कोषाध्यक्ष पी पी कोइराला सदस्यहरु रोशन पराजुली, राजकुमार श्रेष्ठ, पुष्पा सायरा , नवराज पोखरेल नवशिला , सरिता भट्टराई नेपाल, तारा श्रेष्ठ रहनु भएको छ । यसै गरि समितिका संयोजकमा खेमराज खनालञकलमसौखिनझ र सल्लाहकारहरूमा उमा सिजापती र रमेन्द्र कोइराला रहनु भएको छ । लघुकथा गान बजाएर कार्यक्रम सुर...