धेरै राजस्व सङ्कलन हुने अरनिको राजमार्ग सञ्चालनमा बाह्रबिसे नगरपालिका
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका अन्र्तगत अरनिको राजमार्गको खाग्दल स्थित बेलिब्रिज पुल बगाएपछी बाह्रबिसे नगरपालिकाको सबै शक्ति सो स्थानको बाटो सुचारु गर्नेमा केन्द्रित रहेको देखिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा पर्ने खाग्दलमा असार ३० गते राती आएको बाढीका कारण बेलिब्रिज बगाएको र अवरुद्ध रहेको सडक बाह्रबिसे नगरपालिकाको सक्रियतामा हिमपाइप राखेर अस्थायी रुपमा सञ्चालनमा आएको थियो । त्यसको दुई दिनपछि पुनः आएको बाढीका कारण हिमपाइपमा लेदो भरिएर थुनिन गइ विपरित स्थानमा सडक बगाएर पुनः सडक अवरुद्ध बनाएपछि नगरपालिकाले पुनः हिमपाइप राखेर अस्थायी रुपमा आवत जावतलाई सुचारु गरेको छ । पहिरो गएको स्थानमा सडक खुलाउनका लागी माननीय मोहन बहादुर बस्नेतले निर्देशन दिनु भएपछि नगरपालिकाले आफ्रनो सम्पुर्ण शक्ति प्रयोग गरी हिमपाइप राखेर सुचारु गरिएको बाह्र्रबिसे नगरपालिकाका नगर प्रमुख बालक...
