सम्पर्क

Author: लोकप्रिय समाचार

लिसखुंमा एमाले र माओबादी परित्याग गरी काँग्रेसमा प्रबेस

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गांउ पालीका मा सयौको सख्यामा नेपाली काँग्रेसमा प्रबेश गरेको समाचार प्राप्त भएको छ । मङ्गलबार वडानं–२ निगाले नार गांउ मा सम्पन्न भएको खानेपानी आयोजना को उद्घघाटन पछी लिसंखु ककलिङ घ्याङडांडा मा भएको नेपाली कांग्रेस को सभा मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्रि मोहन बहादुर बस्नेतले नव प्रबेशीहरुलाइ स्वागत गर्दै पाटी प्रबेश गराउँनु भएको हो । उँहाले नेपाली काँग्रेसमा प्रबेश गरेका नयाँ कार्यकर्ताहरुको क्षमता र कार्य मुल्याङ्कनका आधारमा जिम्मेवारी दिइने बताउँनु भयो । जिल्ला पाटी सचिब एबम त्रिपुरासुन्दरी गांउ पालिका अध्यक्ष भक्त ध्वज बोहरा नेपाली काँग्रेस क्षेत्र नं १का सभापती एवम बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेत बागमति प्रदेश पुर्व मन्त्री माननीय मसिना खड्का भण्डारी भोटेकोशी गांउ पालिका अध्यक्ष पासाङ नोर्बु लामा लगायत ले सम्बोधन गर्नु ...

बस्नेतद्धारा प्रतिबन्ध तोडेर खानेपानी उद्धघाटन पालिकाको बिज्ञेप्ती सट्टामा सामाजीक सञ्जाल

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको लिसखुंपाखर गाँउपालिकाले पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले लिसंखुपाखर २, निगालेमा निगाले नारगाउँ खानेपानी योजनाको उद्घाटन गर्नु भएको छ । उक्त कार्यक्रममा सहभागी नहुन पालिका अध्यक्षले जारी गरेको बिज्ञेप्तीलाइ स्थानीयले बेवास्था गरे पछी आफैद्धारा गाँउपालिकाको लेटरप्याडमा प्रकाशति बिज्ञेप्तीलाइ पालिका अध्यक्ष राजु लामाले सामाजीक सञ्जाल मार्फत उद्धघाटन कार्यक्रमलाइ अबरुद्ध नगर्न अनुरोध गर्नु भएको थियो । गाउँपालिकाका अध्यक्ष राजु लामाले विज्ञप्ति निकाल्दै भ्रष्टाचार अभियोगमा सांसद पदबाट निलम्बित व्यक्तिबाट कुनै कार्यक्रमको उद्घाटन हुनु संविधान, प्रचलित कानुन तथा स्थानीय सरकारको स्वायत्तताको गम्भीर उल्लङ्घन हुने ठहर गरेको बताउँदै उद्धघाटन गर्न नदीने जानकारी दिए पछी नेपाली काँग्रेसका कार्यकर्ता सहीत उपभोक्ताहरु आक्रोसित भएका थिए । उद्धघाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प...

खेलकुद महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोककले नयाँ नेतृत्व पाएको छ । आइतबार जिल्ला सदरमुकाम चौतारा स्थित नेकपा एमाले जिलला पार्टी कार्यालयमा सम्पन्न चौथो अधिवेशनबाट राजु श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा गणेश तामाङर सुजता सापकोटा, सचिवमा प्रकाश श्रेष्ठ, उपसचिवद्धय अमिर श्रेष्ठ र पासाङ शेर्पा, कोषाध्यक्षमा टासी शेर्पा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सिद्धार्थ तामाङ, संगम तामाङ र निरु श्रेष्ठ चौथो अधिवेशनबाट चयन भएका हुन् । आइतबार जिलला पार्टी कार्यालयमा महासंघको महासचिव धरमबहादुर लामाले अधिवेशनको उद्धाटन गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य अमासिंङ तामाङ, महासंघका सचिव प्रभूनारायण सिवाकोटी, नेकपा एमाले प्रदेश कमिटी सदस्य बालकुमारी सापकोटा, ईन्द्र नेपाल तथा महासंघका जिल्ला इन्चार्जलगायतको उपस्थिति रहेको थि...

मोना कतारले गर्‍यो कोषाध्यक्ष रिजाललाई संस्थागत बिदाइ 

बिदेश, समाचार
दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक  म्याग्दी प्रवासी नेपाली संघ (मोना)कतारले समाजका कोषाध्यक्ष नवराज रिजाललाई संस्थागत सम्मान तथा बिदाइ कार्यक्रम गरेको छ । विगत लामो समय देखि कतारलाई कर्म थलो बनाउँदै आएका रिजाल कतार बसाइँलाई बिट मार्दै मातृंभुमी प्रस्थान गर्न लागेको अवसरमा समाजले शनिवार साँझ एक कार्यक्रमका बिच दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्दै सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको हो । मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको सभापतित्व तथा मोना आइसिसीका कोषाध्यक्ष नगेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष देवीदत्त कडेंलले स्वागत मन्तव्य राख्नुभएको थियो । समाजका सम्पूर्ण पदाधिकारीहरू ,संरक्षक सल्लाहकारहरू तथा समाजका अग्रज व्यक्तित्वहरूले रिजालले समाज प्रति गरेको योगदान र कार्यक्षमताको प्रशंसा गर्दै आगामी दिनहरूमा आफ्नो कार्यक्षेत्रमा निरन्तर अघि...

रसुवागढी नाकामा स्याउको डिब्बामा लुकाइएको सुन बरामद

ब्रेकिङ न्युज १, समाचार
रसुवागढी नाकामा स्याउको डिब्बा गाडीमार्फत ल्याइएको साढे सात किलो सुन बरामद गरिएको छ । प्रहरीले आइतबार गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी नाकाबाट २४ वर्षीय किशोर भुजेललाई पक्राउ गरेको हो । भुजेल गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीका बासिन्दा हुन् र बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको गाडीका चालक थिए । प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार, गाडीको चेकजाँच गर्दा ७ किलो ६५३ ग्राम सुन फेला परेको हो । यस घटनाले चीनबाट नेपाल हुँदै तस्करी हुने सुनको मार्गप्रति सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ । प्रहरीले बरामद सुनको स्रोत र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।...

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग

ब्रेकिङ न्युज २, समाचार
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गर्नुभयो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भन्नुभयो, “अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु ।” नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत् प्राधिकरणको लापरवाहीका कारण विद्युत्का क्षेत्रमा काम गर्ने कामदारको अनाहकमा मृत्यु भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । “हिजोका दिन लोडसेडिङ अन्त्य भएको थियो । पछिल्लो समय लोडसेडिङ भएजसरी झ्यापझ्याप बत्ती जान्छ । के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस...

सिन्धु एमालेले सम्झियो मदन–आश्रित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृती दिवस तथा विचार गोष्ठी जिल्ला सदरमुकम चौतारामा मनाइएको छ । शनिबार नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना भएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य इश्वरी रिजाल, केन्द्रिय सदस्य सरेश नेपाल र प्रदेश सदस्य हस्त पंडितले तत्कालिन महासचिव भण्डारी र कुशल संगठक आश्रितको जीवनी तथा जनताको बहुदलिय जनवाद बारे विचार राख्नुभयो । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य निर्मल बञ्जराले कविता मार्फत र प्रेस चौतारी सिन्धुपाल्चोकका अध्यक्ष विदुर आचार्यले मदन भण्डारीका कविता मार्फत स्मरण गर्नुभयो । साथै नेकपा एमालेको चौथो बैठकबाट मनोनित सदस्यहरुको शपथ पनि सोही समारोहमा गरिएको प्रचार विभाग प्रमुख अर्जुन भण्डारीले जानकारि दिनुभयो ।...

प्रवासी भुजेल समाज कतारले मनायो उभौली पर्व

बिदेश, समाचार
दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक, कतार दोहा कतार– प्रवासी भुजेल समाज कतारले उभौली पर्व (प्हुगाल पारिम) –२०२५ भव्य रूपमा मनाएको छ । शुक्रवार प्लाजामल स्थित लालीगुराँस रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष विकास भुजेलको सभापतित्वमा आन्तरिक रूपमा आयोजना गरेको कार्यक्रममा कार्यसमिति पदाधिकारीहरू लगायत समाजमाका संरक्षक, प्रमुख सल्लाहकार,विशेष सल्लाहकार र मानार्थ सदस्यहरूको उपस्थिति तथा आतिथ्यता रहेको थियो भने उपस्थित सम्पूर्णलाई स्वागत गर्दै समाजका वरिष्ठ उपाध्यक्ष सन्तोष भुजेलले स्वागत मन्तव्य राखेका थिए । भुजेल समुदायको रीतिरिवाज अनुसार यो पर्व वैशाख पुर्णिामाको दिन विधिवत् रूपमा सूर्य देउता, वायु, जल, जङ्गल, जमिन गरी पन्च देवताको पूजा आराधना गरी मनाइने प्रचलन रहिआएको छ भने पूजा गर्ने मुख्य पुजारीलाई (रामे) भन्ने गरिन्छ । यस पटक (रामेको) भूमिका संस्थाका संरक्षक विनोद भुजेलले निभाएका थ...

बागमती प्रदेशको आगामी बजेटमा स्थानीय आवश्यकता समावेश गर्न सांसद समीरको पहल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
बागमती प्रदेशका सांसद एवं नेपाली काँग्रेस संसदीय दलका सचिव माननीय कृष्ण कुमार तामाङ (समीर) द्वारा आयोजित अन्तरक्रिया कार्यक्रमले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तर्जुमा प्रक्रियामा स्थानीय तहको सहभागिता र आवश्यकताको बारेमा छलफल गरेको छ । शनिवार होटल टिबेट बौद्धमा भएको कार्यक्रममा माननीय कृष्ण कुमार तामाङ(समीर) ले बजेटको पूर्व सन्ध्यामा नेपाली काँग्रेस क्षेत्र नं २ का ४९ वटा वडाका नेपाली काँग्रेसका पदाधिकारी प्रतिनिधिहरू, नेपाली काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरू समेतलाई बोलाइ स्थानीय विकासका लागी कहाँ कहाँ कसरी के के समस्या छन् ? कुन कुन विषयमा कसरी बजेट विनियोजन गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको हो । नेपाली काँग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति तथा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको विशेष उपस्थितिमा भएको छलफलमा सहभागीहरूले नेपाली काँग्रेसलाई ज...

भब्य बन्यो स्याङ्जाको बृहत् साँस्कृतिक कार्यक्रमः शर्मा, शर्मिला र ढकाललाई कतारमा दर्शकले दिए भरपुर्ण साथ

बिदेश, मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय राष्ट्रिय दैनिक स्याङ्जा सहयोग समाज कतारले आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि तिन कलाकारहरूलाई कतारमा दर्शकहरूले भरपूर्ण साथ दिएका छन् । समाजको २०औं वार्षिकोत्सव तथा एक्काईसौ स्थापना दिवसको अवसरमा  जिल्लामा रहेका “अनाथ तथा असहाय बाल बालिकाहरूलाई सहयोगार्थ” गर्ने उद्देश्यका साथ शुक्रवार अल लक्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोक गायिका शर्मिला गुरुङ र लोक गायक रामचन्द्र ढकाललाई करिब हजार दर्शकहरूले भरपूर्ण साथ दिएका हुन् । नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक गायक रामचन्द्र पौडेलले आफ्नो प्रस्तुति राख्दै सांस्कृतिक कार्यक्रमको ढोका उखारे,ढकालले चौबन्दी चोली,मायामा फसियो,सालैजो भाकाका आफ्न...