सम्पर्क

Month: २०८३ श्रावण ३० शनिबार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६४ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, रातो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकि...
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

#, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
हेटौँडा, ३० साउनः बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । यही साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ । त्यसैगरी उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ । स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी होमेगाईंलाई युवा तथा खेलकुद क्षेत्र, डा सुमित्रा गौतमला...
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड

खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २९ साउनः नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढिकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाट्न समारोहलाई सम्बोधन गर्दै उहाँहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो । समारोहमा पूर्व सहमहामन्त्री डा प्रकाशशरण महतले मुलुकमा जेनजी आन्दोलनको घट्नाजस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएको बताउँदै यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो । साथै उहाँले असमान्य अवस्थामा मात्र सर्वाेच्च अदालतमा पुनरावलोकन हुने गरेको उल्लेख गर्दै सर्वाेच्चबाट सिंगो पार्टीलाई न्याय हुने अपेक्षा व्यक्त गर्नुभयो । पार्टीका नेता एवं पूर्वमन्त्री एनपी साउदले नियमित १५औँ महाधिवेशन तोकिएको अवस्थामा कुन...
पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी सञ्चार सामग्री जफत ः महासंघको विरोध

पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी सञ्चार सामग्री जफत ः महासंघको विरोध

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासघंले जनाएको छ । महासघंका महासचिब रामप्रसाद दाहालले एक बिज्ञेप्ती जारी गर्दै यस्तो जनाउँनु भएको हो । उँहाद्धाराजारी बिज्ञेप्तीमा नेपालको संविधानको धारा १९ को उपधारा २ ले कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्तो सामग्री जफत गर्न नपाइने उल्लेख छ । यो संवैधानिक प्रावधानको ठाडो उल्लंघन गर्दै सम्पादकीय कक्षमा हातहतियारसहित प्रहरी प्रवेश गरी सञ्चार उपकरण र सामग्री नियन्त्रणमा लिई जफत गर्नु पहिलो दृष्टिमै संविधानप्रदत्त प्रेस स्वतन्त्रता र सञ्चारको हकमाथिको गम्भीर हस्तक्षेप हो । समाचार स्रोतमा पहुँच राख्न अपनाइएको सरकारको...
संवादमा जुटे सामुदायिक वनका उपभोक्ता, १० बुँदे प्रक्रिया प्रस्ताव पारित

संवादमा जुटे सामुदायिक वनका उपभोक्ता, १० बुँदे प्रक्रिया प्रस्ताव पारित

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
बाह्रबिसे, सिन्धुपाल्चोक । मध्यबर्खाको समय ग्रामीण क्षेत्रका किसानहरू खेतीपातीको काममा व्यस्त भएका छन्। खेतबारीमा काम गर्ने चटारोबीच पनि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ का स्थानीय बासिन्दाहरु भने आफ्नो सामुदायिक वनमा लामो समयदेखिको विवाद समाधानका लागि छलफल र संवादमा जुटेका छन्। गाउँमा कुनै उत्सवजस्तै देखिने गरी महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिकहरू उत्साहपूर्वक एउटै ठाउँमा भेला भएर सामुदायिक वनको द्वन्द्व समाधानको बाटो खोजिरहेका थिए। बारबिसे नगरपालिका–३ मा रहेका महावीर छेल्टार बाहुने भिर सामुदायिक वन र लालीगुराँस सामुदायिक वन बीच लामो समयदेखि रहँदै आएको सीमा तथा वन स्रोत उपयोग सम्बन्धी विवादलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले आयोजित संयुक्त बैठकमा दुवै सामुदायिक वनका उपभोक्ता तथा सरोकारवाला निकायका प्रतिनिधिसहित करिब १२० जनाको सहभागिता रहेको थियो। संयुक्त बैठकले विवाद...
अन्तर्वार्ताः ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की

अन्तर्वार्ताः ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की

#, अन्तर्वाता, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार
काठमाडौँ, २७ साउनः नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित गरिएको बताउनुभएको छ । उहाँले मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पाइएको उल्लेख गर्नुभयो । महानिरीक्षक कार्कीले भन्नुभयो, “आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ, मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा खलबल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ ।” प्रस्तुत छ, मुलुकको शान्ति सुरक्षा, सुरक्षा सङ्गठनबीचको सहकार्य र समन्वय, सुनसरी घटना र उत्पन्न परिस्थिति, कानुन कार्यान्वयनको अवस्था, देखिएका चुनौ...