सम्पर्क

राप्रपाको क्षेत्रीय अधिबेशन स्थगित ,प्रदेस सरकारको बिपक्षमा

सिन्धुपानल्चोक जिल्लाको २ नै क्षेत्रीय अधिबेशन स्थगित भएको छ ।७गते ११ः३० देखि ६ः१० सम्म चलेकोले निर्वाचन मनोनयन देखि सर्वसम्मत वा निर्वाचन कार्यक्रम लगायतको बन्दसत्रको लागि समयाभाव भएका कारण अर्को सुचना प्रकाशित नहुन्जेल सम्मका लागि स्थगित भएको राप्रपा निर्बाचन कार्यलयले जनाएको छ । यसअघी राप्रपा अधिबेशनको उद्धघाटन कार्यक्ममा क्षेत्रीय अध्यक्ष तथा बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले राप्रपा अनुशासीत र बिधी बिधानद्धारा चल्ने पाटी भएकाले पाटीको बिधान बिधी र काननु ठुलो हुने र पाटीमा ब्यक्ती ठुलो नहुाने बताउँनु हुँदै बागमती प्रदेसमा सरकारको बिपक्षमा रहन पाटीको निर्देशन भएकाले सोही अनसार गर्ने बताउँनु भयो । उाहाले भदौ ८ गतेका लागि निर्धारित बागमती प्रदेशका मुख्यमन्त्रीले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न, तटस्थ रहन वा अनुपस्थित रहन आफ्ना प्रदेशसभाका सांसदहरुलाई ह्विप जारी गरेको बताउँनुभयो ।