सम्पर्क

Month: २०८३ भाद्र २ मंगलवार

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
कास्की, २ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । बाढी र पहिराले गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पु¥याएको छ । विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन् । वीरेठाँटीस्थित पुल नजिकै सडक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा बगाएको छ । सडक पुनर्निर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गर्ने भएको छ । ...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कृषि, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ७२ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिल...
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, ३१ साउनः नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ । कांग्रेसको संस्थापन पक्ष इतरको तीन दिने राष्ट्रिय भेला समापनका अवसरमा आज उहाँले पञ्चायतकालदेखिनै आफू र आफ्नो पार्टीलाई न्यायालयले न्याय दिएको बताउनुभयो । “विगतमा मलाई राजाले थुन्दा पनि न्यायालयले शाही आयोग खारेज गरेको हो । अहिले पनि हाम्रो पार्टीको आधिकारितासम्बन्धी विषय सर्वाेच्च अदालतमा छ, न्याय पाइने अपेक्षा गरेका छौँ”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराउनुभयो । फरक प्रसङ्गमा पूर्वप्रधानमन्त्री देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र हिन्दू संस्कार मान्दै आएको उल्लेख गर्दै कसैलाई पन...
क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला साधारण सभा सम्पन्न

क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा सम्पन्न महिलाको शारीरिक, मानसिक तथा नेतृत्व क्षमता विकासलाई खेलकुदसँग जोड्दै अघि बढिरहेको क्याच एन्ड सर्भ बल नेपालको प्रथम राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ । संस्थाले स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा साउन ३० गते काठमाडौंमा राष्ट्रिय भेला, वार्षिकोत्सव तथा वार्षिक साधारण सभा आयोजना गरेको हो । ‘खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने अवधारणासहित ‘चुलोचौकादेखि अन्तर्राष्ट्रिय खेल मैदानसम्म’ भन्ने नाराका साथ नेपाली महिलालाई खेलकुदमा जोड्ने अभियान सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा. अन्जन शाक्यले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै आत्मव...
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ३१ साउनः अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् । मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवर...
ईन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तह (कक्षा ९-१०) स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’

ईन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तह (कक्षा ९-१०) स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’

खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नवलपुर, सिन्धुपाल्चोक २०८३ साउन ३० नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ईन्द्रावती गाउँपालिका समितिको आयोजनामा माध्यमिक तह (कक्षा ९-१०) स्तरीय 'डिजिटल हाजिरी जवाफ प्रतियोगिता' भव्य रूपमा सम्पन्न भएको छ। सिन्धुपाल्चोकको नवलपुरस्थित गाउँपालिकाको सभाहलमा आयोजित उक्त प्रतियोगितामा ईन्द्रावती गाउँपालिकाका सबै १२ वटा माध्यमिक विद्यालयका विद्यार्थी टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालयले ८५ अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी, ऐसेलुखर्क माध्यमिक विद्यालय ८० अङ्कका साथ द्वितीय र राजेश्वरी माध्यमिक विद्यालय ६५ अङ्क प्राप्त गर्दै तृतीय स्थानमा रहन सफल भएका छन्। विजेता विद्यालय तथा विद्यार्थीहरूलाई कार्यक्रमका अतिथिहरूले बधाई ज्ञापन गर्दै पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ईन्द्रावतीका अध्यक्ष श्री व...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६४ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, रातो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकि...