बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा बलेफी ए जलविद्युत आयोजना(पाङताङ सबस्टेसन ३३ के.भी. विद्युत प्रसारण लाइन आयोजना निर्माणको प्रस्ताव गरि काम हुने भएको छ।
भदौ १७ गते वडा नं ४को थापाडाँडामा बिहान १०बजे सार्वजनकि सुनुवाइ हुने भएको छ। करिब ९ किलोमिटर लम्बाई भएको ३३ के.भी. क्षमताको डबल सर्किट विद्युत प्रसारण लाइन जुगल गाउँपालिका वडा नं. १ मा अवस्थित बलेफी ए जलविद्युत आयोजनाको स्विचयार्डबाट सुरु भई वडा नं. ५ हुँदै सोही गाउँपालिकाको वडा नं. ४ मा रहेको नेपाल विद्युत प्राधिकरणको पाङताङ सबस्टेसनमा पुगेर टुंगिने भएको छ । वातावरणीय अध्ययन प्रतिवेदन तयारीको सिलसिलामा प्रस्तावको कार्यान्वयनबाट प्रभावित हुने क्षेत्रमा प्रस्तावको बारेमा सार्वजनिक सुनुवाईको आयोजना गरी राय सुझाव संकलन गर्न का लागी सार्वजनीक सुनुवाइ गर्ने भएको छ । आयोजनाले स्थानीय समुदाय लगायत सबै सरोकारवालाहरुलाई उक्त प्रस्तावको कार्यान्वयनबाट सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणालीबीच के कस्तो प्रभाव पर्दछ, र सो बाट पर्ने नकारात्मक प्रभावको निराकरण र सकारात्मक प्रभावको बढोत्तरी गर्न के गर्न सकिन्छ भन्ने लगायतका सार्वजनिक सुनुवाई गर्न लागेकोे जनाएको छ ।
