सम्पर्क

Month: २०८२ असार ७ शनिबार

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।...

नेपाली महिला समाज कतारले मनायो १४औं स्थापना दिवस

बिदेश, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा रहेका नेपाली दिदीबहिनीको साझा संस्था नेपाली महिला समाज कतारले आफ्नो  १४औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । समाजले शुक्रवार मुन्ताजामा रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लोक माया केसीको सभापतित्व संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख संरक्षक रेखा राईको प्रमुख आतिथ्यमा स्थापना दिवसको साथमा “सम्मान तथा सचेतना”  कार्यक्रम २०२५ मनाएको हो । विधिगत रूपमा दीप प्रज्वलन, ब्यानर अनावरण गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । संस्था स्थापना गर्दा आई परेका दुख, पिडा, बाधा, अवरोधहरूलाई स्मरण गर्दै स्थापना दिवसको अवसरमा केक काटेर समाजमा आबद्ध रहेका महिला दिदीबहिनीहरूले एक आपसमा खुसीयाली समेत साटेका थिए । स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष सदस्य, मानार्थ सदस्य, समाजका संरक्षक, सल्लाहकारहरू तथा सहयोगीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्...

रतनकोटमा विश्व शान्तिका लागि त्रिपिटक पाठसहित ९ दिने महापूजा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत(अधिराज ) सुनकोशी गाउँपालिका–५, रतनकोटमा ब्रह्माण्डका सम्पूर्ण प्राणी जगतको कल्याण तथा विश्व शान्तिको कामनासहित आयोजना गरिएको ९ दिने त्रिपिटक पाठसहितको महाशान्ति पूजा सफलतापूर्वक सम्पन्न गरिएको छ । गुरु रिन्पोछे निर्माण तथा संरक्षण समितिका प्रमुख सल्लाहकार, धर्मप्रेमी युवा व्यवसायी तथा समाजसेवी कर्म लामा र गुरु रिन्पोछे संरक्षण समितिको समन्वयमा यहि वर्षको सागा दावा को पावन अवसर पारेर बुद्ध वचन १०८ ठेली कांग्युर ग्रन्थ पाठ तथा प्रज्ञापारमिता विश्व शान्ति पूजा आयोजना गरिएको हो । श्रद्धेय धर्मगुरुहरुको सानिध्यमा २०८२ साल जेठ २८ गतेबाट सुरु भई ९ दिनसम्म ३१ जना लामा गुरुहरूले त्रिपिटक पाठ वाचन गरेका थिए। अन्तिम दिन क्ष्योइखोर (लामा पुस्तक परिक्रमा) सहित गाउँ परिक्रमा गरिँदै महापूजाको समापन गरिएको हो । समापन समारोहमा गाउँका धर्म प्रेमी, स्थानीयवासी तथा सैयौं श्रद्धालुहरूको बाक्लो उ...

सहकारीको संकट

जिबनशैली, बिजनेस, विचार
सहकारीमा बचत र्फितालाई मात्र जोड दिएका अवस्था छ ऋण लिएकाहरुलाई पनि समयमै यसलाई फिर्ता गर्न सहकारीमा आवद्ध सदस्यहरुले नै पहल गरे सहकारीमा कुनै समस्यमा छैन । सहकारी सम्बन्धी जुन प्रकारका् भ्रम छ त्यो हटाउनको लागि राज्य स्तरबाटै लाग्नु पर्छ स्वय सहकारी कर्मीहरु पनि लाग्न सकेको खण्डमा सहकारी बास्तबमा देशको अर्थतन्त्रको एउटा खम्बा बन्न सक्छ । बिष्णु गिरी ‘निश्चल’ पछिल्लो समय सहकारीहरुमा भएको सामान्य जनताको अर्बौं पैसा असुरक्षित छ । फिर्ता कहिले र कसले गर्ने निश्चित छैन । सडकमा जुलुस लागेको छ । सहकारी सञ्चालका भाग्नु पर्ने बाध्यता बनेको छ भने ऋण लगेकाहरुले ऋण नतिर्ने अनेको बहानाबाजी बनाईरहका छन् ।सहकारी क्षेत्रमा समस्या देखिए पनि तयार गरिएको राज्यको आवधिक योजना, नीति, कार्यक्रम बजेट कतै कुनै चर्चा छैन । सहकारीलाई धेरैले नाफामूलक उद्यमको रुपमा स्वीकार गरिनुले पनि पछिल्लो समय संकट आएको धेरै...

बजेट कार्यान्वयनमा समस्या: सरकार असक्षम कि योजना विहीन ?

जिबनशैली, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
चालु आर्थिक वर्ष २०८०/०८१ सकिन अब केही दिन मात्र बाँकी हुँदा मुलुकको बजेट कार्यान्वयनको अवस्था फेरि एकपटक आलोचना र चिन्ताको विषय बन्न पुगेको छ । नेपालको संघीय संसदीय व्यवस्थाको कार्यान्वयन र सरकारको संरचनात्मक बलियोपनका बाबजुद पनि विकास खर्चको गति आशानुकूल देखिएको छैन । यस आर्थिक वर्षमा सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेजस्ता संसदका दुई ठूला दल मिलेर गठन गरिएको सरकारको अपेक्षित प्रभाव बजेट कार्यान्वयनमा नदेखिनु सरकारप्रतिको जनआस्थामा गम्भीर प्रश्न खडा गरिरहेको छ । यो अवस्था केवल संयोग वा समयको अभावले भएको होइन बरु संरचनागत समस्या कार्यान्वयन तहको लाचारी तथा नीतिगत अलमलको प्रतिबिम्ब हो ।विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि पुँजीगत खर्च अत्यन्त कमजोर देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेटमध्ये जेठ मसान्तसम्म जम्मा १ खर्ब ४३ अर्ब ३९ करोड ...

लप्सी पकेट क्षेत्रमा प्रशोधन प्रविधि हस्तान्तरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
 विदुर आचार्य, चौतारा, असार ५ गते । सुनकोशी गाउँपालिकाले स्थानीय लघु उद्यमीहरुलाई लक्षित गर्दै लप्सी र साबुन प्रशोधनमा प्रयोग हुने प्रविधि हस्तान्तरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकाले वडा नं. १ र ५ मा सामूहिक रूपमा लप्सी तथा साबुन व्यवसायमा संलग्न उद्यमी समूहहरुलाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले प्रविधि हस्तान्तरण गर्नुहुँदै भन्नुभयो, ‘प्रविधि हस्तारन्तरणले लघु उद्यमीहरुको उत्पादन क्षमता वृद्धि र व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास रहेको छ ।’ कार्यक्रम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । यसअघि मानव स्रोतको भरमा सीमित मात्रामा लप्सी प्रशोधन हुँदै आएकोमा अब प्रविधिको सहयोगले उत्पादन वृद्धि र गुणस्तरीयता सुनिश्चित हुने अपेक्षा गाउँपालिकाले गरेको छ । गाउँपालिका उद्यम ...

कालिका हाइड्रो रोक्न जिप्रकामा ज्ञापन पत्र

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्ला प्रमुख जिल्ला अधिकारी किरण थापालाइ उँहाकै कार्यकक्षमा भोटेकोशी बचाउ संघर्ष समिति, बाह्रबिसेले बिहीबार ज्ञापन पत्र बुझाएको छ ।   सघर्ष समितीको तर्फबाट नवीन श्रेष्ठ , हेमन्त श्रेष्ठ लगायतका निवेदकहरुले सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ५ को जम्वु स्थित मध्य भोटेकोशी जलबिद्युत आयोजनाको पावर हाउसबाट पानी बाहिर निस्कन नपाई सुरुङ मार्ग तयार गरी जलविद्युत उत्पादन (४६ मे.वा.) गर्ने गरी तयार गरिएको कालिका इनर्जी लि. द्वारा प्रस्तावित भोटेकोशी ५ जलविद्युत आयोजना सञ्चालन प्रकृयाले बाताबरणमा ठुलो असर पर्ने हुँदा खारेज गर्न माग गरिएको छ । यसै गरी जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण)श्रेष्ठ र जिल्ला समन्वय अधिकारी प्रेमप्रसादन्यौपाने लाई पनी संघर्ष समिति बार्हबिसेका बासिन्दाले भेटी ज्ञापन पत्र बुझाएको निबेदक हेमन्त श्रेष्ठले जानकारी दिनु भयो ...
पत्रकार रामचन्द्र बस्नेतमाथि गालीगलौज र ज्यान मार्ने धम्कीप्रति महासंघको कडा भर्त्सना

पत्रकार रामचन्द्र बस्नेतमाथि गालीगलौज र ज्यान मार्ने धम्कीप्रति महासंघको कडा भर्त्सना

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाडौं । तामाकोसी सन्देश साप्ताहिकका प्रकाशक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व कोषाध्यक्ष वरिष्ठ पत्रकार रामचन्द्र बस्नेतमाथि विन मिडिया प्रा.लिमा कार्यरत लिला थापाद्वारा गरिएको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत रिसइवी वा असहिष्णुताको परिणाम नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष हमला भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको आपत्तिजनक व्यवहारले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमा गम्भीर आघात पुर्‍याएको छ, जुन कुनै हालतमा स्वीकार्य छैन ।”शाखाका अनुसार पत्रकार बस्नेतले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेका बेला अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए । शाखाले यस्...

बाह्रबिसे स्वास्थ्य चौकी बाह्रबिसे ३ मा प्रशूती प्रतिक्षा घर शुभारम्भ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  हिरा खड्का÷बाह्रबिसे,सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ३ माथिल्ले थापा गाउँ स्थीत बाह्रबिसे स्वास्थ्य चौकी प्रशूती केन्द्रमा प्रशूती सेवा सँगै प्रशूती प्रतिक्षा घर शुभारम्भ भएको छ । बाह्रबिसे नगरपालिका नगरउपप्रमुख मन्जु तामाङले प्रशुती प्रतिक्षा घरको उद्धघाटन गर्नु भए सँगै शुभारम्भ भएको हो ।   प्रमुख अतिथी तामाङले यो नयाँ कार्यको प्रशंशा गर्नु हुँदै यसत प्रकारको सामाजीक काम मात्र होइन सेवामुखी काममा बाह्रबिसे नगरपालिकाले हरेक क्षेत्रमा सहयौगी काम गरिु रहेको बताउानु हुँदै आगामी दिनमा पनी आबश्यकता अनुसार यस्ता कामहरु गर्दे जाने बताउँनु भयो । केही बर्ष पहिले देखी क्षेमा देबी माध्यामिक विद्यालयसँगै रहेको ट्रस्ट (कच्ची) भवनबाट प्रशूती सेवा प्रबाह भए पनि नयाँ पक्की भवननिमार्ण सम्पन्न पश्चात केही महिना अघिबाट उक्त सेवा शुरु भएको थियो ।नयाँ भवनमा प्रशुती लगायत स्वास्थ्य चौ...

सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, ४ असार : जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाले हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै सो भू–उपग्रह तथा मौसम प्रारुपबाट प्राप्त तथ्याङ्कको सूचनाको विश्लेषणका आधारमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाका आधारमा भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो । विभागले मनसुनको प्रभाव रहिरहेको हालको अवस्थामा मौसम तथा बाढीलाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ । सोहीअनुसार नियमित रूपमा मौसम तथा बाढीको सूचना अद्यावधिक गर्दै जाने विभागले जनाएको छ । विभागले अद्यावधिक सूचनाको जानकारी लि...