सम्पर्क

Month: २०८२ जेष्ठ १८ शनिबार

‘कर्मचारीलाई क्षमताअनुसार परिचालन गरेमा उचित लाभ हासिल गर्न सकिन्छ’

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
पाटन (ललितपुर), १७ जेठः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कर्मचारीको क्षमताअनुसार परिचालन गरेमा न्यायपालिकाले उचित लाभ हासिल गर्ने बताउनुभएको छ । न्यायपालिका अधिकृत समाजको आज ललितपुरमा आयोजित पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अधिकृत समाजलाई संस्थागत उन्नयन र सामूहिक एकतामा आधारित रहेर काम गर्ने क्षमता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । देशभरिका अधिकृतले अपनत्व लिनसक्ने संस्थाको रूपमा अधिकृत समाज विकास हुनुपर्ने उहाँको भनाइ छ । न्यायपालिकामा क्रियाशील अधिकृतमा व्यवस्थापनदेखि प्रशासकसम्म समन्वय गर्नसक्ने भूमिका रहेने बताउँदै राउतले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सबै न्यायालयका कर्मचारीलाई आग्रह गर्नुभयो । “अधिकृत न्यायपालिकाको आधारस्तम्भ हो, यसको आधारमा सुधार गर्दै जानु जरुरी छ । मर्यादित, प्रतिष्ठित र निष्ठावान् न्यायपालिकाको कर्मचारी हुँदा सबैको शिर उँचो...

दुवाचौरमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  देबराज सुबेदी ..गणतन्त्र दिवस २०८२ को अबसरमा बागमती प्रदेश सरकार स्वास्थ मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको योजनामा मेलम्ची नगरपालिकाको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ का ेव्यवस्थापनमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रबद्र्धन अभियान प्रजनन स्वास्थ्य रुग्णता जाँच एवम ब्यबस्थापन तथा जेष्ठ नागरिक स्वास्थ्य बुढ्यौली कार्यक्रम सम्बन्धि निशुल्क स्वास्थ्य शिविर २०८२ सम्पन्न भएको छ । शिविरको उद्घाटन गर्दै पुर्व मन्त्री शेरबहादुर तामाङले गणतन्त्र भएपछि जनतालाई सहज भएको बताउनुभयो । उहाँले आफू स्वास्थ्य मन्त्री हुँदाको कोभिडको समय स्मरण गर्दै कोभिड बिरुद्धको खोप ल्याएर धेरै जनताको ज्यान बचाउन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । सरकारले जनताको सुरक्षाको ध्यान दिँदै कोहि सुत्केरी तथा विपन्न बर्गका विरामिलाई हेलिकप्टर मार्फत सुबिधा सम्पन्न अस्पताल सम्म पुर्याउ...

चौतारा साँगाचोकगढीमा कफि बिरुवा रोपण, कृषि सामग्री वितरण र सार्वजनिक सुनुवाइ

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, वैशाख १६ — कफि सहकारी संघको आयोजनामा बागमति प्रदेश कृषि तथा पसुपन्छी मन्त्रालयको समुदाएमा आधारित एक वडा – एक कृषि उत्पादनको अवधारणा अनुसार कृषि विकास कार्यलय धुलिखेल र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग चौतारा साँगाचोकगढी नगरपालिका–१० को समन्वयमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कफिको बिरुवा रोपण, कृषि सामग्री वितरण तथा सार्वजनिक सुनुवाइ गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सरल सहयात्री, विशेष अतिथि बागमती प्रदेश कृषि मन्त्रालय अन्तर्गत उपसमिति संयोजक डोल्मा स्याङ्वो (तामाङ), कृषि विकास शाखा धुलिखेलका प्रमुख कुलप्रसाद दवाडी, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उप–प्रमुख सीता थापा, वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङ, जिल्ला समन्वय समिति उपप्रमुख पदमप्रसाद नेपाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।प्रद...

विद्यार्थीलाई दिवा खाजाका लागि रु १० अर्ब १९ करोड बजेट विनियोजन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रमको रकम वृद्धिगरी रु १० अर्ब १९ करोड विनियोजन गरेको गरेको छ । त्यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने सरकारको भनाइ छ । सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । उक्त कार्यक्रमका लागि रु एक अर्ब २९ करोड विनियोजन गरिएको छ । कार्यक्रमबाट १३ लाख छात्रा लाभान्वित हुनेछन् । “लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइनेछ, मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्तिका लागि रु दुई अर्ब ४४ करोड विनियो...

बजेटमा नयाँ के छ ?

कृषि, समाचार
काठमाडौँ, १५ जेठः आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको भए पनि पूर्ण रुपमा सुधारको बाटो समाती सकेको छैन । यस्तो अवस्थामा सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो सबैतिर हुनु स्वभाविक हो । आगामी आर्थिक वर्षको बजेटमा परेका केही महत्वपूर्ण योजना तथा कार्यक्रमलाई राससले बुुँदागत रुपमा केलाएको छ । – प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढ्यो । – आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत । – मूल्यवृद्धि साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्र । – दुई वर्षभित्र चामलमा आत्मनिर्भर । – सरकारी कर्मचारीलाई आगामी साउनदेखि मासिक पाँच हजार महँगी भत्ता । – वृद्धभत्ताको उमेर ७० वर्ष । – बाली लगाउने समयभन्दा १५ दिन अगावै समर्थन मूल्य तोक्ने व्यवस्था । – चार करोड २८ लाख माछाका भुरा उत्पादन र १० लाख फलफूलका बेर्ना वितरण । – आगामी आवभित्र प...

बिभिन्न कार्यक्रम गर्दै चौतारमा मनाइयो गणतन्त्र दिबश

ब्रेकिङ न्युज २, समाचार
१८ औ गणतन्त्र दिवसका अवसरमा सिन्धुपाल्चोकमा प्रभातफेरीका साथै शैजिक सामाग्री बितरण गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुपाल्चोकको अगुवाई तथा सरप्लस नेपालको सहयोगमा श्री बनदेवी मा.वि. चौतारामा अध्ययनरत दृष्टिविहिन छात्र÷छात्राहरुलाई प्रमुख जिल्ला अधिकारी किरण थापाले ब्रेल शैक्षिक सामाग्रीहरु तथा टल्किङ वाचहरु वितरण गर्नु भएको छ । कार्यक्रममा जिल्ला अनुसन्धान कार्यालयका प्रमुख राजन प्रजापती, शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुपाल्चोकका सूचना अधिकारी प्रकाश रानाभाट तथा विद्यालयका प्रधानाध्यापक दिपक राई लगायतको उपस्थिति रहेकोथ्यो । यसै बिच गणतन्त्र दिवस को अबशरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति सिन्धुपाल्चोकको आयोजनामा भिन्तुना चोकदेखि टुडिखेल चोकसम्म प्रभातफेरी निकाल्दै गणतन्त्र दिवस मनाइएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख वालकृष्ण श्रेष्ठको सभापतीत्वमा टुडिखेलमा भएक...

गणतन्त्रको १८ वर्ष: उपलब्धिको समीक्षा कि विकल्पको खोजी ?

विचार, समाचार
रमेश कुमार बोहोरा आज २०८२ जेठ १५ गते ऐतिहासिक दिन । राजतन्त्र विस्थापन गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यो अवसरमा सरकारले औपचारिक रुपमाा गणतन्त्र दिवस मनाउँदा राजसंस्था पुनःस्थापनाको आन्दोलन पनि सुरु भयो ।नेपालमा गणतन्त्र स्थापनाको पृष्ठभूमि, भूमिका र राजनीतिक उतारचढावहरुका बारेमा अनेकानेक तर्क, वितर्क छन् । एकथरि यसलाई आयातित मान्छन् भने अर्काथरि मौलिक ।गणतन्त्र स्थापनाको दुई दशक पुग्नै लाग्दा देशमा राजतन्त्र पुनःस्थापनाको आन्दोलन सुरु हुनु र यसमा नागरिकको सहभागिता अनपेक्षित देखिनु गम्भीर सोचनीय विषय हो ।सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलहरुले यो व्यवस्थाका जतिसुकै समर्थन गरे पनि आम जनताले सुखानुभूति गर्न सकेका छैनन् । गणतन्त्रका सारथीहरुका अनेक काण्ड तथा देश र जनताप्रति उनीको उदासिनताले राजतन्त्रप्रतिको आकर्षण बढेको पाइन्छ ।गणतन्त्रको विकल्प राजतन्त्र हो वा होइन, यो पंक्तिक...

आगामी आवका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठ)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो । “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा नरू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत भन्नुभयो । बजेटले उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र...

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १५ जेठः सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताउनुभयो । नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट पाउने भएका छन् । त्यस्तै, सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था ल्याइएको छ । नेपालमै बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था पनि सरकारले ल्याएको छ । बजेट वक्तव्यअनुसार रू १० करोडसम्मको वार्षिक कार...

सुनकोशी ४ यमुनाडाँडामा स्वास्थ्य र आर्थिक समृद्धि विषयक जनचेतना कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज) युर्टन इन्टरनेशनल प्रा.लिको आयोजनामा सुनकोशी गाउँपालिका–४ यमुनाडाँडास्थित स्वास्थ्य चौकीको हलमा “स्वस्थ जीवनशैली र आर्थिक समृद्धि” विषयक जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडाका स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रह्यो । कार्यक्रम युर्टन इन्टरनेशनल प्रा.लि.का (Five sitar ) देवेन्द्र प्रसाद सुवेदीको अध्यक्षता तथा वडा अध्यक्ष भोजलाल श्रेष्ठ काम विशेषले अनुपस्थित रहेकाले कार्यवाहक वडा अध्यक्ष राजु खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त अवसरमा युर्टन इन्टरनेशनलका तर्फबाट राष्ट्रिय प्रशिक्षक पुष्पराज सापकोटाले आयुर्वेदिक उपाय, दैनिक व्यायाम र स्थानीय कृषि स्रोतसाधनको प्रयोगमार्फत कसरी स्वस्थ र निरोगी जीवनयापन गर्न सकिन्छ भन्नेबारे विस्तृत जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सचेतनासम्बन्धी भिडियोहरू प्रस्तुत गर्दै नेपाली उत्पादनको प्रयोगप्रति जोड द...