सम्पर्क

Month: २०८१ कार्तिक २६ सोमबार

देशमा दक्ष जनशक्तिको अभाव सिर्जना भएको छः मन्त्री भण्डारी

समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालबाट बर्सेनि हजारौं युवा रोजगारी र शिक्षाको खोजीमा विदेशिने क्रम बढ्दो हुँदा देशमा दक्ष जनशक्तिको अभाव सिर्जना भएको बताउनुभएको छ । पीयूएम नेदरल्याण्ड्सको बिदाइ तथा व्यापार वृद्धि विकल्प(वृद्धि)को स्वागतमा आज आयोजित कार्यक्रममा उहाँले व्यावसायिक वातावरण सुधारका लागि नीतिगत सहजीकरण, उद्यमशीलता विकासका कार्यक्रममा समन्वय, स्वदेशी उत्पादन र रोजगारी प्रवद्र्धनको आवश्यकता औँल्याउँदै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “म विशेष गरी युवालाई स्वदेशमै रहेर वा फर्केर काम गर्ने वातावरण सिर्जना गर्न खोजी गर्दै गरेको वृद्धि संस्थाको दृष्टिकोणको सराहना गर्दछु, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको नेटवर्क मार्फत प्रभावमूलक उद्यमशीलता प्रवद्र्धन गर्ने यसको रणनीति महत्वपूर्ण छ ।” सन् २००१ देखि नेपालमा आ...

लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

ब्रेकिङ न्युज २, समाचार
भक्तपुर जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न थालेको आशङ्कामा गोप्य ‘सर्च’ गर्नाका साथै छापा मार्न थालेको छ । मानवीय शरीरजन्य रोगका उपचारका लागि सरकारले स्वीकृत दिएका औषधि बिक्री गर्न सञ्चालन भइरहेका फार्मेसी अर्थात् औषधि पसल नै मानवीय स्वास्थ्य जोखिममा पार्ने लागुऔषध कारोबार गर्न थालेपछि प्रहरी यसतर्फ केन्द्रित हुँदै पक्राउ गर्न थालेको प्रहरी परिसरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष लागुऔषध कारोबारको अभियोगमा भक्तपुरमा एक जनालाई पनि पक्राउ नगरेको प्रहरीले यही कात्तिक महिनामै पाँच घटनामा १० जनालाई पक्राउ गरेको उ...

मृगौला पिडित खड्कालाई पाल्पाली सेवा समाज कतारको आर्थिक सहयोग

समाचार, स्वास्थ्य
दर्शन सुनार/ लोकप्रिय दैनिक /दोहा,कतार दुवै मिर्गौला “अकस्मात्“ फेल भई विगत छ महिना देखि डायलिसिस उपचार गराई रहेका पाल्पा जिल्ला , रम्भा गाउँपालिका वडा न. २ फोक्सिकोट ७ निवासी वर्ष ३२ का अईत बहादुर खडका थोकीलाई पाल्पाली सेवा समाज कतारले आर्थिक रकम सहयोग गरेको छ । पीडित खड्काको आर्थिक अवस्था निकै कमजोर र दयनीय रहेकोले डायलाइसिसको थप उपचारका लागी पाल्पाली सेवा समाज कतारले “दस हजार रुपैयाँ“ आर्थिक रकम सहयोग गरेको हो । वार्षिक बिदामा रहेका समाजका महासचिव माधव भण्डारी र समाजका सचिव कमल भुसालले पीडितको निवासमा पुगेर शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै रकम खड्कालाई हस्तान्तरण गरेका हुन् । हाल गौतम बुद्ध सामुदायिक मुटु अस्पतालद्वारा सञ्चालित पाल्पा सामुदायिक डाईलाईसिस सेन्टरमा उपचार गराई रहेका खड्कालाई तत्कालै मिर्गौला प्रत्यारोपण गर्नु पर्ने र औषधी उपचार मिर्गौला प्रत्यारोपण गर्नको लागी थप...

गौराती मेलाबारे नगरप्रमुख संग युवाहरुको छलफल ,सम्पदा संरक्षण गुठीको अनुरोधमा सय तोला चाँदी तथा सुनको गहना आउँने

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा सँग भीमसेन युवा क्लवका पदाधिकारीहरुले भेट गरी गौराती भीमसेन जात्रा २०८१ सभ्य,भव्य एवं मनोरंजनात्मक रुपले सम्पन्न गर्न बिशेष छलफल गरेको छ । आइतबार नगर प्रमुख सँग भएको छलफलमा नगरमा रहेका सबै भाषा,संस्कृति ,जात्रा पर्ब,संरक्षित स्थानको बिकास र संरक्षणका लागी नगर पालिका बाट हुन सक्ने र आफुले गर्न सकीने हरेक कार्यहरुमा सहयोग गर्ने सापकोटाले बताउँनु भयो र उँहाले कुनै पनी मेला पर्ब हरु रिती रिवाज अनुसार शान्त पुर्ण र मनोरन्जनात्मक तरिकाले सम्पन्न गर्न हामी सबैको प्रमुख दाइत्व रहेको बताउँदै गौराती भिमसेन मेलाको ब्यवस्थापनमा पनी हामी सबै मिलेर गर्नु पर्छ भन्नु भयो । यसका लागी नगरपालिकाबाट हुन पर्ने र हुन सक्ने सहयोग निरन्तर रहने बतथाउँनु भयो । स्थानीय युवाहरुले मेलालाइ व्यवस्थापन मा मुख्य भुमिका खेल्न पर्ने भएकाले युवाहरुको भुमिाकामा पनी ...

सर्वदलीय बैठकले बागमती प्रदेश सरकारलाई योजना कार्यान्वयनमा आग्रह

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
बागमती प्रदेशको सर्वदलीय बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गरेको छ । आईतबार नेपाली कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको अध्यक्षतामा ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा बसेको उक्त बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतकहरूको उपस्थितिमा सम्पन्न भएको बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गर्ने निर्णय गरेको हो । चालु आर्थिक वर्ष २०८१÷०८२ को योजना कार्यान्वयन तथा विविध विषयमा छलफल गरिएको उपनेता चित्रकारले जानकारी दिनुभयो । बैठकले चालु वर्षको योजनाहरू कार्यान्वयनमा देखिएको अपुग रकमको विवरण संकलन गरी थप अध्ययन गर्ने निर्णय गरेको छ भने १४ असोज २०८१ मा सम्पन्न सर्वदलीय बैठकमा पारित निर्णयहरूको कार्यान्वयनको प्रगतिप्रति सरकारलाई पुनः ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको उपनेता चित्रकारले जानकारी दिनुभयो । बैठकमा नेपा...

बाह्रबिसे नगरपालिका जनप्रतिनिधिको क्षमता विकास तालिम सम्पन्न

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
बाह्रबिसे नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको टेवा नेपालको आर्थिक सहयोग तथा कमलको फुल महिला बहुउद्देश्यी सहकारी संस्था लिमिटेडको आयोजनमा मिति २०८१ कार्तिक २३ देखी ३ दिन सम्म संचालित तालिम कार्तिक २५ गते बाह्रबिसे नगरपालिका उप प्रमुख मञ्जु तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ्गले बाह्रबिसे नगरपालिकाले शिक्षामा १२ कक्षा सम्म निःशुल्क गरिएको र तालिम पश्चात जन प्रतिनिधिहरु एक भएर नगरपालिकामा समावेशी विकासमा जोड दिनुपर्ने बताउनुभयो । तामाङ्गका अनुसार तालिमले हामी जन प्रतिनिधिहरुलाई बजेट तर्जुमा, कानुन निर्माण लगायतको विषयमा समेत तालिमले सहज भएको बताउनुभयो । उँहाले आफ्नो आग्रहमा तालिमको व्यवस्था गरिदिएकोमा आयोजक र प्रशिक्षक ठाकुर राम चौलागाँइलाइ बिशेष धन्यबाद दिनु भयो । समापन समारोहलाइ सम्बोधन गर्दै वडा अत्तयक्षहरुको तर्फबाट नगर प्रबक्ता ...

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाद्धार मुद्धा दर्ता

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, साहित्य
सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाद्धार मुद्धा आफु बिरुद्ध प्रकाशीत समाचार का बिरुद्ध मुद्धा दर्ता गराउँनु भएको छ । भने प्रेस कान्सिल नेपालले यसको छानबिन शुरु गरेको छ । काउन्सिलले ४वटा सञ्चार माध्यमलाइ कालो सुचीमा राख्दै एउटा युट्ृयुब च्यानललाइ कार्बही र ७वटालाइ अनुगमन गर्ने निर्णय गरेको छ । यस समबन्धमा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आफ्नो सामाजीक सञ्जाल मार्फत बासी आमाबुवा दाजुभाइ दिदिबैनी लगायत सम्पुर्ण जनसमुदायमा सामाजिक सन्जालको प्रयोग गर्दा सतर्क रहनुहुन सुझाव भन्दै मलाई करिब ३ बर्ष अगाडि एक जना महिलाबाट फेसबुकfriend request आएकोमा म राजनैतिक ब्यक्ति भएको र ती महिलालाई देखेजस्तो अनुहार कि भएकोलेfriend request accept गर्न पुगे।त्यसपछी ती महिलाले मलाई भिडियो call गरिन।उनले अभद्र कुरा गर्न थालेपछी म उनिबाट टाढा हुन खोज्दा उनले मेरो टा...

४ वटा सञ्चारमाध्यम कालोसूचीमा, ७ वटालाई विशेष अनुगमन

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी  छानविन गरिरहेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो ।काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारवाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको हो । दशैं अघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय भएको हो । काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ...

परियार मित्रता समाज कतारको आयोजनामा शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुने

समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार परियार मित्रता समाज कतारको आयोजनामा आगामी शुक्रबार (नोभेम्बर १५) तारिकका दिन कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । “रक्तदान जिवनदान“ भन्ने मुल नाराका साथ परियार मित्रता समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा रक्तदान कार्यक्रम हुने भएको हो । उक्त ,मानविय तथा परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,सामाजिक संघ संस्था, ब्यवसायी,समाजसेवी लगायत कतारमा रहेका नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई रक्तदान गरिदिन परियार मित्रता समाजका अध्यक्ष सुमन परियार नेपालले अनुरोध समेत गर्नु भएको छ । कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म रक्तदान हुने रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो ।...

उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दिर्घकालिन रुपमा समाधान गर्न प्रस्ताव गर्नुभएको छ । नेपाल चिनी उद्योग सङ्घका पदाधिकारीसँगको आज मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने भएकाले सरोकारवालासहित एक विशेष कार्यदल बनाउन प्रस्ताव राख्नुभयो । “उद्योग मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित महाशाखाका सहसचिवको नेतृत्वमा कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी, उखु उत्पादक किसान, चिनी आयातकर्ता र नेशनल साल्ट्र ट्रेडिङका प्रतिनिधि सम्मिलित विशेष कार्यदल बनाएर १५ दिनभित्रमा समस्या समाधानको निष्कर्ष निकाल्न मेरो अनुरोध छ, यो प्रक्रिया छिट्टै थाल्न म मन्त्रालयको मातहतका निकायमा निर्देश गर्छु”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले जहिले पनि उखु उत्पादक किसान र ...