सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
ललितपुर
सैबु खानेपानी तथा सफाई उपभोक्ता समितिको अध्यक्षमा दीपक थापामगर निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सातौ अधिवेशनले उहाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष, सह कोषाध्यक्षमा क्रमशः विनोद कुँवर, विसुराम थापा, निरु कुँबर, धनश्याम थापामगर र नारायण थापा चयन हुनुभएको छ ।
कार्यसमितिको सदस्यहरुमा गंगादेवी खड्का, सुदर्शन कुँबर, भगवती थापा, लक्ष्मी केसी,सुरेश थापा, शेषानन्द सञ्जेल र भगवती सापकोटा चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष थापामगरले अघिल्लो कार्यसमितिले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताउनुभयो । भन्नुभयो–थुप्रै योजनाहरुछन। मेरो कार्यकालमा अधिकांस पुरा गर्नेछु । कार्यक्रममा ललितपुर महानगरपालिका –१८का वडा अध्यक्ष दामोदर खड्काले वडाका ४० प्रतिशत जनसंख्यालाई खानेपानी आपुर्ति गरेर उत्कृष्ठ कार्य गरेको बताउनुभय...
