उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी , मन्त्री भण्डारी
काठमाडौँ, २५ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । उद्योग मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आज यहाँ आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “तुलनात्मक लाभ लिई व्यापार विस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक छ, यसका लागि आगामी बजेटमा व्यवस्था हुनेछ, उद्योगको प्रवद्र्धन गर्न, स्वदेशी उद्योगलाई उच्च महत्व दिन पनि मन्त्रालय प्रतिबद्ध छ, सोही दिशामा अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ र आगामी दिनमा पनि दिइनेछ, व्यक्तिगत रुपमा पनि म यस कार्यका लागि विशेष पहल गर्नेछु ।” मन्त्री भण्डारीले देशको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी०मा न्यून रहेको उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताउनुभयो । उद्योग क्षेत्रको य...
