नवीन ढङ्गले विकास गतिविधि अघि बढाउने छुः वडाध्यक्ष नेपाल
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपाल सामाजिक व्यक्तित्व जसले सामाजको कामसँगै राजनिती, व्यापार र कृषि व्यवसायलाईसँगै लग्नु भएको छ । सावीक ठुलोसिरुवारी गाबिस ९ हाल वडा नं.१४ स्थायी बसोबास गरिरहनु भएको वडा अध्यक्ष उद्धव नेपालसँग गरिएको छोटो कुराकानी ः
१. यहाँको परिचय दिनुहोस न ?
मेरो नाम उद्धब नेपाल हो । म हाल चौतारा साँँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्षको जिम्मेवारीमा काम गरिरहेको छु ।
२. राजनीति पृष्ठभूमि बताईदिनुहोस न ?
म २०४८ सालदेखि अनेरास्ववियुको ५ औमा आबद्ध रही पार्टीका विभिन्न कार्यहरूमा काम गर्दै आएको व्यक्ति हुँ । मैले २०५१÷ ०५४ को निर्वाचन होस् या द्वन्द्वकाल खण्डमा पनि आफ्ना पार्टी र ठाउँवाट अलिकति पनी विचलित नभई पार्टी सङ्कटको घडीमा समेत साथ दिँदै सङ्गठन विस्तारका लागी काम गरि आएको ब्यक्ती हुँ । म २०६७ साल देखि ...
