सम्पर्क

नवीन ढङ्गले विकास गतिविधि अघि बढाउने छुः वडाध्यक्ष नेपाल

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपाल सामाजिक व्यक्तित्व जसले सामाजको कामसँगै राजनिती, व्यापार र कृषि व्यवसायलाईसँगै लग्नु भएको छ । सावीक ठुलोसिरुवारी गाबिस ९ हाल वडा नं.१४ स्थायी बसोबास गरिरहनु भएको वडा अध्यक्ष उद्धव नेपालसँग गरिएको छोटो कुराकानी ः

१. यहाँको परिचय दिनुहोस न ?
मेरो नाम उद्धब नेपाल हो । म हाल चौतारा साँँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्षको जिम्मेवारीमा काम गरिरहेको छु ।

२. राजनीति पृष्ठभूमि बताईदिनुहोस न ?
म २०४८ सालदेखि अनेरास्ववियुको ५ औमा आबद्ध रही पार्टीका विभिन्न कार्यहरूमा काम गर्दै आएको व्यक्ति हुँ । मैले २०५१÷ ०५४ को निर्वाचन होस् या द्वन्द्वकाल खण्डमा पनि आफ्ना पार्टी र ठाउँवाट अलिकति पनी विचलित नभई पार्टी सङ्कटको घडीमा समेत साथ दिँदै सङ्गठन विस्तारका लागी काम गरि आएको ब्यक्ती हुँ । म २०६७ साल देखि वडा पार्टी कमिटीको उद्धेश्यको रुपमा ०७०,०७४, ०७९ को निर्वाचनमा पार्टीको निडर कार्यकर्ताको रूपमा रही हालसम्म पनि पार्टी नेकपा एमाले प्रति वफादार र सिपाहीको रूपमा काम गरिरहेको छु । हाल चौतारा साँगाचोकगढी नगरपालिका– १४ को निर्वाचित वडा अध्यक्षको रूपमा काम गरिरहेको छु ।

३. तपाईले निर्वाचन ताका नागरीक समक्ष के कस्ता प्रतिबद्वता ब्यक्त गर्नु भएको थियो ?
मैले खाशै निर्वाचन ताका मतदातालाई प्रभाव पार्ने कुनै प्रतिबद्धता जनाई राख्न परेन । किन भने म पहिले देखी नै सामाजिक काममा बिश्वास गर्ने मान्छे हो । मैले बिगतमा गरेका सामाजिक काम नै मेरो प्रतिबद्धता थियो । मैले यति मात्र भनेको थिए की आफु निर्वाचित भएपछी वडामा कुनै पनी अनियमितता हुन दिन्न सबै काम पारदर्शीताका हिसाले गर्ने छु भनेको थिए ।

४. तपाईले वडाअध्यक्षको निर्वाचनमा भारि मतले बिजय भयपछि कस्तो अनुभव भयो ?
आफुले बिगतमा गरेका सामाजिक काम र स्थायित्व राजनीति इमान्दारिताका कारण आफुले निर्वाचनमा बिजय भएको महशुस गर्दै वडाबासीको समस्याहरु पनि आफ्नो
जिम्मामा आएको महशुस गरेको छु ।
म सबै वडा बासिलाई अभिभावकीय भुमिका निर्वाह गर्नपर्छ भन्ने लागेको छ र त्यही अनुसार काम पनी गरिरहेको छु ।

५. तपाईं वडा अध्यक्ष भएपछि यस वडामा के कस्ता कामहरु भएका छन् ?
हामी निर्वाचित भएपछि हामीले नगर कार्यपालिकामा यस नगरको मूल नारा कृषि, पर्यटन र पूर्वाधार चौंतारा साँगाचोकगढीको समृद्धिको आधारलाई आत्मासाथ गर्दै, कृषिमा एक घर एक टनेल,उत्पादनमा आधारित अनुदान सहयोग, अत्याधिक कृषि, औजार, बीउ र पालनमा उन्नत तरकारी तथा फलफूल प्रशोधन आदि जस्ता कार्य गरेका छौ । जेष्ठ नागरिक क्लिनिक स्वास्थ्य बीमा, पूर्वाधार, विकास नगर गौरव कप आयोजना, शैक्षिक सुधार कार्यक्रम गरेका छौ । अझै भन्न पर्दा वडागत बजेटबाट सानातिना कामहरु गरिएको छ । वडाबाट सम्बोधन हुन नसकेका योजनाहरु नगरबाट तोक आदेश गराएर प्रदेस तथा संघीय सरकारसँग माग गरेर काम गरिरहेको छौ ।
हामीले सानो व्यापार र पशु तथा कृषिले दैनिकी चलेको छ । यसका लागि आर्थीक अनुदान सहयोगको सुरु गरेका छौ । हरेक सुत्केरी आमालाई भेट गर्ने योजना ल्याइएको छ । जसमा १ किलो घिउ एक क्रेट अण्डा सहित सुत्केरी स्याहर गर्दा अपनाउँन पर्ने स्वास्थ्य शिक्षा तथा पौष्टिक आहार खुवाउँन स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्न प्रयोग गर्न परिबारलाई सल्लाह दिने काम गरेका छौ ।
हामीले खाशगरी वडामा बाँझो जमीनलाई खेतीयोग्य बनाउँनका लागी प्रबिधी सहयोग गरेका छौ । उत्पादनमुखी कामलाई प्रोत्साहन दिएका छौ ।
लामातअसिने झुलेटार खेल मैदान, मध्यपहाडी लोकमार्ग हाडीखला लिफ्ट दाने पानी सडक कालोपत्र जस्ता महत्वपुर्ण योजनाहरु सुरु गरिरहेका छौ । वडामा उत्पादन भएका तरकारीहरु बिचैलीयाका कारण सस्तोमा बेच्न नपरोस् भन्नका लागि स्थानीय सहकारी मार्फत सङ्कलन तथा बितरणको व्यवस्था मिलाएका छौ । वडामा आबश्यक कार्यैक्रमहरु मागका आधारमा काम गरिरहेका छौ ।

६. वडा बिकासका लागि वडामा रहेका राजनीति दल र अन्य सामाजिक सँस्थाहरुको कस्तो सहयोग पाउनु भएको छ ?
हामीले वडा बिकासका लागि राजनिती दल, सामाजिक संस्थाहरुबाट प्राप्त सुझाबका आधारमा काम गरेको हुँदा यसमा सहयोग नपाउँने भन्ने कुरै भएन तैपनी अन्यत्र भन्दा यस वडामा राजनिती दल संघ संस्थाहरुले हरेक बिकासका कामहरुमा सहयोग गरिरहेका छन् । म आफु पनि सबै दल संघ संस्थाहरुलाई समान व्यवहार गरिरहेको छु । त्यसैले नगरपालिकालाई समृद्ध नगर बनाउन लागि मेलमिलापको नीतिलाई मजबुद बनाउँनका लागी चार पाटीप्रतिनिधि संयोजन बनेको छ ।
त्यसैका आधारमा काम गरिरहेको छु । त्यसैले पानी यहाँ सबेको साथ र सहयोग भई रहेको छ । आफु वडाअध्यक्ष भएका नाताले पनि सबै वडाका सामाजिक संस्थाहरुबीच सहकार्य सदभाब र मेलमिलापको नीति रहने छ ।

७. तपाईं वडा अध्यक्ष नगरपालिकामा तपाईको भुमिका के छ र नगरपालिकाबाट यस वडाको बिकासका लागि कसरी सहयोग भई रहेको छ ?
म वडा अध्यक्ष भएकै नाताले पनी नगरपालिकामा मेरो भुमिका महत्वपुर्ण रहेको छ । मैले नगर पालिकाबाट पाउँने साथ सहयोग पाएकै छु । मलाई यसमा कुनै कमी छैन हामीले नगरपालिकामा कुनै अनियमितता हुन लाग्यो भने त्यसको लागी सुझाब दिने गरेका छौ । नगरपालिकामा मेरो भुमिका राम्रै छ । नगर सभामा पेश भएका कार्यक्रमहरुलाई कुनै त्रुटी भएमा सच्याउँन आग्रह गरिरहेका छौ । त्यसैले यस वडाका लागी बिकासका कामहरुमा नगरपालिकाबाट हुन सक्ने सहयोगहरु भई रहेको छ ।

८. नगरपालिकाबाट गत बर्ष के कस्ता कामहरु भएका छन् ?
नगरपालिकाबाट भए गरेका कामहरु सबै राम्रा र पारदर्शीता छन् । गत वर्ष भएका कार्यक्रमहरु मध्य नगर गौरव, कृषि, पशु र पूर्वाधारका कार्यहरू भएका छन् ।
गत वर्ष नगरले गरेका कामहरु खानेपानी बाटो, कृषि जेष्ठ नागरिक, स्वास्थ्य बिमा गाँउघर क्लीनिक, शैक्षिक सुधारका कार्यक्रमहरु भएका छन् ।
साथै स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्न प्रयोग गरेर बिद्यालय दिवा खाजाको व्यवस्था भौतिक सुधार, कृषि, तरकारी तथा फलहल प्रसोधन, कृषि उत्पादनका आधारमा अनुदान, जीवन स्तर उठाउँनका लागी आयआर्जन तालिम आधुनिक खेती प्रणाली, पूर्वाधार खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारदेखि कार्यालय आदि कामहरु भएका छन् । समग्रमा स्थानीय नागरिकको मागलाई सम्बोधन गरिएको छ ।

९ विशेषगरि यस वडाको बिकास, अनि यो वडाको शिक्षा, स्वास्थ्य, कृषिको अबस्था कस्तो छ ?
खाशगरी यो वडाको बिकासको अबस्था अरु वडाको भन्दा राम्रो छ । हरेक टोलमा मोटर बाटो छ । २ वटा स्वास्थ्य कार्यालय छन् । एउटा माध्यमिक बिद्यालय छ । दुई वटा आधारभुत बिद्यालय छ यो वडा कृषी उत्पादनमा राम्रो रहेको वडा हो । यहाँ नगरपालिकाले उत्पादनमा आधारित अनुदानको समेत व्यवस्था गरेको छ । समग्रमा यो यो वडामा सबै राम्रो छ । यसलाई नयाँ काम भन्दा पनी यही उत्पादनमा रहेको सामाग्रीलाई प्रसोधन गरेर बजारीकरण गर्न पर्ने आबश्यकता रहेको छ । खानेपानी र सिचाईको व्यवस्था हुन नसेकेका कारण वडाबासीलाई समस्या परेको छ । चौँतारा साँगाचोकगढी– १४ मा हामी निर्वाचित भएपछि पुराना हाम्रा जनमुखी कार्यहरूलाई निरुन्तरता दिदै वडाबासिको स्वास्थ्य, शिक्षा र रोजगार र खानेपानी जस्ता क्षेत्रमा नवीन ढंगले विकास गतिविधि अघि बढाउने छौ । स्वास्थ्यमा नियमित दवाई सेवन गर्नेलाई औषधि तथा उपचार, स्वास्थ्य बीमा, गाउँघर सुत्केरी भेट अण्डा पोषण बितरण गरेका छौ ।
हामीले अब शिक्षकमा होइन शिक्षामा लगानी भनेर शैक्षिक गुणस्तर आदि कार्यक्रम विद्यालय आवास, खेल सामग्री, मैदानका लागी सहयोग गरेका छौ ।
हामीले खानेपानीमा पुराना कुवा तथा पोखरी संरक्षण, एवं नयाँ खानेपानीको योजना गरेका छौ । जसमा चिसापानी बान्द्रे लिफ्ट खानेपानीलाई तिब्रता दिँदै प्रदेश सरकारसंँग बजेट माग गर्दै डडुवा हाडी खोला लिफ्ट खानेपानीका लागि संघिय सरकारसँग बजेट माग गरेका छौ ।

१०. यो वडामा सबैभन्दा ठुलो समस्या के के हो र यसको समधान कसरी गर्न सकिन्छ ?
यो वडाको सबै भन्दा ठुलो समस्या भनेको खानेपानी र सिचाइ हो । त्यसपछी सडक यहाँका माथिल्लो भेगका मानिसहरुलाई खानेपानी कै समस्या छ । यो समस्या समाधान गर्न सरकारले बजेटको व्यवस्था गरी दिनुपर्छ भन्ने माग हो । सडक कालोपत्र गर्नका लागी हर्रे डडुवा सम्म सरकारले बजेटको व्यवस्था गर्नुपर्छ ।

११. अन्तमा यहाँको केही छ की ?
अन्तमा सबैभन्दा पहिले लोकप्रिय समाचार राष्टिय दैनिकलाई बिशेष धन्यबाद दिन चाहान्छु । मेरो केही भनाईहरु राख्ने मौका दिनुभएकोमा खासगरी हामीले सानातिना कामहरु उपभोक्ता समितिका माताहतबाट गरेका छौ । हाल चलेका योजनाहरूमा सिंचाई पोखरी निर्माण स्थानीय सरकार, प्रदेश सरकारबाट योजना सम्झौता गरी कार्य भइरहेक छ । हामीले गरेका हरेक कामहरुको पारदर्शीताका बारेमा वडाबासीहरुले सुझाव दिन सक्नुहुने छ । यसका लागी अनुरोध गर्दै समग्र वडाबिकासमा सबैको साथ र सहयोगलाई सम्मान गर्दै निरन्तरताको लागी अनुरोध गर्दछु ।