सम्पर्क

Month: २०८० माघ १ सोमबार

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा

ब्रेकिङ न्युज २, विचार, समाचार
वालिङ (स्याङ्जा), १ माघ : स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको हो । चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले १४औँ नगरसभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको जानकारी दिनुभयो । आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण पछिल्लो समय गाउँ खाली हुँदै गइरहेकाले पनि यसको रोकथामका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले भूमिका खेल्ने उहाँको भनाइ छ । “बालबालिकालाई सामुदायिक विद्यालयमा पठाउने अभिभावक वा...

बाह्रबिसे नगरपालिकाले उत्कृष्ठ कार्य गरेको छ ः मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क पढाउने व्यवस्था गरेर देश भरिमै शिक्षाका क्षेत्रमा उत्कृष्ठ काम गरेको बताउनुभएको छ । बाह्रबिसे नगरपालिकाको १४औं नगरसभालाई आईतबार बाह्रबिसेमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने अभियानमा आफु लागेको दावी गर्दै आफ्नो अभियानलाई बाह्रबिसे नगरपालिकाले कार्यन्वयन गरेर शिक्षाको क्षेत्रमा गतिलो काम गरेको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘ देशभरिका सरकारी विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्छ भन्ने अभियानमा म लागेको छु । सिन्धुपाल्चोकका बाह्रबिसेसँगै भोटेकोशी गाउपलिका र त्रिपुरासुन्दरी गाउँपाकिलाले पनि कक्षा १२ सम्म निःशुल्क पढाउने अभियान सुरु गरेपछि यसको सकारात्मक सन्देश देश भरि फैलिएको छ । सरकारले अव छिट्टै कक्षा १२ सम्मको शिक्षा निःशुल्...

आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण

ब्रेकिङ न्युज २, समाचार
आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन...

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन लाख पचास हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । आयोगले आज निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको हो । उक्त खर्च मतदाता नामावली खरिद, सवारीसाधन तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज विज्ञप्ति जारी गरी उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पद...

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिन्धुपाल्चोकको साधारणसभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकको वार्षिक साधारणसभा जिल्लाको सुकुटेमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका उपाध्यक्ष कृष्ण अधिकारीले तलव भन्दा बढी मिहेनत र मिहेनत भन्दा बढी बिश्वास गरेर निजि विद्यालयका शिक्षकहरु काममा खट्ने गरेको दावी गर्नुभयो । उहाँले दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको निजि विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले अहिले पनि उच्च र प्रशंंसनिय कार्य गरिरहेको बताउनुभयो । प्रमुख अतिथि अधिकारीले सरकारले विभिन्न शिर्षकमा निजि विद्यालयलाई विभेद गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले अब सिन्धुपाल्चोकमा मोडल विद्यालय स्थापन गरेर अगाडि बढाउन सुझाव दिदै जिल्लामा देखिएको सहकार्यले आफुलाई खुशी लागेको बताउनुभयो । अबको विद्यार्थी हरुको शिक्षालाई सिप संग र सिपलाई शिक्षा संग जोडेर अगाडी बढ्न...

हेलम्बु ले गर्यो अपाङ्गता शिवीर

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
देवराज सुवेदी मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले आइतबार अपाङ्गता भउका मानीसहरको लागी परिचय पत्रको ब्यवस्थ ागर्नका लागी शिबीर सञ्चालन गरेको छ । हेलम्बु गाँउपालिकाको आयोजना तथा आर.सि. आर.डि. नेपाल, भक्तपुरको प्राविधिक सहयोगमा अपाङ्गता जाँच तथा परिचय पत्र वितरण शिविर भएको हो । हेलम्बु गाउँपालिकाका सबै वडाका नागरिकलाई समेटेर किउलमा सञ्चालन भएको हो । उक्त कार्यक्रममा परिचयपत्र पाउन छुटेका करिब ६० जना विविध अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र लिन स्वास्थ्य जाँच गराएका स्वास्थ्य शाखा प्रमुख बिदुर ज्योतीले जानकारी दिनु भयो ।    ...

प्याब्सन द्धारा बार्षीक साधारणसभा को अबशरमा सम्मान

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिन्धुपाल्चोकले जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठलगाएतलाइ सम्मान गरेको छ । प्याब्सनको बार्षीक साधारणसभा को अबशर पारेर जिल्ला सम्मन्वय प्रमुख श्रेष्ठलाइ सिन्धु बिच रिसोर्टमा एक समारोहका बिच आइतबार सम्मान गरेको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकको जिल्लाको सुकुटेस्थित सिन्धुबिच रिसोर्टमा सम्पन्न वार्षिक साधारणसभा मा नेपाल पत्रकार महासंका उपाध्यक्ष दिनेस थापालाइ पनी सम्मान गरिएको थियो ।  कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले तलव भन्दा बढी मिहेनत र मिहेनत भन्दा बढी बिश्वास गरेर निजि विद्यालयका शिक्षकहरु काममा खट्ने गरेको दावी गर्नुभयो । उहाँले दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको निजि विद्यालयले उत्पादन गरेका विद्यार्थी...

जिल्ला आयुर्वेदको सचेतना कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आयुर्वेद औषधीको माग बढ्रदै गएको बेला प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण (नश्यकर्म) सचेतना मुलक कार्यक्रम गरेको छ । पोष २५गते प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले एक कार्यक्रमका बिच उद्धघाटन भएको कार्यक्रम २७ गते समापन भएको हो । ट्राफिक र अन्य प्रहरीहरुलाई वायु प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्याबारे सचेतीकरण, रोकथाम तथा व्यवस्थापन गर्न सहयोग पुर्याउने मुख्य उद्धेश्यले शुरु गरिएको तिन दिने कायक्रममा ट्राफिक प्रहरी ७ जना र अन्य सुरक्षाकर्मी ३५ जना गरी ४२ जना सहभागी रहनु भएको थियो ।कार्यक्रम आयुर्वेद चिकित्सा सेवा प्रदान गर्ने संस्थाहरुबाट पाइने सेवाहरु,नश्यकर्म, नेति र योगको बारेमा जानकारी गराइएको थियो भने योगका विभिन्न क्रियाकलापहरुको अभ्यास, जडिबुटी र यसको उपयोगको सम्बन्धमा जानकारी गराउँदै स्वस्थ जीवनशैली सम्बन्धी सचेतना गराइएको थियो । सो अबशरमा जिल्ला आयुर्वेद स्वास्थ क...

साथी शिक्षक र हेल्पलाई सम्मान 

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
/ पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका र साथी संस्था हेल्पको साझेदारीमा साथी शिक्षक कार्यक्रम त्रिपुरासुन्दरीको विभिन्न पाँच विद्यालयमा कार्यन्वयनमा छ।प्राथमिक तहमा अङ्ग्रेजी र गणित विषय अध्यापन गर्न दस जना साथी शिक्षकहरु हेल्पले दुई बर्ष अगाडि देखि उपलब्ध गराएको छ।जसको कारण अङ्ग्रेजी र गणित विषयमा कमजोर विद्यार्थीहरु हेल्पको साथी शिक्षक कार्यक्रमबाट लाभान्वित भइ गुणस्तर अभिवृद्धिमा समेत टेवा पुगेको छ।शैक्षिक सामाग्रीको साथमा सधै शिक्षण क्रियाकलापमा सहभागी हुने साथी शिक्षकहरुले विद्यार्थीहरुको पठनपाठनमा सुधार ल्याउन होम भिजिट गरि अभिभावक र विद्यार्थीहरुलाइ सल्लाह सुझाव तथा पृष्ठपोषण समेत दिदै आएका छन। सिकाइमा टेवा पुग्ने खाले विभिन्न अतिरिक्त क्रियाकलाप गरि विद्यार्थीहरुलाइ जिज्ञासु बनाइ सहजीकरण गराइएका हुन्छन् ।साथी शिक्षक कार्यक्रम भएर नै अहिले त्रिपुराका विद्यालयमा शिक्षाको गुणस्तर बढाउ...

लैङ्गिक हिंसा न्यूनिकरणको लागि पुरूष सहभागिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम

ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग नगर स्तरीय महिला सञ्जालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर –५ चौतारा बागबजारमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि पुरूष सहभागिता बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर उपप्रमुख सीता थापाको प्रमुख आतिथ्य , वडा नम्बर –५ वडा अध्यक्ष शिव श्रेष्ठको विशेष आतिथ्यतामा,नगर महिला सञ्जालका अध्यक्ष जानुका पराजुलीको सभाध्यक्षतामा र अधिबक्ता चन्द्रकुमार बस्नेतको सहजीकरणम कार्यक्रम भएको हो ।लैङ्गिक हिसामा पुरुष, महिला, जेष्ठ नागरिक वा वालबालिका जो कोहि पनि पर्नु हुदैन भन्ने कार्यक्रमको उदेश्य रहेको उपप्रमुख थापाले बताउनुभयो ।लैङ्गिक हिंसा महिला हिंसा मात्र हैन भन्ने बुझाईको विकास गर्नु अनिवार्य भैसकेको उहाँको भनाइ छ । यो महत्वपुर्ण अभियानमा धेरै पुरुष दाजुभाईलाई सहभागी गराउने कोसिस गरिएको उपप्रमुख थापाले बताउनुभयो । १, २, ३, ५, ९ र १० नम्बर...