सिन्धु तेक्वान्दो संघको साधरण सभा सम्पन्न नगरप्रमुख बस्नेतद्धारा सहयोग रकम हस्तान्तरण
कुमार बस्नेत (अधिराज )
सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम बहादुर भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगरप्रमुख बस्नेतले खेल र खेलाडीले आफ्नो नगर जिल्ला र देशलाई चिनाउने भएको हुँदा विशेष गरि तेक्वान्दो खेलको र खेलाडीको बिकासको लागि सँधै लागि रहने तेक्वान्दोका लागि कुनै कसुर बाँकि नराख्ने बताउनुभयो ।
उहाँले मंसिर १९ र २० गते भएको तेस्रो सिन्धु राष्ट्रिय प्रतियोगिता भब्य भएको बताउदै तेक्वान्दो संघ जिल्ला कार्समिति र सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम भण्डारीलाई धन्यवाद दिदै आफ्नो कार्यकाल भरि तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता बर्षेनि गरि रहने बस्नेतले प्रतिबद्धता व्यक्त गर्नु...
