सम्पर्क

Month: २०८० असार २३ शनिबार

पहरी बस्तीमा प्रहरी सहित नेत्रज्योती

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ को पहरी वस्तीमा बालविवाह बिरुद्धको सचेतना तथा सशक्तीकरण कार्यक्रम भएको छ । सुनकोशी गाउँपालिकाको आर्थीक सहयोग र नेत्रज्योती मिडीया हाउस प्रालीद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक हरीबोल केसीले २० बर्ष उमेर नपुगी बिवाह गर्नेलाई वालविवाह भनिन्छ भन्नुहँुदै उमेर नपुगी गरिएका विवाह स्वतः बदर हुने व्यवस्था छ । कानुनले बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद र ३० हजार रुपियाँसम्म जरिवानाको गरिने बताउँनुभयो ।    त्यसैगरी अधिबक्ता नबीन घिमिरेले वालविवाह गर्नेलाई कँही कतैबाट पनी छुट नहुने हूँदा यसो गर्न त के सल्लाह समेत दिन नहुने बताउँनु भयो । पहरी बस्तीको बालशिक्षा आधारभुत बिद्यालयमा भएको कार्यक्रममा सहभागहिरुलाई वडा सचिब कुल प्रसाद सापकोटाले शब्दद्धारा स्वागत गर्नु भएको थियो भने कार्यक्रमका प्...

सञ्चार संस्कृति र ब्ल्याक बक्स

., अन्तर्वाता, जिबनशैली, विचार, समाचार
भवानी बराल सूचना प्रविधिको विकासले आमसमुदायमा सूचनाको पहुँच सहज भएको छ । तर, सँगसँगै सञ्चार संगठनहरुमा आममानिसको पकड कमजोर भएको छ । निगम (कर्पोरेट) संगठनहरुबाट उत्पादित सूचनामात्र उपयोग गर्नु पर्ने बाध्यता आइरहेको छ । यसले राजनैतिक व्यवस्थामा पनि उग्र सिण्डिकेट प्रणालीलाई व्यवस्थित गर्दै लगेको छ । पुँजीवादी व्यवस्थामा सञ्चार संगठनहरु निगम मातहत हुन्छन् । पुँजीपन्थीहरुले सञ्चारका साधनहरुलाई औद्योगिकीकरण गर्छन् । पुँजीवाद स्वतन्त्र आर्थिक प्रणाली हो । पुँजीवादमा व्यक्तिगत उपयोगका लागि वस्तुको उत्पादन गरिन्न । नाफाका लागि वस्तुको स्वतन्त्रतापूर्वक उत्पादन गरिन्छ । पुँजीवादमा मालसामान उत्पादन प्रणाली विस्तार गरिएको छ । कुटिर उद्योगको स्थानमा ठूला उद्योग, पुँजी र संगठित शक्ति लागेका हुन्छन् । नाफा कमाउने र विनिमय मात्र गर्ने लक्ष्य भएकोले आत्मनिर्भरता यसको उद्देश्य भित्र पर्दैन । सञ्चार उत्...

मेलम्ची बेलीबृजको उदघाटन

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावति नदीमाथि निर्माण गरिएको मेलम्ची बेलिबृजको उदघाटन गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त उद्घाटन गर्नुभएको छ । उदघाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानियबासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीबृज छोटो समयमै निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो । मेलम्ची बेलीबृज निर्माणमा समेत राजनीतिक दलहरुले किचलो गरेर निर्माण कार्य पर धकेल्ने अवस्था सिर्जना गरेको बेला आफूले नेपाली सेनाका प्रधान सेनापति लगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि नेपाली सेनाले जनचाहना अनुसार समयमै बेलीबृज बनाइदिएर ठूलो गुन लगाएको मन्त्री बस्नेतले बताउनुभयो । प्राकृत...

कुरिलो खेतीप्रति आकर्षण बढ्दो

कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
गल्याङ, २१ असार (रासस) : पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ । भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गर्नुभएको थियो । उहाँको खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आउनुभएको छ । रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताउनुभयो । “सिजन ...

प्रधान मन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार अभियान रोक्ने मनसाय

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधान मन्त्रीको प्रेस सल्लाहकार गोबीन्द आचार्यले एक बक्तब्य प्रकाशन गर्दै यस्तो जनाउँनु भएको छ । उँहा द्धारा जारी बिज्ञेप्तीमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ ।जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको थियो । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट ...

सुशासन, पारदर्शिता विषयमा आवाज उठाउन आइतमानको आग्रह

#, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
    मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङ ले नगरबाट भएका कमी कमजोरीहरुलाई स्पष्ट रुपमा उठाउन आग्रह गर्नुभएको छ । मेलम्ची नगरपालिकाको सभाहलमा आयोजना गरिएको सार्वजैनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासाका बारेमा स्पष्ट पार्दै नगर प्रमुख तामाङले यस्तो बताउँनु भएको हो।    उँहाले आफूबाट कुनै पनी कमी कम्जोरी हुन नदीने भन्दै नगरपालिकाबाट गरिएका हरेक कार्यक्रमहरुका बारेमा निगरानी राख्न र काम गर्ददा राम्रा भएका कामहरका बारेमा र काम गर्दा भएका कमी कम्जोरीका बारेमा जानकारी गराउँनु नगरबासी सबेको दाइत्व भएको बताउँनु भयो ।     उँहाले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नगरले सम्पादन गरेको कामका विषयमा आवाज उठाउनुपर्ने बताउनु हँुदैे विगतको तुलनामा पूर्वाधार लगायतका विकास निर्माणको काम बढि भएको बताउनु भयो । बजेट विनियोजन गर्नु अघि राजनीतिक दल र सरोकारवालासँग सुझाब लिएको स्मरण गराउ...

आयुर्वेद क्षेत्रमा अथाह सम्भावना छः स्वास्थ्य मन्त्री बस्नेत

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको हिमाली जडीबुटीबाट निर्मित औषधिलाई विश्वमा ब्राण्ड गरी लाभ लिन सकिने बताउनुभएको छ । नेपाल आयुर्वेद चिकित्सक सङ्घको २६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आयुर्वेद क्षेत्र बहुआयामिक भएको र यसको सदुपयोगले मुलुक समृद्धिमा योगदान पुग्ने उल्लेख गर्नुभयो । मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रमा अथाह सम्भावना रहेको र यसको बृहत् विकासका लागि कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राकृतिक चिकित्सा विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको र प्राकृतिक चिकित्सा प्रणालीको विकासले निरोगी समाज बन्न सहज हुने भएकाले यसलाई मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढ्न खोजेको उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प...

मेलम्ची नगरले गर्यो सार्वजनिक सुनुवाई

ब्रेकिङ न्युज १, समाचार
आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि हालसम्म मेलम्ची नगरपालिका तथा मातहतका कार्यालयहरुबाट भएगरेका कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मेलम्चीमा बुधबार सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाको आयोजना तथा रेडियो मेसिनको सहजीकरणमा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नगरले समृद्ध मेलम्ची निर्माणका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नगरले गरेका कमी कमजोरीहरुलाई स्पष्ट रुपमा उठाउन आग्रह समेत गर्नुका साथै सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नगरले सम्पादन गरेको कामका विषयमा आवाज उठाउनुपर्ने बताउनु भएको हो । उहाँले विगतको तुलनामा पूर्वाधार लगायतका विकास निर्माणको काम बढि भएको बताउनु भयो । बजेट विनियोजन गर्नु अघि राजनीतिक दल र सरोकारवालासँग सुझाब लिएको स्मरण गराउँदै तामाङले नगरले गर्...

स्वास्थ्यमा थपियो २९५ स्थायी दरबन्दी

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौं, स्वास्थ्य सेवाको स्थायी दरबन्दीअन्तर्गत २९५ जना नर्सिङ जनशक्ति थपिएको छ । लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ । लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्स मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ । बाकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघिय अस्पतालमा खटाएको छ । नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शैयाको आईसियू सञ्चालन गर्न सकेको छैन् । यति ठूलो नर्सहरुलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो । नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानविय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको...

पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा

समाचार
अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाउनु भएको हो । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहनुभएका बजगाईले सोमबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो । उहाँले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्...