सुशासन कायम गराएकै कारण दोस्रो पटक निर्वाचित गराए ः चिरीबाबु महर्जन
काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताउँनु भएको हो ।
कार्यक्रममा महर्जनले ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराएका कारण मैले पाएको मत भनेको मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’ आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह न...
