सम्पर्क

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा.केशव थापा

विशाल श्रेष्ठ/दक्षिण कोरिया
गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३–२०२५ को लागि नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।
आइतवार भएको अनलाईन भोटिङको नतिजा साँझ बजे सार्वजनिक भएको हो । गंगाराज राइको संयोजकत्वमा बनेको निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा बुद्दी गुरुङ भोट ल्याएर १५२१ मत ल्याएर र महासचिवमा डा.केशव थापा १५११ मत ल्याएर निर्वाचित हुनु भएको छ । यस्तै बरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान २२१८, उपाध्यक्षमा तारा पुन मगर १७५७, हरि प्रसाद भट्टराई १४५१, सुनिल १०९८, महिला उपाध्यक्ष आरती ह्योल्मो १४१४, युवा संयोजक युविन श्रेष्ठ १८३७, कोषाध्यक्ष भक्त बहादुर गुरुङ १९७८, सह–कोशाध्यक्ष विष्णु बुढाथोकी १६६५, सचिव पुस्कर बुढाथोकी १६९९, कमल भण्डारी १२४० र
महिला संयोजक निला राई २२३२ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । सदस्यहरु सपना अधिकारि २१३३, बिन्दु शाह२२०६ , बिष्णु बहादुर रखाल१२८२, बिष्णु रेग्मी १४९१, मगल प्रसाद १५७९, सुदनजुराजन १६१८,गगा राजन मगर १७१० मत प्राप्त गरि निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी आइसिसी सदस्य बुद्दी प्रसाद नेपाल, दिपक पुन,हर्क मान गुरुङ,डा.रोशन शर्मा पौडेल निर्विरोध हुनुभएको छ ।

२४ पदका लागि चुनावी मैदानमा ४४ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका थिए । कुल मतदाता ४४५८ रहेकोमा ३७६६ (८४.४८%) मत खसेको थियो ।
एनआरएनए कोरियाको को ९औं मअधिवेशन जुलाई २९ तारिख यसैगरी बन्द सत्र ३० तारिख बिहान ९ बजेवाट १२ बजेसम्म र निर्वाचन ३० नै तारिख दिउसो २ बजे देखि राति १० बजे सम्म गरेर सम्पन्न भएको थियो ।