सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र सञ्चालक दुवैको भूमिका रहन्छः अध्यक्ष बस्नेत
काठमाडौँ
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र सञ्चालक दुवैको उत्तिकै भूमिका रहने बताउनुभएको छ । आइतबार काउन्सिलद्वारा आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मिडियाका सञ्चालक तथा सम्पादकहरूले आचारसंहिताबारे जानकार रहन आग्रह गर्दै काउन्सिलले उपत्यकाका अनलाइन सञ्चार माध्यमका सम्पादक/सञ्चालकलाई आचारसंहिताबारे जानकारी दिलाउने उद्देश्यका साथ आयोजना थियो ।
प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकार, श्रमजीवी पत्रकारहरूको प्राप्त गर्ने सेवा सुविधा, यसका ऐन कानुनका बारेमा जानकारी दिँदैे राजनैतिक तथा सामाजिक परिवेशकै कारण पत्रकारहरू असुरक्षित बन्दै गइरहेको परिप्रेक्ष्यमा समाचार लेख्नुपूर्व केकस्ता समाचार सामग्री लेख्न हुने÷नहुनेबारे पत्रकार स्वयंले विचार पु¥याउनुपर्ने धारणा र...
