सम्पर्क

Month: २०८० जेष्ठ ३२ बिहीबार

नगर प्रमुख बस्नेतद्धारा प्रहरीलाई मोटर साइकल

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतले स्थानीयहरुको सुरक्षाका लागी सकेसम्म छिटो सेवा पुगोस भन्दै इलाका प्रहरी कार्यलय बाह्र्बिसेलाई एक थान मोटर साइकल प्रदान गर्नु भएको छ । नगरपालिका भित्र चोरी, डकैति, झै–झगडालाई शुन्यमा लगेर सुरक्षित नगर शान्त नगर निर्माणका लागी आफु र नगरपालिकाले खेल्न पर्ने भुमिकामा कुनै पनी कमी हुन नदीने बताउँदै प्रहरी कार्यालयलाई निष्पक्ष रही सुरक्षाको व्यवस्था कडा पार्न समेत बस्नेतले आग्रह गर्नुभयो । उहाँले आगामी दिनहरुमा आईपर्ने समस्याहरुलाई न्यूनीकरण गर्नको लागी ईलाका प्रहरी कार्यलयमा उपलब्ध साधनले नभ्याइएको हुँदा उक्त कुराहरूलाई मनन गर्दै वडा नं. १ देखि ९ सम्मका वडाहरुको समस्याहरु छिटो छरितो समस्या हल गर्न सकुन भन्ने मुल उद्धेश्यका साथ बाह्र्रबिसे नगरपालिकाले उक्त मोटरसाइकल दिएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताउँनुभयो । सवारी साधन बुझ्दै बाह...

जुगल गाउँपालिकाको एक वर्षे उपलब्धि सार्वजनिक

समाचार
जुगल गाउँपालिकाले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ । बुधबार जुगल गाउँपालिकाले “सामाजिक न्यायसहितको समृद्ध जुगल” बनाउँन शिक्षा, स्वास्थ्य उत्पादन र रोजगारलाई बिशेष प्राथमिकता दिएको जनाउँदै आफ्नो उपलब्धी सार्वजनीक गरेको गाँउपालिकाका उपाध्उक्ष हिमाल श्रेष्ठले जानाकरी दिनुभएको छ । गाउँपालिकाको सर्वाङ्गीण बिकासका लागि गाउँपालिकाको सिमित स्रोत साधन एवं आवश्यकताहरुलाई सन्तुलन गराई तत्काल पुरा गर्नुपर्ने योजनाहरुलाई प्राथमिकतामा राखी पालिका स्तरको गौरबको योजनाहरु साथै सामुहिक उत्पादनमा जोड दिएको छ । निति तथा योजनामा आर्थिक, सामाजिक, पुर्वाधार विकास, वातवारण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत बिकास विषयगत क्षेत्रलाई लक्षित गरी समृद्ध जुगल निर्माणका लगि लागु गरिएको आर्थिक बर्ष २०७९।८० को निति तथा कार्यक्रमको बिवरणमा उल्लेख गरिएका छन् । साथै सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय सहभाग...

स्रोत र साधनले भ्याएसम्म नगरका नागरिकलाई कुनै समस्या आउँन नदिनेः नगरप्रमुख बस्नेत

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएसम्म नगरका नागरिकलाई कुनै पनी समस्या आउँन नदिने योजनाका साथ अगाडी बढेको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । बुधबार खोर्सानीबारीको कवर्डहलमा भएको नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा उहाँले यस्तो बताउँनु भएको हो । नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बस्नेतले हरेक बिकासका कार्यक्रमहरुमा नागरिकको साथ सहयोग र सुझावको आबश्यकता रहेको बताउँदै यसरी दिएको सुझावका आधारमा कार्य निती तयार गरी अगाडी बढ्ने बताउँनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको सवालको जवाफ दिदै बस्नेतले भाले बाँदरलाई बन्ध्याकरण र पोथी बाँदरलाई सँगिनी सुई लगाइने योजना ल्याइने बताउँनु भयो । निति तथा योजनामा आर्थिक, सामाजिक, पुर्वाधार विकास, वातवारण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत बिकास विषयगत क्षेत्रलाई लक्षित गरी समृद्ध ...

गरिबीले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् ः स्वास्थ्यमन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । ललितपुरको जावलाखेलस्थित आज लाइफलाइन हेल्थ होम केयरले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा उहाँले पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने गरी कार्ययोजना बनाएर सुरु गरेको अभियान निरन्तर जारी रहेको बताउनुभएको हो । “मेरो लक्ष्य नेपालमा पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने हो, त्यसका लागि निश्चित कार्ययोजना र मापदण्ड बनाएर सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने अर्बौं रकमबाट गर्नुपर्छ भन्ने अभियान निरन्तर जारी रहनेछ, तपाईंहरुले साथ दिनुपर्ने छ, असल कामका लागि धेरै समर्थन प्राप्त हुन्छ, जस्तोसुकै अफ्ठेरो अवस्था आए पनि त्यसलाई छिचोल्दै जानुपर्...

सुनकोशीको विद्यालयमा स्मार्ट कक्षाकोठा

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी बालविकासमा अध्ययनरत साना विद्यार्थीहरुलाई लक्षीत गरेर सुनकोशी गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा डिजीटल कक्षा कोठाको व्यवस्थापन गरेर पठन पाठन सुरु गरेको छ । गाउँपालिकाले सुरु गरेको स्मार्ट कक्षा कोठा व्यवस्थापनको गाउँपालिकाको नमुना विद्यालय बाघभैरव मावि ठोकर्पाबाट औपाचारीक रुपमा उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष तिमिल्सिनाले डीजीटल स्मार्ट कक्षा कोठाको उद्घाटन गर्नुभएको थियो । विद्यालयको इसीडी कक्षा कोठामा स्मार्ट टीभी जडान गरिएको र उक्त टिभीमा एप्सको माध्यमबाट पाठ्यपुस्तका बाट पढाइ हुने सबै पाठहरु हुने भएकाले साना विद्यार्थीहरुलाई अध्ययन गर्न र बुझ्न पनि सजिलो हुने वाघभैरव मावि ठोकर्पाका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पहिलो वर्ष इसीडीमा मात्रै लागु गरेपनि आगामी वर्षदेखि क्रमश अरु कक्षाहरुमा पनि यो प्रविधि सुरु गर्दै जाने अध्यक्ष तिमिल्सिनाले बताउनु...

टोप्काभीरमा ‘फ्ल्याग स्टोन’ बाटोको सांसद सापकोटाद्वारा उद्घाटन

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको  बलेफी गाउँपालिका –८ बसेरीदेखि टोप्कासम्मको उच्च जोखिमयुक्त भीरमा स्टिल रेलिङसहित फ्ल्याग स्टोन बाटो निर्माण गरिएको छ । मंगलबार क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले उद्घाटन गर्नुभएको छ । बाँदर लड्ने भीरमा स्टिल बाटो बनेपछि स्थानीयहरु हर्षित भएका छन् । बागमती प्रदेश सरकारको २५ लाख आर्थिक सहयोग र २० प्रतिशत स्थानीय जनश्रमदानमा साढे चार किलोमिटर गोरेटो बाटो निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर तिमल्सिनाले बताउनुभयो । उक्त भीरबाट दैनिक दर्जनौं स्थानीय आउजाउ गर्दा ज्यानकै जोखिम हुदैंआएको थियो तर रेलिङसहितको बाटो निर्माण भएपछि सुरक्षित र ढुक्कसँग आउजाउमा सहजता मिलेको उहाँले खुशी ब्यक्त गर्नुभयो । मान्छे हिड्न नसक्ने टोप्का भीरमा बाटो बनेपछि दुई पाङग्रे सवारी साधन समेत आउजाउ गर्न सक्ने भएको छ । बाटो निर्माणले गाँउलेलाई राहत मिलेको स्थानीय ...

महिला भवन र कुल घरको उद्घाटन

समाचार
सुनकोशी गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट बाट निर्माण सम्पन्न भएको महिला भवन र पराजुलीहरुको कुल भवनको उद्घाटन भएको छ । सुनकोशी गाउँपालिका–१ ठोकर्पामा रत्तकाली महिला समुह बाट निर्माण गरिएको कोटगाउँ सामुदायिक महिला भवनको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले उद््घाटन गर्नुभएको थियो । गाउँपालिकाको ५ लाख र स्थानीय जनश्रमदानमा निर्माण सम्पन्न भएको दुइ कोठे सामुदायिक भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका महिलाहरुको समुहको भेला बैठक लगायत अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज भएको रक्तकाली महिला समुहकी अध्यक्ष उषादेवी खनालले जानकारी दिनुभयो । मासिक २० रुपियाँ बचत संकलन गरेर सुरु भएको रक्तकाली महिला समुहमा हाल ६५ जना सदस्यहरु रहेका छन् । महिलाहरुको बैठक, भेला बस्दा धेरै नै समस्या हुने गरेको थियो, अहिले भवन बनेपछि धेरै सजिलो भएको समुहकी सचिव शर्मीला नेपालीले बताउनुभयो ...

रेष्टको जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ (गोले) ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) सिन्धुपाल्चोकको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक आज (मंगलबार) सम्पन्न भएको छ । जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष, सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा संस्थाले सञ्चालन गरेका कार्यक्रम र आगामी योजनाका बारेमा संस्थाका अध्यक्ष कमला अधिकारीले जानकारी गराउनु भएको थियो । कार्यक्रमले बालबिवाह तथा लैङ्घिक हिंसा, बालश्रम शोषण, चेलीबेटी बेचबिखन र असुरक्षित आप्रवासन जस्ता मुख्य विषयहरु समेटेर कार्यक्रम कार्यान्वयन गर्दै आएको बताउनुभयो । रेष्ट संस्थाका प्रतिनिधि आकृति घलेले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) ले जोखिममा परेका वा पर्न सक्ने बालिकाहरुलाई शिक्षा र स्वास्थ्यको संरक्षण तथा सम्बर्धन गर्न सहयोग गर्ने, लैङ्गिक हिंसा तथा विभेदको अन्त्य गर्ने र ...

वन तथा वातावरण संरक्षण गर्नु सबैको साझा दायित्व ः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले वन तथा वातावरण संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको बताउनु भएको छ । मानवीय त्रुटीका कारण हुने अधिकांश वन डढेलोको जोखिमका कारण हरेक वर्ष ठूलो मात्रामा पर्यावरण नोक्सान भईरहेकाले यस तर्फ सबै गम्भीर बन्नु पर्ने मन्त्री भण्डारीले आग्रह गर्नुभयो । सोमबार मकवानपुरगढी –११ वनमा लगाइएको डढेलो नियन्त्रण तथा वनमा डढेलो लगाउनेहरूलाई सम्झाउन वनमा नै पुग्नु भएको हो । उहाँले स्थानीयले लगाउँदै गरेको आगो नियन्त्रण गर्न लगाई वनमा आगो लगाउनु अपराध भएको बताउँदै यसले कसैलाई पनि फाइदा नपुग्ने उल्टै हाम्रो स्वास्थ्य तथा राष्ट्रको सम्पत्ति नास हुने बताउनुभयो । वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने भन्दै स्थानीयले वनमा डढेलो लगाउने गरेको बताउनुभयो । उनीहरूलाई सम्झाउँदै वनमा आगो लगाउँदैमा नयाँ र राम्रो घाँस पलाउने नभएर वनमा भएका किट पत्तगं लगायत सान...

सिन्धुपाल्चोक जिल्लालाई काँग्रेसमय बनाउँने ः बस्नेत

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री मोहन बहादुर बस्नेतले आगामी निर्वाचनमा जिल्लाका सबै वडाहरुमा काँग्रेसका उम्मेदवारले निर्बाचन जित्ने गरी बिकासका काम गर्ने बताउनुभएको छ ।          नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिद्धारा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आफ्नो अभियान भनेकै सिन्धुपाल्चोक जिल्लालाई काँग्रेसमय बनाउँने रहेको बताउनुभयो । उहाँले हरेक वडामा बिकासका कार्यक्रम गरेर नागरिकको मन जित्नका लागी वडाका सबै कार्यकर्ताहरु एक भएर पाटी बलीयो बनाउँन लागी पर्नुपर्ने बताउँनुभयो । मेलम्चीमा बेलीब्रीज पुल बनाउँने देखी लिएर हरेक बिकासका कार्यक्रमहरुमा आफु सक्रीय भएर लागेको बताउँदै निर्बाचन क्षेत्र नं. २ लगाएतका स्थानहरुमा निर्बाचनमा बोलेका कुराहरु सम्बोधन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।मन्त्री बस्नेतले सबै मिलेर स्वा...