सम्पर्क

Month: २०८० असार १४ बिहीबार

किसानलाई प्रोत्साहन गर्न दुध बोक्ने क्यान वितरण

किसानलाई प्रोत्साहन गर्न दुध बोक्ने क्यान वितरण

ब्रेकिङ न्युज २, समाचार
चौतारा सागाचोकगढी नगरपालिका–८ को वडा कार्यालयले २७ जना किसानलाई दुध बोक्ने बाल्टी (क्यान) वितरण गरेको छ । बुधबार वडा भित्रका पशुपालक किसानलाई प्रोत्साहन गर्ने र दुध बिक्री गर्न सहज होस भन्ने उद्देश्यले क्यान वितरण गरिएको वडाध्यक्ष अमृत दंगालले जानकारी दिनुभयो । वडाको वार्षिक योजनाबाट पशुपालनमा संलग्न किसानलाई क्यान वितरण गरिएको र छुटेका थप किसानहरुले पनि पाउने अध्यक्ष दंगालले बताउनुभयो । आफूहरुले दुध बोक्ने क्यान पाएपछि किसान खुसी भएका छन् । किसानको पहिचान गरि वडा कार्यालयले क्यान दिएकोमा चौतारा सागाचोकगढी नगरपालिका–८ ईर्खुका किसान कुमा कुमारी कार्किले खुसी व्यक्त गर्नुभयो ।...

स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा, औषधि आपूर्ति, उपचार प्रक्रिया सरल बनाइ दक्ष जनशक्तिको व्यवस्थापन गर्न समेत निर्देशन दिनुभयो । समितिले सुर्तिजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट सङ्कलित रकम स्वास्थ्य उपचार र जनस्वास्थ्य सेवाका कार्यक्रममा खर्च गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा सुधार गर्न आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रम चुस्तदुरुस्त बनाउन नसकेको स्वीकार गर्छौँ । कमीकमजोरीलाई चाँडोभन्दा चाँडो सु...

विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका –४ को आ.ब. २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत छात्रवृत्ति मंगलवार वितरण गरिएको छ । मंगलामाई माध्यमिक विद्यालय पिस्करका १९ जना विद्यार्थीहरु र जनता आधारभुत बिद्यालय जलजलेमा अध्ययनरत १८ जना विद्यार्थीहरुले उक्त छात्रवृत्ति प्राप्त गरेका हुन । अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई बिद्यालय पोशाक , शैक्षिक सामाग्री तथा स्वास्थ्य सामाग्री सहितको छात्रवृत्ति वितरण गरिएको हो । वडा अध्यक्ष टेकबहादुर गुभाजु, वडा सदस्य आशिष श्रेष्ठ ,शिक्षा शाखा प्रमुख शालीकराम घिमिरे, प्रास संजय दाहाल लगायत विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको रोहवरमा छात्रवृत्ति वितरण गरिएको वडा अध्यक्ष टेकबहादुर गुभाजुले बताउनु भयो । आर्थिक रुपले विपन्न, बाबू तथा आमा नभएका अनाथ बालबालिका र जेहेन्दार छात्र छात्रा छनौट गरि छात्रवृत्ति वितरण गर्दा शि...

लघुवित्त बैकर्स संघद्धारा बुझाईयो ज्ञापन पत्र

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको लघुवित्त बैकर्स संघद्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । बिभिन्न स्थानमा लघुवित्त संस्था बिरूद्द भैरहेको आक्रमणको निन्दा गर्दै मञ्चले जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकमा ज्ञापनपत्र बुझाएको हो । यही ब्यवहारका बिचमा लघुवित्त संस्थाहरूले काम कारवाही गर्न नसक्ने भन्दै प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो । संस्थाका कर्मचारीहीलाई कालोमासो दल्ने, अपमान गर्ने जस्ता कार्यको निन्दा र भर्त्सना गर्दै तत्काल दोषीलाइ कारवाही गरेर सुरक्षाको ग्यारेन्टी गरिदिन समेत ज्ञापनपत्रमा माग गरिएको लघुवित्त बैकर्स संघ सिन्धुपाल्चोकको अध्यक्ष रेखा खयरगोलीले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अपराधिक गतिबिधी नियन्त्रणमा संवेदनशिल हुने बताउनुभएको छ । उहाँले भन्नुभयो निर्धक्कका साथ काममा जुटनु केही समस्या कहीकतै देखिएको खन्डमा क्षणभरमै...

भूमी अधिकार मञ्चद्धारा गुठी समस्या समाधानका लागी ध्यानाकर्षण

ब्रेकिङ न्युज २, समाचार
रुपक पुरी /चौतारा भूमी अधिकार मञ्च सिन्धुपाल्चोकले तार्केघ्याङ लगायत जिल्लामा रहेका अन्य गुठीहरुको समस्या तत्काल समाधानका गर्न जिल्ला मालपोत कार्यालय समक्ष माग गरेको छ । तार्केघ्याङ गुठीको नाममा पुजारीले कुतबापतको तिरो लिने र मालपोतले नविकरण नभएको भन्दै दोहोरो कर लिदाँ किसानहरु समस्यामा परेको भन्दै भूमी अधिकार मञ्च सिन्धुपाल्चोकका अध्यक्ष नवराज गजुरेल , उपाध्यक्ष पातली थामी सहितको टोलिले मालपोत कार्यालयका प्रमुख चण्डीप्रसाद कोईरालाई भेटेर ध्यानाकर्षण गराएको छ । आफुहरु गुठी सँस्था, नापी बिभाग र भुमिसुधार मन्त्रालय बारम्बार धाएपनि सबैबाट झुटो आश्वासनबाहेक केही पनि नपाएको भूमी अधिकार मञ्च सिन्धुपाल्चोकका अध्यक्ष गजुरेलले गुनासो गर्नुभयो । गुठीपीडितले धर्म संस्कृति जोगाउने नाममा आफूहरु अन्यायमा परेको भूमी अधिकार मञ्च सिन्धुपाल्चोकको उपाध्यक्ष पातली थामीले बताउनुभयो । सिन्धुपाल्चोकमा प्रमा...

नजिक भयो स्याउँको गाउँ

ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी/ हेलम्बु आन्तरिक तथा बाह्य पर्यटकका लागि परिचित हेलम्बु सडक यातायातले नजिक बन्दै गएको छ । केही वर्ष अगाडिसम्म ३ दिन लाग्ने हेलम्बुको यात्रा अहिले एक दिनमा छोटिएको छ । यसले विदेशी मात्रै होईन , आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तब्य बन्दै गएको छ हेलम्बु । तिन दशक पहिले हेलम्बुलाई स्याउँको गाउँ भनेर चिनिन्थ्यो तर अहिले हेलम्बु तिब्बती संस्कृतिले सजिएको गुम्बाको गाउँ बन्न थालेको छ । यस क्षेत्रको नुर्बुङ गाउँमा बिस्तार हुँदै गएको अलैँचीको खेतीले पनि यस क्षेत्रलाई नयाँ नाम दिन थालेको स्थानियबासिन्दा बताउँछन् । १० वर्षअघि सुरु भएको अलैँचिखेती यहाँका बासिन्दाको प्रमुख नगदेबाली समेत बनेको छ । अलैँचीखेती नै जिविकोपार्जनको स्रोत बनेको नुर्बुङ गाउँका किसान गोपी भण्डारी बताउँनुहुन्छ । नुर्बुङमा अलैँचीका लागी उपयुक्त बातावरण , ओसिलो र चिसो ठाउँ भएकाले यसको खेतिमा स्थानियवासिन्दाको आकर्षण ...

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मनायो ४४ औँ स्थापना दिवस

समाचार
काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले रचनात्मक कार्यक्रम गर्दै आफ्नो ४४ औँ स्थापना दिवस देशभर मनाएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, हाजिरीजबाफ प्रतियोगिता, बसपार्क सरसफाइ, निःशूल्क आँखा शिविर, नो ड्रग्स अभियान, आश्रममा खाद्यान्न सहयोग, उत्कृष्ट चालक सम्मान, श्रमिकहरुलाई राहत वितरण र दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । संगठनको स्थापना दिवसको अवसरमा विभिन्न कमिटीहरुले गरेको रक्तदान कार्यक्रममा ४ सय १३ यातायात श्रमिकहरुले रक्तदान गरेका छन् । रक्तदान गर्ने कमिटीहरुमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले ७४ पिन्ट, एयरपोर्ट मिटर तथा पर्यटन ट्याक्सी इकाई कमिटीको तर्फबाट ५९ पिन्ट, लुम्बिनी प्रदेश कमिटीको तर्फबाट ५४ पिन्ट रक्तदान गरिएको छ । त्यस्तै धरान उपमहानगर कमिटीको तर्फबाट ५३ पिन्ट, विर्तामोड नगर कमिटीको तर्फबाट ३० पिन्ट, सुदुरपश्चिम धनगढी...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा सिम्पानीमा

ब्रेकिङ न्युज २, समाचार
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका – ४ कुविण्डे सिम्पानीगाउँबाट शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गर्दै दिपेन्द्र सुवेदीलाई प्रतिनिधि नियुक्त गरिएको हो । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०६ पुगेको छ । बैंकले व्यवसायिक प्रतिनिधिलाई स्थानियस्तरमा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको र व्यवसायिक प्रतिनिधिले बैंकले उपलब्ध गराएको विद्युतीय उपकरणको माध्यमबाट स्थानीय ग्राहकहरुलाई नगद कारोवार संग सम्वन्धित खाता खोल्न, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिन, खाता ब्यालेन्स सोधपुछ र खाता विवरण प्रिण्टिङ्ग, एक खाता बाट अर्को खातामा रकम ...

मेलम्चीले ल्यायो १ अर्व ४४ करोड ९५ लाख बढिको बजेट

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाले आर्थिक वर्ष ८०÷८१ का लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६ सय रुपैयाँको बजेट विनियोजन गरेको छ । शनिवार नगरपालिकाको नगरसभाको १४औें अधिवेशन सम्पन्न गर्दै सर्वसम्मत बजेट पारित गरेको हो । वडाको बाह्रै महिना यातायात योग्य सडक संजाल जोड्न ७ करोड, एक वडा एक बहुआयामिक सामुदायिक भवन निर्माणका लागि ः१ करोड ५० लाख विनियोजन गरिएको छ । कृषि उत्पादनमा बृद्धि गर्ने नीति बमोजिम २५÷७५ साझेदारि सिंचाइ कुलो १ करोड ५० लाख र एक घर एक धारोको लागि १ करोड मेलम्ची नगरपालिकाको चौधौ नगरसभाबाट पारित भएको छ । कृषि आधुनिकिकरण व्यबसायिक पकेट क्षेत्र विस्तार गर्ने नीति अनुरुप १ करोड ४० लाख पशु सेवा अन्तर्गत पशु विमा, सुत्केरी पशुका लागि पौष्टिक आहारा लगायतका कार्यक्रमका लागि १ करोड १७ लाख, स्वास्थ तथा आयुर्वेदका लागि ३ करोड १९ लाख ७३ हजार युवा शिक्षा, खेलकुद अन्तर्गत बालबिकास कर्मचारीको सुविधा वृद्धि...

बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन ः मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सवै मिलेर जानुपर्ने बताउनु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री बस्नेतले सवै जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुनुपर्ने बताउँनुहुँदै वजेट निर्माण र यसको कार्यान्वयनमा सजग हुनुपर्नेमा जोड दिनुभयो । “हामि जनताका सेवक भएकाले भ्रष्टाचार मुक्त समाज बनाउन सवै लाग्नु पर्छ, यसका लागि आफु सजग छु र अरूलाई समेत सजग हुन आग्रह गर्दछु “ उहाँले बताउनुभयो । संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ र शिक्षा जस्ता क्षेत्र सवै नागरिकमा सर्वसुलभ बनाउन आफु लागि परेको बताउनुहुँदै सवै नागरिकमा आधारभुत सेवाको प्रत्याभुति हुनेगरि काम गरिने बताउनुभयो । कार्यक्र...