पृथ्वीजंग पाण्डे / पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिका –४ को आ.ब. २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत छात्रवृत्ति मंगलवार वितरण गरिएको छ । मंगलामाई माध्यमिक विद्यालय पिस्करका १९ जना विद्यार्थीहरु र जनता आधारभुत बिद्यालय जलजलेमा अध्ययनरत १८ जना विद्यार्थीहरुले उक्त छात्रवृत्ति प्राप्त गरेका हुन । अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई बिद्यालय पोशाक , शैक्षिक सामाग्री तथा स्वास्थ्य सामाग्री सहितको छात्रवृत्ति वितरण गरिएको हो । वडा अध्यक्ष टेकबहादुर गुभाजु, वडा सदस्य आशिष श्रेष्ठ ,शिक्षा शाखा प्रमुख शालीकराम घिमिरे, प्रास संजय दाहाल लगायत विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको रोहवरमा छात्रवृत्ति वितरण गरिएको वडा अध्यक्ष टेकबहादुर गुभाजुले बताउनु भयो । आर्थिक रुपले विपन्न, बाबू तथा आमा नभएका अनाथ बालबालिका र जेहेन्दार छात्र छात्रा छनौट गरि छात्रवृत्ति वितरण गर्दा शिक्षण सिकाइमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा वडा कार्यलयले लिएको छ ।
विद्यार्थीहरुलाइ विद्यालयमा टिक्ने र बिक्ने बनाउनेतर्फ वडा कार्यलय सधै लागिपर्ने वडा अध्यक्ष गुभाजुले बताउनु भयो ।
