सिन्धुपाल्चोकको लघुवित्त बैकर्स संघद्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । बिभिन्न स्थानमा लघुवित्त संस्था बिरूद्द भैरहेको आक्रमणको निन्दा गर्दै मञ्चले जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकमा ज्ञापनपत्र बुझाएको हो । यही ब्यवहारका बिचमा लघुवित्त संस्थाहरूले काम कारवाही गर्न नसक्ने भन्दै प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो । संस्थाका कर्मचारीहीलाई कालोमासो दल्ने, अपमान गर्ने जस्ता कार्यको निन्दा र भर्त्सना गर्दै तत्काल दोषीलाइ कारवाही गरेर सुरक्षाको ग्यारेन्टी गरिदिन समेत ज्ञापनपत्रमा माग गरिएको लघुवित्त बैकर्स संघ सिन्धुपाल्चोकको अध्यक्ष रेखा खयरगोलीले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अपराधिक गतिबिधी नियन्त्रणमा संवेदनशिल हुने बताउनुभएको छ । उहाँले भन्नुभयो निर्धक्कका साथ काममा जुटनु केही समस्या कहीकतै देखिएको खन्डमा क्षणभरमै हामी कारवाही गर्छाै ।
