सम्पर्क

Month: २०८० बैशाख ३ आईतवार

मुगुमा पहिलो पटक ७० वर्षियकाफ्ले र४२ वर्षिय जानकी रोकायाबीचअदालती विवाह

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताउनुभयो ।विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिनुभयो ।काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गर्नुभएको थियो । दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितीमा अदालती विवाह सम्पन्न...

मालपोतका निर्देशकलाई मन्त्री श्रेष्ठको निर्देशन, ‘

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
वैशाख ३, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिनु भएको छ । आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई यस्तो ठाडो निर्देशन दिनु भएको समाचार प्राप्त भउको छ । केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनु भएको समाचछारमा जनाइएको छ । ‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन । जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्ज...

रजिष्टार सापकोटाद्धारा पद तथा गोपनियताको सपथ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
३ वैशाख, हेटौंडा । बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिनु भएएको छ। आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समारोहमा उहाँले आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठसँग सथप लिनु भएको हो । सपथ पछीसापकोटाले चार बर्षको अवधिमा हासिल भएको ज्ञान र अनुभवका आधारमा आगामी दिनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको कार्यान्वयनलाई निरन्तरता दिने, संस्थागत गर्ने र अन्य सिर्जनात्मक काममा आफूलाई केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।नयाँ संविधान निर्माण पछि संघीयता कार्यान्वयनका क्रममा बागमती प्रदेशको पहिलो सञ्चार रजिष्टारका रुपमा चार बर्ष विताएका उहाँले उदाहरणीय काम गरेपछि प्रदेश सरकारले पुनः उहाालाई रजिष्टारका रुपमा नियुक्त गरेको हो । गत हप्ता बसेको बागमति मन्त्रिपरिषदको बैठकले सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।स...

आज साँझ ८बजे देखी अरनिको राजमार्ग बन्द

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेल देखी खावा सम्मको सडक मर्मत गर्न पर्ने भएकाले आज अर्थात ३गते साँझ ८ बजे देखी भोली बिहान ४ गते बिहान सम्म बाटो बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले एक सुचना प्रकाशित गरी धुलीखेल देखी पाँचखाल सम्म कुनै पनी सवार िसाधन नचलाउँन अनुरोध गरेको हो ।

आरोहण खुलेपछि थपियो उत्साह जुगल बेसक्याम्प ’ने–पेमाछाल’मा भब्य कार्यक्रम

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुगल हिमाल अन्तरगत ’जुगल १’ देखि ’जुगल ५’ नामाकरण भएका थप पाँच चुचुरा आरोहण खुल्ला गर्ने र पाँच वर्ष सम्म शुल्क नलिने निर्णग गरे पछी नागरिकमा थप उत्साह थपीएको छ ।२०७५ सालबाट आरोहण खुल्ला गरिएको जुगल अन्तरगतका अन्य हिमाल समेत खुल्ला गर्ने सरकारी निर्णयले यस क्षेत्रमा खुसी थपिएको हो । काठमाडौंबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तब्यका हिमाल आरोहण खुल्ला गर्ने निर्णयले सिन्धु पर्यटनमा थप टेवा पुग्ने विश्वास सम्वन्धित क्षेत्रका विज्ञहरुको छ । जुगल आरोहण खुल्ला गर्न सुरुमा निवर्तमा सभामुख अग्निप्रसाद सापकोटा र पछिल्लो समयमा संघीय सांसद माधव सापकोटा ’सुबोध’ र प्रदेश सभा सदस्य सरल सहयात्रीले पहल गरेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो ले जानकारी दिनु भयो । पर्यटन प्रवर्धनका लागि संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल अन्तरगतका आठ ...

वैशाख ११ देखि खोप सप्ताह

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक लालले बताउनुभयो । वैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप छुटेका बालब...

पुरुष भलिबल प्रतियोगिता हुने

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मेलम्ची पुनः निर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिनुभयो । शनिबार मेलम्चीमा आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रू दुई लाख, रू एक लाख र रू ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । राम श्रेष्ठको प्रायोजनमा हुने उक्त प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।...

फोहोरमैला ब्यबस्थापन भवनको शिलन्यास

ब्रेकिङ न्युज २, समाचार
धापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास गरिएको छ । शनिबार पाँचपोखरी थाङ्पाल गाउँपालिका – ६ धापमा वडा अध्यक्ष नारायण भट्टराईले भवनको शिलन्यास गर्नुभएको हो । ग्रामीण समाज कल्याण सघं आर्सो नेपाल र टिजिएच नेपालको आर्थिक सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रम अन्तरगर्त भवनको शिलन्यास गरिएको आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी दिनुभयो । फोहोरलाई मोहोरमा रुपान्तरण गरौं र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई स्वच्छ,सफा, फोहोरमुक्त गाउँपालिका बनाउने उद्धेश्यले यस यसअघि संस्थाको सहयोगमा पालिकाको वडा नम्बर ३,४ र ५ मा भवन बनिसकेको परियोजना संयोजक हर्क गोलेले जानकारी दिनुभयो । फोहोरमैला ब्यबस्थापन केन्द्र बनेका वडा हरुमा अहिले फोहोरमैला ब्यबस्थापन समिति बनाएर प्रत्येक महिनाको १ पटक फोहोर संकलन हुँदै आएको छ । जस्ले गर्दा त्यहाँको ...

राससमा नयाँ वर्ष शुभकामना आदानप्रदान

#, ब्रेकिङ न्युज १, समाचार
  राष्ट्रिय समाचार समिति, राससमा नयाँ वर्ष २०८० का उपलक्ष्यमा आज रासस केन्द्रीय कार्यालय काठमाडौँमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले समाचार सेवाको विविधतासहित गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सेवाग्राही आमसञ्चार माध्यमबाट प्राप्त सुझावलाई समेत मध्यनजर गरी समाचार सेवाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोग गरी नयाँ ऊर्जा र अठोटका साथ छिटोछरितो ढङ्गबाट समाचार तथा फोटो सम्प्रेषण गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउँदै आएको राससको सेवा अझ प्रभावकारी र विश्वसनीय हुने विश्वास व्यक्त गर्नुभयो ।...

‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आएएफआरसी० र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन् । आएएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत आफ्नो मानवीय सेवामा सहयोग गर्दै आएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्ला र प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका बीचमा बिहीबार छलफल भएको थियो । उहाँहरुले विपद् व्यवस्थापन गर्न स्थानीय पालिकाहरुको क्षमता अभिवृद्धिमा जोड दिनुभएको थियो आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले आइएफआरसीका मानवीय सेवाका बारेमा जानकारी गराउनुभएको थियो भने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले प्राधिरकणका पछिल्ला गतिविधि प्रस्तुत गर्नुभएको थियो । आइएफआरसीले गत माघमा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ ए...