मखमल र परालको जुत्ता बुन्ने तालिम सम्पन्न
मेलम्चीमा मखमल र परालको जुत्ता बुन्ने तालिम मेलम्चीमा सोमबार सम्पन्न भएको छ । सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ सुरु भएको तालिम मेलम्ची नगरपालिकाको आयोजनामा सुरुभएको एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिमको समापन गर्नुहुँदै नगर प्रमुख तामाङले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले लगानी गरेको भन्दै बजारको ब्यबस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले सिकेका कुराहरुलाई निरन्तरता दिदैं आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बन...
