सम्पर्क

Month: २०७९ माघ २८ शनिबार

बाह्रबिसे राष्ट्रपति रनिङ शिल्ड सुरु

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौटको लागी शुक्रबारबाट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्धघाटन नेपाली काँग्रेस खेलकुद बिभागका प्रमुख एव्म नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ का संघिय सांसद मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । प्रतियोगिताको उद्धघाटन कार्यक्रलाई सम्बोधन गर्दै सांसद बस्नेतले खेलकुद स्वास्थ्यको मुल धार भएकोले यसको बिकासका लागी सबै लागी पर्नू पर्नै बताउँनु भयो । उँहाले बल भएर मात्र पनी हुँदैन, धन मात्र भएर पनि हँुदैन, बुद्धी पनी चाहिन्छ भन्नुहँुदै बल धन र बुद्धीका लागी स्वास्थ्यको मुख्य भुमिका रहने भएकोले स्वास्थ्य रहन खेलकुदको आबश्यक पर्ने बताउँनु भयो । बाह्रबिसे नगरपालिकामा बिकास निर्माणको धेरैकाम सम्पन्न गर्न आफूले सहयोग गरेको र स्थानीयको मागको आधारमा बिकास र योजना सम्पन्न गर्न अझै पहल गर्ने बताउनु भ...

बहुयोजनाका साथ अगाडि बढ्दै बाह्रबिसे

राजनिती, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले नगरभित्रका नागरिकलाई स्थानिय उत्पादन मुलक काममा फरक ढङ्गले अनुदान बितरण गरेको छ । लोकप्रिय समाचारसँग कुराकानी गर्दै नगर प्रमुख बालकृष्ण बस्नेतले नगरपालिका भित्र रहेका नागरिकले डाक्टर, इन्जिनीयर पढ्न चाहानेलाई छात्रबृत्तिको ब्यवस्था गर्नुका साथै स्थानीय स्तरमा नै रोजगारको समेत ब्यवस्था गरेको बताउनुभएको छ । कृषी उत्पादन क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहन सहयोग गरेको जसमा रासायनीक मलको अभाव भएकाले स्थानीय स्तरमा नै उत्पादन हुने गाई बस्तुको मल उत्पादनमा सहजीकरण गर्नका लागी गोरु पाल्ने किसानलाई गोरुको लागी पोष्ट्रिक आहार खुवाउँन प्रती हलगोरु पालकलाई रु १००००। दस हजार रुपैयाका दरले नगद अनुदान दिएको छ । खेती गर्नका लागी गोरु जेत्ने तथा गोरु पाल्ने ब्यक्तिका लागी जिवन बिमाको समेत नगरपालिकाले ब्यबस्था गरिदिएको हलगोरु र गोरुको स्याहार सुसार गर्ने जोत्ने ...

चौतारामा कटाई सिलाई एड्भान्स तालिम सुरु

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका – ५ चौतरामा शुक्रबारदेखी एक महिने सिलाई कटा्रई एड्भान्स तालिम सुरु भएको छ । तालिमका चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले उद्घाटन गर्नुभएको थियो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले तालिममा सिकेका कुराहरु व्यवहारमा लागुु गरेमा मात्र तालिमको सार्थकता रहने बताउनुभयो । साथै उहाँले आफुले सिकेको सिप सदुपयोग गर्न सकेमा आर्थिक भार कम पर्ने बताउनुभयो । सिकेको सिप कहिले खेर नजाने हुदाँ एक महिनाको अबधि भरि मेहनतका साथ ध्यान दिएर तालिम सिक्न सबैमा आग्रह समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै ५ नं. वडाका वडासदस्य राम बहादुर घलेले आधारभुतको तालिमले सामान्य घरपरिवारका कपडा सिलाई गर्न मात्रै सकेपनि ठुलो उपलब्धी हुने बताउनुभयो । चौतारा साँगाचोकागढी नगरपालिका वडा न ५ को वडास्तरीय महिला संजालको आयोजनामा र चौतारा साँगाचोकग...

त्रिपूरा राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिपुरासुन्दरी माबिलाई

खेलकुद, समाचार
पृथ्वीजंग पाण्डे /तौथली त्रिपुरासुन्दरी गाउँपालिकाको त्रिपुरासुन्दरी माध्यमिक विद्यालयमा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी त्रिपुरासुन्दरी माध्यमिक विद्यालय तौथलीले जितेको छ । जम्मा ३६ स्वर्ण पदकको लागि भएको खेलमा त्रिपुरासुन्दरी गाउँपालिका भरका सात विद्यालयले भाग लिएकोमा स्वर्ण १२ रजत ६ र कास्य ७ पदक जित्दै प्रथम हुन सफल भएको छ । दोस्रो स्थानमा कालिका माबी टेकानपुरले स्वर्ण १० रजत १६ र कास्य १३ पदक प्राप्त गरेको छ। ९ स्वर्ण २ रजत तथा ४ कास्य पदक प्राप्त गर्दै तृतीय स्थान हासिल गरेको छ।त्यस्तै मंगलमाइ माध्यमिक विद्यालयले स्वर्ण , २ स्वर्ण,८ रजत,१० कास्य पदक हासिल गरेको छ।बाघभैरव आधारभुत विद्यालयले १स्वर्ण पदक हात पार्दा महेन्द्र प्रताप माध्यमिक विद्यालयले पनि २ रजत ४ कास्य पदक जित्दै सफल भएको छ । बुधबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र न २ का सांसद मोह...

मेलम्ची राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खेलकुद, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । मेलम्चीको ईन्दे्रश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो । नगरपालिका प्रमुख आईतमान तामाङले प्रतियोगिताको उद्घाटन गर्दै विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रपति रनिङशिल्ड प्रारम्भिक रुपमा खेलाडी उत्पादन गर्ने प्रमुख प्रतिस्पर्धा भएको भन्दै उहाँले खेलमा सहभागि खेलाडिलाई शुभकामना दिनुभयो । चार दिनसम्म चल्ने प्रतियोगितामा प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । बिहिबारबाट सुरु भएको खेल २९ गते समापन हुनेछ ।...

तेर्से मावि ३२औँ वर्षमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका स्थित तेर्से माध्यामिक बिद्यालय तालामाराङको ३२ औँ बार्षिकोत्सब भव्यताका साथ मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कार्यक्रको उद्धघाटन गर्दै अबको ५ बर्ष भित्रमा गुणस्तरीय शिक्षाले मेलम्चीको मुहार फेरीने बताउनु भएको छ । नगरपालिका भित्रका सबै शिक्षक, अभिभावक, तथा बुद्धिजिवीहरु संगको सहकार्यमा गुणस्तरीय शिक्षा संचालनको लागि छिट्टैनै कार्यक्रम तर्जुमा गरीने पनि बताउनु भयो । उहाँले शैक्षिक क्षेत्रमा व्यापक सुधार र बिद्यालय प्रति बालबालिकाको आकर्षण बढाउन दिवा खाजा कार्यक्रमलाई नगरपालिकाको आन्तरीक स्रोतबाट कक्षा ८ सम्म थप गरिएको पनि जानकारी दिनुभयो । बिद्यालय दिवा खाजा कार्यक्रमलाई लाइ प्रभावकारि व्यवस्थापन गर्न नियमित अनुगमन लगायतका कार्यका लागि मेलम्ची नगरपालिका र बिश्व खाद्य सस्था सँग सम्झौता गरीएको पनि बताउनुभयो । गुणस्तरी...

भोटेकोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खेलकुद, समाचार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । बुधबार गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले खेलको उद्घघाट्न गर्नुभएको हो । उद्घघाट्न कार्यक्रममा बोल्दै शेर्पाले खेलकुदले सामाजिक भावनाको बिकाससंगै अनुशासन सिकाउने भएकाले अध्ययनका अक्तिरिक्त बिद्यार्थिलाई खेलकुदमा सक्रिय हुन आबश्यक रहेको बताउँनुभयो । खेलकुदले समाज बदल्न सक्ने भन्दै विद्यालयस्तरबाटै खेल क्षेत्रलाई प्रथामिकतामा राख्ने गाउँपालिकाको योजना रहेको समेत शेर्पाले बताउनुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । बुधबारबाट सुरु भएको खेल २७ गते समापन हुनेछ ।  ...

तेर्से माविमा मेलम्ची र हेलम्बुका विद्यायबीच गणित प्रतियोगिता सम्पन्न

मनोरन्जन, समाचार
कृष्ण ढुङ्गाना मेलम्ची नगरपालिका स्थित तेर्से माध्यमिक विद्यालयले विद्यालयको ३२ औं वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा रहेका माध्यमिक विद्यालय स्तरीय एसइइ गणित प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा १० मा अध्ययनरत यस वर्षको एसइइ परीक्षामा सहभागि हुने विद्यार्थीहरुका लागि एसइइ तयारी स्वरुप गणित विषयको प्रश्नपत्र समाधान गराउने गरी उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । मेलम्ची र हेलम्बुका गरी १७ विद्यालयबाट ४२ जना विद्यार्थीहरु सहभागी उक्त प्रतियोगितामा श्री तेर्से माध्यमिक विद्यालयबाट अनिता कुमारी शाह ९८ अंकका साथ प्रथम हुन सफल भएकी छिन् भने द्धितीय र तृतीय स्थान पनि सोही विद्यालयबाट क्रमशः रोनिशा देउजा र बिरजीत तामाङले प्राप्त गरेका छन् । त्यस्तै इष्ट पोइन्ट एकेडेमीका दिनेश भारतीले सान्त्वना स्थान प्राप्त गरेका छन् । गणितप्रति आम विद्यार्थीको वितृष्णा बढ्दै गएकोमा यस...

बलेफी राष्ट्रपति रनिङ शिल्डको उपाधि बालशिक्षा माविले उचाल्यो

खेलकुद, समाचार
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने नाराका साथ सञ्चालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शील्ड खेलकुद उपाधी बाल शिक्षा माध्यमिक विद्यालयले उचालेको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको आयोजनामा भएको रनिङ शील्ड प्रतियोगितामा बाल शिक्षा माध्यमिक विद्यालयले २८ स्वर्ण ल्याई राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । प्रतियोगितामा आनन्द माध्यमिक विद्यालय ११ स्वर्ण सहित द्वितिय र सरस्वती माविले ४ स्वर्णसहित तृतीय भएको थियो । २ दिने राष्ट्रपति रनिङ प्रतियोगितामा पालिका भित्रका ११ वटा विधालयले सहभागिता जनाएका थिए । मंलबार जिल्लाको क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा समापन भएको हो । सांसद सापकोटाले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्य...

मल अभाव हुँदा चिन्तामा किसान

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ”, इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो पोख्नुभयो । उहाँ जस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान एका छन् । मल नहाली धान उत्पादन नहुने हुनाले किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन् । यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठूलो परिमाणमा युरिया मल आवश्यक छ । किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ । “दिनभरि लाइनमा बस्यो अन्तिममा दुई–चार किलो मात्रै मल पाइन्छ । हामीलाई दुईदेखि चार बोरा मल चाहिएको छ”, इन्द्रावती–११ का उज्जर माझीले भन्नुभयो, “त्यति मल त करेसाबारीको सागलाई ...