सम्पर्क

मेलम्ची राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । मेलम्चीको ईन्दे्रश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो । नगरपालिका प्रमुख आईतमान तामाङले प्रतियोगिताको उद्घाटन गर्दै विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रपति रनिङशिल्ड प्रारम्भिक रुपमा खेलाडी उत्पादन गर्ने प्रमुख प्रतिस्पर्धा भएको भन्दै उहाँले खेलमा सहभागि खेलाडिलाई शुभकामना दिनुभयो । चार दिनसम्म चल्ने प्रतियोगितामा प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । बिहिबारबाट सुरु भएको खेल २९ गते समापन हुनेछ ।