सम्पर्क

त्रिपूरा राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिपुरासुन्दरी माबिलाई

पृथ्वीजंग पाण्डे /तौथली
त्रिपुरासुन्दरी गाउँपालिकाको त्रिपुरासुन्दरी माध्यमिक विद्यालयमा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी त्रिपुरासुन्दरी माध्यमिक विद्यालय तौथलीले जितेको छ । जम्मा ३६ स्वर्ण पदकको लागि भएको खेलमा त्रिपुरासुन्दरी गाउँपालिका भरका सात विद्यालयले भाग लिएकोमा स्वर्ण १२ रजत ६ र कास्य ७ पदक जित्दै प्रथम हुन सफल भएको छ । दोस्रो स्थानमा कालिका माबी टेकानपुरले स्वर्ण १० रजत १६ र कास्य १३ पदक प्राप्त गरेको छ। ९ स्वर्ण २ रजत तथा ४ कास्य पदक प्राप्त गर्दै तृतीय स्थान हासिल गरेको छ।त्यस्तै मंगलमाइ माध्यमिक विद्यालयले स्वर्ण , २ स्वर्ण,८ रजत,१० कास्य पदक हासिल गरेको छ।बाघभैरव आधारभुत विद्यालयले १स्वर्ण पदक हात पार्दा महेन्द्र प्रताप माध्यमिक विद्यालयले पनि २ रजत ४ कास्य पदक जित्दै सफल भएको छ । बुधबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र न २ का सांसद मोहन बहादुर बस्नेतबाट उदघाटन खेल गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराबाट प्रमाणपत्र वितरण गर्दै समापन भएको त्रिपुरासुन्दरी गाउँपालिका खेलकुद बिकास समितिको अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो । कार्यक्रममा गाउँपालिका स्तरीय शिक्षक÷ निजामती कर्मचारी तथा जनप्रतिनिधिहरुको मैत्रीपुर्ण फुटबल प्रतियोगिता समेत सम्पन्न भएको थियो ।